Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

चिनियाँ उच्च नेता काठमाडौंमा, राष्ट्रपतिको नेपाल भ्रमण तय हुँदै

\"\"काठमाडौं, ४ पुस । चीनीयाँ राष्ट्रपति सी जिनपीनको नेपाल भ्रमण तय गर्न चिनियाँ उच्च नेता काठमाण्डौ आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य तथा प्रोपोगान्डा विभाग प्रमुख लिउ छिपाओ नेतृत्वको उच्चस्तरिय चिनियाँ प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको हो । लिउ पछिल्लो तीन वर्षयता नेपाल अएका उपल्लो स्तरका चिनियाँ नेता हुन । प्रतिनिधि मण्डलमा चीनका दुई जना बहालवाला मन्त्रीसमेत छन् । तीनदिने भ्रमणमा आएका लिउलाई परराष्ट्र मन्त्रालयको चीन डेस्क हेर्ने सहसचिव गणेशप्रसाद ढकाल र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । लिउले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । शीलतनिवासमा आयोजित चिनियाँ राष्ट्रपतिको पुस्तक विमोचन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले लिउकै सामु नेपलले सीको भ्रमणलाई प्रतिक्षा गरिरहेको बताइन । नेता लिउले राष्ट्रपतिको भ्रमणबारे केही बताएनन्, तर नेपाललाई चीनले सँधै उच्च महत्व दिएको बताए । चिनियाँ कम्युनिष्ट पार्टीको २५ सदस्यीय पोलिटब्युरोका एक सदस्य रहेको लिउको भ्रमणलाई राष्ट्रपति सी जीनपीनको सम्भावित नेपाल भ्रमणको तयारी छलफलको रुपमा लिइएको छ । तर यसबारे चीन र नेपाल दुवैले सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपीनबीच गत २९ असोजमा भारतको गोआमा भएको भेटवार्तामा राष्ट्रपति सीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । ब्रिक्स सम्मेलनका लागि गोआ पुगेका प्रचण्डसँग चिनियाँ राष्ट्रपतिले चाँडै र अनुकूल समयमा नेपाल भ्रमण गर्ने स्पष्ट गरेका थिए । यसबीचमा कुटनीतिक च्यानलमार्फत रष्ट्रपति सीको भ्रमणबारे कुराकानी भइरहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending