Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

कहाँ हराए बन्द विरोधी अभियन्ताहरु ?

\"\" काठमाडौं, २ पुस । केही दिनयता देशका विभिन्न ठाउँमा आन्दोलन भइरहेको छ । सरकारले सीमांक हेरफेरसहितको सविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएपछि एमालेले विभिन्न ठाउँमा बन्द गर्दै आएको छ । केही दिनयताको बन्दले ५ नम्बर प्रदेशका जिल्लाहरु बढी प्रभावित छन् । गुल्मीमा १८ दिनदेखि ठप्प छ । साता बढी बन्दपछि खुलेको रुपन्देही, पाल्पा लगायतका जिल्ला फेरि शुक्रबारदेखि बन्द गरिएको छ । लामो समयसम्मको बन्दले विभिन्न जिल्लाहरुको जनजीवन अस्तब्यस्त बनेको छ । शनिवार पनि रुपन्देही, पाल्पा, गुल्मी, दाङ लगायतका जिल्ला ठप्प छन् । यसअघि माओवादीले गरेका एक दिनको बन्दसमेत प्रतिरोध गर्ने एउटा समूह सडकमा निस्किन्थ्यो । खासगरी वैद्य, विप्लव वा प्रचण्ड माओवादीले गरेको बन्दको प्रतिरोध जुलुस निकाल्ने युवाहरु ५ नम्बर प्रदेशका बन्दमा आफै सहभागी छन् । बन्द कसैले पनि गर्न नहुने भन्दै उद्योग वाणिज्य संघकै अगुवाइमा विभिन्न समयको बन्दमा उद्योग वाणिज्य संघकै अगुवाइमा नेपाल खुला रहेको भन्दै मोटरसाइकल र्यालीहरु पनि निकालिने गरिएको थियो । नेपाल बन्द छैन, सधैं खुल्ला छ भन्दै विवेकशील नेपाली दलको ब्यानरमा युवाहरु सडकमा भेटिने गरे पनि पछिल्लो एमालेको आन्दोलनमा ती युवाहरु पनि गुपचुप छन् । पछिल्लो समय विप्लव माओवादीले खाद्य सम्प्रभुताको माग गर्दै गरेको बन्दमा विभिन्न ठाउँमा प्रतिरोध गरिएको थियो । विवेकशील पार्टीका कार्यकर्ताले रुपन्देहीको बुटवलमा पनि बन्द छैन, खुल्ला छ भन्ने विप्लव माओवादीको बन्दविरुद्ध जुलुस निकालेको थिए । विवेकशीलको प्रतिरोधलाई विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्माले खाद्य सम्प्रभुताको आन्दोलनको विरोध गर्ने विवेकशील हुन् कि अविकशील भनेर सार्वजनिक प्रतिक्रिया नै दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending