Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मन्त्री महरा र नायकसँग मानवअधिकार तथा शान्ति समाजको भेट

[caption id=\"attachment_108354\" align=\"alignnone\" width=\"5184\"] कानुनमन्त्री अजय शंकर नायकसँगको भेटका क्रममा मानवअधिकार तथा शान्ति समाजका टोली । तस्बिर : कानुनमन्त्रीको सचिवालय[/caption] काठमाडौँ, ५ पुस । मानवअधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ । अर्थ मन्त्रालयमा शान्ति समाजसँग मंगलबार भएको भेटमा उपप्रधानमन्त्री महराले मानवअधिकारको संरक्षण र लोककल्याणकारी राज्यको स्थापनामा सरकार प्रतिबद्ध रहेको र समाजले उठाएका मागलाई पूरा गराउन लागिपरेको बताए । सरकार राजनीतिक स्थिरतासहित आर्थिक समृद्धिको दिशामा केन्द्रित रहेको भन्दै उनले सो कार्यका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएको समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाजले लोककल्याणकारी कार्य एवम् सामाजिक सुरक्षाका लागि राज्यको विशेष नीति, योजना र कार्यक्रम हुनुपर्ने, राज्यकोषको दुरुपयोग हुन नहुने, समाजलाई उद्यममुखी बनाउनुपर्ने, विकास निर्माणका योजनामा विशेष ध्यान दिनुपर्ने र लगानीमैत्री विशेष आर्थिक नीति जरुरी रहेकोमा जोड दिएको थियो । यसैगरी, कानुन मन्त्री नायकसँग भएको छलफलमा शान्ति समाजले राजनीतिक समस्याको शान्तिपूर्ण समाधान गर्नुपर्ने र निकास दिने थलोका रुपमा सदनलाई प्रयोग गर्नुपर्नेमा जोड दिएको थियो । जनताद्वारा निर्वाचित सार्वभौम संसद्लाई कोही कसैले पनि बन्धक बनाउन नहुने, मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा संलग्न भएकालाई आममाफी दिन नहुनेमा समाजले ध्यानाकर्षण गराएको थियो । भेटका क्रममा मन्त्री नायकले स्थायी शान्तिबिना विकास सम्भव नभएकाले शान्ति कायम गर्न समाजले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending