Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मैले जे देखे त्यहि लेखेँ

बिहानी पखको चिसो सिरेटोसँगै म निद्राबाट बिउँझिन पुग्छु । जुरुक्क उठेर आँखा मिच्दै नयनलाई वरिपरि डुलाएर हेर्छु, राजधानीलाई ढपक्क बाक्लो हुस्सुले ढाकेको थियो । पुस–माघको महिना त्यसमा पनि बिहानी पखको सहनै नसकिने चिसो वातावरण । त्यस्तो डरलाग्दो चिसो मौसमको कुनै प्रवाह नगरी सवारी चालकहरु सवारी चलाइरहेका थिए । युवा युवती खोकिलामा हात हाले आफ्नो दैनिक कार्य सम्पन्नका निम्ति छिटो छिटो पाइलाहरु चलिरहेका थिए । जिविकोपार्जनको लागि सडक सडकमा एक हुल मानिसहरुे सडक बढारिरहेका थिए । एक छाक टार्नको लागि बिहान सबेरैदेखि बेलुका आठ दश नबज्दासम्म ढाड सोझ्याउने फुर्सद छैन उनीहरुलाई । सडक वरिपरि फलफूल तरकारी बिहानी चिसोका तातो अनि मिठो चिया पकाउने ब्यापारीहरु जुरुक्क उठेर चोक चोकमा ग्राहकको पर्खाइमा बसिरहेका छन् । तर अगाडि सडकका पेटिपेटिमा माग्न बसेका जन्मजात अपाङ्गहरु हात खुटा ठाडो पारेर बाँच्चका लागि कुच्चिएको थाल बटुका उचालेर एक दुई रुपैयाँको आशमा बसिरहेको छन् । तर उसका अगाडिबाट सुट बुट टल्काएर हिड्ने ठालुहरु हातखुट्टा गुमाएका अपाङ्गहरुलाई एक नजर नै नलगाई बाटो काटेर जान्छन् । उनीहरुलाई के के थाहा ? माग्न बसेका मानिसहरुको पीडा र बाध्यता ? जसले हिड्न खोज्छ हिड्न सक्दैन, हेर्न खोज्छ आँखा देख्दैन, नमस्कार गर्न चाहन्छ तर हातै छैन र बोल्न खोज्छ बोली नै फुट्दैन यस्तो बिबिध दुःख पीडा बाधा ब्यबधान सहेर पनि प्राण रहुन्जेल बाँच्न बिबश छन् । [caption id=\"attachment_107723\" align=\"alignleft\" width=\"250\"] भगवती प्रधान[/caption] अर्कोतिर अझ दर्दनाक पीडा झेल्न बाध्य छन्, एक थरी मानिसहरु कति दुख लाग्छ कति छटपटि हुन्छ ती मानिसहरुलाई देख्दा । शारिरीक रुपमा तन्दुरुस्त लक्का जवान जस्तो देखिन्छ, तर धुस्रे र फुस्रे भएर फोहरको थुप्रोहरुलाई पल्टाएर च्यातिएका कपडा टिपी बल्ल बल्ल इज्जत ढाकिएर भिन्न गतिबिधि गरिरहेका पागलहरु छन् । आखिर के यहाँ सडकका नाङ्गो पेटिमा लम्पसार परेर सुत्न हुँदैन भन्ने कुरा वरपरका इष्टमित्रहरुलाई नानाथरीका गाली गर्ने सायद उसको रहर होइन त्यो उसको बाध्यता हो । सडक सडक गल्ली गल्लीमा फोहरको थुप्रोमा जुठो र कन्टेनमा फालिएका भातका सिता टिपेर खानु अनि बाँच्नु उसमाथि प्रकृति अनि बिबिध बाध्यतामा परेर ठगिएको नियति नै हो । यस्तो खालको बिबशताप्रति कसले सोच्न सक्छ र ? उल्टो उसैलाई बिभिन्न खाले उपनाम दिईन्छ, सबैको मनोरञ्जनको केन्द्र बनाइन्छ । नाङ्गो भुतुङ्गो हुनु हरप्रकारको नक्कल गर्नु, कोही नाचेको नाच्यै हुन्छन, कोही गीत गाएको गाएकै गर्छन, कोही कोहि साहुमहाजनदेखि डाक्टर वकिल इन्जिनियर लगायतलाई गाली आरोप प्रत्यारोप घृणा अक्रोश पोखिरहनु उसको दिनचर्या हुन्छ । उनीहरु माथिको समबेदनालाई अझ गहिरिएर सोच्ने हो भने ति बिबशताबाट पागलपन हुने र मानसिक सन्तुलन गुमाएका मानव भएर पनि मानवको सम्मानबाट बञ्चित हुनु परेका मानिसमाथि सज्जन मानिसद्धारा गरिएको जंगली ब्यबहार देख्दा अर्थात संम्झदा कति मन दुख्छ । छटपटी हुन्छ ती मन भित्रका आघात यहाँ जस्ताको तस्तै कलमको माध्यामबाट उजागर गर्न कति गाह्र्रो हुन्छ, कति शिष्टताबिहिन म¥र्यादा गुमाएको कलम जस्तो लाग्न सक्छ तर बिबश छु । ती अचेत मानिसहरुमाथि भएको ब्यवहार देख्दा । यस्तो देख्न र सुन्न बिबश हुन्छु की पागलपनको फाइदा उठाएर सज्जन हुँ भन्न रुचाउनेहरु बाटेै सडक सडक चोक चोकमा नाङ्गो रुपमा बल्ल बल्ल च्यातिएको थाङनाले छोपिएको इज्जत ढाकिएको थाङना च्यातचुत पारी मध्यान्हमा नै हुर्मत इज्जत लुटिन्छ र उ अझ अपवित्र अपमानित हुन्छ नै । तर प्रकृतिको नियतिलाई कसले रोक्न सक्छ र ? कतिपय इज्जत लुटिएका चेलीहरु गर्भवती हुन बाध्य हुन्छन् । समय अबधी पुरा भई बच्चा जन्मन पुग्चछ । अखिर उसले पशुले सरह बच्चा पाएर सम्मान पाउन त परै जाओस तातो पानी खान नपाएको दर्दनाक घट्नाहरुको दृष्य देख्दा यो देशको बुद्धिमानी मानिसहरु कुन दुलामा परेर रमिते बन्न सक्छन् अनि यो देशको नागरिकको परिचय सम्म दिन घृणा जागेर आउछ । आफैलाई उसक्षम नालायकी र अबिबेकी झै लाग्छ । मानवीय सम्बेदनहिन पनि यो देशमा हुँदा रहेछन् जस्तो लाग्छ । यो त रह्यो प्रकृतिजन्य बिबशताका कारण ठगिएका लुटिएका र हेपिएका बास्तविक दृष्यहरु । तर दुखद पक्ष अझ अर्कै छ जो आफुलाई अब्बल दर्जाको हँु भन्ठान्छन् पढे लेखेका बुद्धिजीबी हँु भनेर परिचय दिने नक्कल गर्छन् जसले आफ्नो हैसियत भन्दामाथिबाट नग्न अंग प्रदर्शन नै गर्नु नै आफ्नो सुन्दरताको परिचायक हो भन्ठान्छन् । तर आफ्नो बिबशताबारे सोच्दै सोच्दैनन । के यहाँ इज्जत मान मर्यादा नैतिकता भन्ने कुरा कति बहुमुल्य सम्पति हो । यी सारा म¥यादा भुलेर दैनिक आफ्नो हुर्मतलाई बन्धकी राखेर, मसाज केन्द्र, रेष्टुरेन्ट र सामन्तहरुको मनोरन्जनको साधन बन्नुको बाध्यता र विवशताबारे बुझ्नै पर्छ । जो मानिसहरु सरलता नै सुुन्दरता हो भन्ने कुरा विर्सिएर आधुनिक युवा युवती बन्ने नाममा लामो लामो कपाल पालेर च्यापु र आँखीभुँई खोपेर मन्द्रो झण्ड्याएर ‘रफ’ देखिन खोज्छन् । अखिर यो कस्तो मार्गदर्शन हो ? कस्तो संस्कृति हो ? किन यसरी प्रेरित भइरहेका छन् यी युवा ? यी प्रश्नको जवाफ खोज्न अनिवार्य छ । अन्त्यमा, मानिस जन्मनु मात्र ठुलो कुरा होइन । जन्मेपछि उसले उचित बातावरण ,शिक्षा र राम्रो संस्कार पाउनु पनि उसको अधिकार हो । खान लगाउनु पाउनु , आफ्नो अविभावकको माया ममता पाउनु समयसँग सँगै शिक्षा दिक्षा साथै रोजगारी पाउनु उसको अधिकार हो । तर हाम्रो जस्तो सुन्दर देश प्रतिकृत स्रोत साधनको धनी अनि हिमाल, पहाड र तराइको सुन्दर विविधताको सहि व्यवस्थापन गर्ने लिडरसिपको अभावमा गरिब देशको संज्ञाद्धारा परिचित हुनु हाम्रो ठुलो विडम्बना हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending