Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

प्रचण्ड ‘आतंककारी’ नै हुन् !

केही दिनअघि नयाँ बानेश्वरस्थित एक चिया होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई केन्द्रबिन्दु बनाएर बहस गरिरहेका ५ जनाको टोली भेटियो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डमाथि केन्द्रित बहसमा ५ जनाको मत बाँझिएको थियो । त्यसमध्ये दुई जना प्रचण्डले सरकारको नेतृत्व सम्हालेपछि गरेका जनमुखी कामका पक्षधरतामा थिए भने अर्का ३ जना प्रचण्डको विरोध गरिरहेका थिए । ‘प्रचण्ड सरकारकै पालामा लोडसेडिङ हट्यो, विदेशमा भएका नेपालीले न्याय पाए, भुकम्पपीडितले पहिलो किस्ता पाए, अनि किसान र युवावर्गका निम्ति अरु कार्यक्रम थप गर्दैछन्, अनि अरुअरु पनि’ छोटो समयमा यति धेरै काम गर्ने कुन चाहिँ सरकार थियो ? जवाफमा अर्का ३ ले देश भारतलाई बेच्न लागेकोदेखि प्रचण्ड आतंकाकारी र अपराधी भएको भन्दै प्रचण्डजस्तो राष्ट्रघाती मान्छेको पक्ष नलिन चेतावनी समेत दिए । [caption id=\"attachment_103016\" align=\"alignleft\" width=\"250\"] बुद्ध लोप्चन[/caption] लगत्तै प्रतिवाद भयो– राष्ट्रवादको खोक्रो नारा दिएर देश बेचेर खाने केपी ओलीको कसरी राम्रा ? प्रतिवाद माथि फेरी प्रतिवाद भयो–१७ हजारको ज्यान लिने अपराधी, मान्छेलाई घरघरबाट लखेट्ने आतंकाकारी, नेपालको अस्तित्व समाप्त पार्न खोज्ने प्रचण्डजस्ता अपराधीको पछाडि मान्छे किन दौडेका होलान ?’ यो बहसका प्रत्यक्षदर्शी थिए, सर्लाही स्थायी घर भएका थाागाउँमा बस्दै आएका बिजयकुमार यादव । एमालेले किन भिरायो, प्रचण्डलाई आतंककारी र अपराधीको बिल्ला ? चिया बहसमा सहभागी प्रचण्डका विरुद्धमा देखिएका ३ मानिसहरुले प्रचण्डलाई आतंककारी र अपराधीको बिल्ला भिराउनु नयाँ कुरा होइन । झन् उनीहरुले त्यसभन्दा अघि दिएको प्रचण्ड नेतृत्वको सरकारविरुद्धको अभिव्यक्तिले उनीहरु एमालेका कार्यकर्ता भएको प्रष्टिन्छ । एमालेले प्रचण्डलाई आतंककारी वा अपराधी दुवैको बिल्ला अहिले मात्रै भिराएको होइन । माओवादी जनयुद्दरत रहँदा संकलकाल लगाउनेदेखि शान्तिप्रक्रियाको थालनी , गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशि सिद्धान्तलाई घोषणा गर्दा समेत माआवादी र प्रचण्डलाई आतंककारी र अपराधी दुवैको बिल्ला भिराएकै हुन् । तर यथार्थमा एमालेले भिराएको उक्त बिल्लाले दश वर्षे जनयुद्धको इतिहासलाई टोकरीमा फाल्न होइन, त्यसको जगमा अझ जनताको आकांक्षा र परिवर्तनको सपना पूरा गर्न प्रचण्डलाई थप बल पुगेको छ । २०५२ साल फागुन १ गते माओवादी र देशका आदिवासी जनजाति, महिला, दलित, मधेसी, थारु अनि उत्पीडित वर्गका लागि एउटा ऐतिहासिक दिन थियो । त्यो ऐतिहासिक दिन फागुन १ नजिकिँदै छ । १ फागुनलाई हामी ऐतिहासिक दिन भनेर मनाउँदै गर्दा यहाँका परिवर्तनका एजेण्डा विरोधीहरुले त्यसलाई आतंकवादी र अपराधी दिन भनेर मनाउनु अस्वभाविक होइन । दश वर्षे महान जनयुद्धलाई परिवर्तनका एजेण्डाविरोधीहरुले आतंकवाद र अपराधसँग दाँज्नु नौलो विषय होइन । किनकी दश वर्षे महान जनयुद्ध ती आतंकवाद अपराधको संज्ञा दिने वर्गको लागि भएको थिएन । जनयुद्ध त केवल यहाँका आदिवासी जनजाति, मुस्लिम, महिला, दलित, मधेसी लगायत उत्पीडित वर्गको उत्थान र एकात्मक राज्य शासनको विरुद्धमा भएको थियो । त्यसैले एकात्मक राज्य शासन प्रणालीका पक्षधरता र परिवर्तनका विरोधीले त्यसको विरोध गर्नुलाई सामान्य रुपमा लिनुपर्छ । परिवर्तनका विरोधीहरुको आरोपलाई आधार मानेर दश वर्षे जनयुद्धलाई आतंक वा अपराध मान्ने हो भने तत्कालीन नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपति के दश वर्षे जनयुद्धले बनाएको होइन ? दश वर्षे जनयुद्धको जगमा स्थापित समानुपाति समावेशिता र महिला प्रतिनिधित्वको सवाललाई चटक्कै बिर्सेर अहिले दश वर्षे जनयुद्धका नेतृत्वकर्ता प्रचण्डलाई आतंककारी र अपराधीको बिल्ला भिराउने हो भने के प्रचण्डले विद्यादेवीलाई राष्ट्रपति बनाएर अपराध गरे ? एमालेजनले यदि विद्यालाई राष्ट्रपति बनाएर अपराध गरेको भन्छन् भने प्रचण्ड आतंककारी र अपराधी नै हुन । अब कुरा रह्यो, परिवर्तनका एजेण्डाको । हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको धर्मनिरपेक्षता, समानुपातिक समावेशितासहितको राष्ट्रमा छौँ । नेपालमा समानुपातिक समावेशि सिद्धान्त कहिलेबाट लागु भएको हो? अनि संवैधानिक अंगका प्रमुख पदमा महिलाले कहिलेबाट स्थान पाएको ? साँच्चै देशका आदिवासी जनजाति, दलित, मधेसी, थारु महिला लगायतले कहिलेबाट मन्त्री बन्न पाएको ? सायद तपाईसँग यो प्रश्नको जवाफ हुनुपर्छ । अब भन्नुस्, प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक संविधान लागु गरेर अपराध गरे ? देशका आदिवासी जनजाति, दलित मधेसी लगायतलाई संवैधानिक पदमा पुर्याउने वातावरण मिलाएर वा मन्त्री बनाएर अपराध गरे ? कि महिलालाई संवैधानिक प्रमुखमा पुर्याएर नै अपराध गरे ? फेरि पनि यी परिवर्तनका विरोधीहरुले प्रचण्डलाई आतंककारी या अपराधी बिल्ला भिराउँछन् भने तिमीहरुको नजरमा युगान्तकारी परिवर्तनका नायक प्रचण्ड आतंकाकारी वा अपराधी नै होस्, तर उनले परिवर्तनका निम्ति खेलेको भूमिकालाई कहिल्यै अपमान नगर । अहिले सरकार संविधान कार्यान्वयनका प्रक्रियामा छ । मधेसी मोर्चालाई समेत साथमा लिएर संविधान कार्यान्वयनको मुख्य पाटो निर्वाचन सम्पन्न गराउन सरकारले संशोधन प्रस्ताव ल्याएको छ । तर एमालेले त्यो प्रस्ताव राष्ट्रघाती भएको भन्दै त्यसलाई पारित हुन नदिने अडान राखेको छ । संशोधनबिना निर्वाचन सम्भव छैन अनि निर्वाचनबिना संविधानको कार्यान्वयन हुन सक्दैन । त्यसैले छलफलका क्रममा आफ्नो मत राखेर एमालेले संशोधनलाई अघि बढाउन दिइनुपर्दछ । किनकी सरकारले हाल ल्याएको प्रस्ताव पहिले एमाले अध्यक्ष केपी ओलीकै प्रस्ताव हो, जहाँ ओलीले पन्नापन्नामा सही गरेका छन् । तसर्थ संविधान कार्यान्वयनको महाअभियानबाट एमाले भाग्ने होइन, छलफलबाट निकास निकाल्नेतिर आउनुपर्दछ । संविधान कार्यान्वयन गरेबापत्, संघीयता लागू गरेबापत् प्रचण्डले फेरि आतंककारी वा अपराधी बिल्ला भिर्नुपर्छ भने भिर्न तयार छन्, ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending