Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सङ्घीयता र गणतन्त्र उल्ट्याउन कोसिस हुँदैछः प्रधानमन्त्री प्रचण्ड

\"\" सुर्खेत, ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक मान्यता उल्ट्याउने कोसिस भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको ६ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, “माओवादी आन्दोलन केही कमजोर भएपछि सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता परिवर्तनका मुद्दा उल्टाउने कोसिस भइरहेको छ ।” माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले नेकपा एमाले लगायत प्रतिपक्षका केही नेता राजतन्त्र र २०४७ सालकै संविधान ठीक थियो भन्ने ठाउँमा आएको उल्लेख गर्दै गणतन्त्र र सङ्घीयता उल्टिँदा माओवादी आन्दोलनको औचित्य नै समाप्त हुने भएकाले परिवर्तनका यी मुद्दा जोगााउन माओवादी धारहरुको एकता अनिवार्य भएकोे बताए । “हामीले दश माओवादी घटकसँग एकता गरेका छौँ तर माओवादी एकता अभियान पूरा भएको छैन\" उनले भने, \"अहिले पनि विभिन्न धारमा रहेका माओवादीसँग एकताको प्रयत्न जारी छ, यस सम्बन्धमा मैले सबैसँग निरन्तर कुराकानी गरिरहेको छु, पहिले पार्टीको एकतालाई मजबुद बनाऔँ, अनि सबै माओवादी धारलाई एकताबद्ध गर्न सबैले पहल गरौँ, माओवादीको एकता अभियान अहिले पनि जारी छ ।” प्रधानमन्त्री ‘प्रचण्ड’ले सिङ्गो पार्टी स्थानीय अभियानमा जाने र गाउँदेखि जिल्ला सम्मेलन हुँदै महाधिवेशनमा जान्ने, तलबाट निर्वाचित र रुपान्तरित गर्दै स्थानीय निकायको निर्वाचनमा जानुको विकल्प नरहेको स्पष्ट पारे । संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पुनःनिर्माण र समृद्धि सरकारका मुख्य प्राथमिकता भएकाेमा जोड दिँदै उनले सरकार आफ्ना प्राथमिकतामा स्पष्ट रहेको बताए । प्रधानमन्त्री ‘प्रचण्ड’ले संविधान कार्यान्वयन, पुनःनिर्माण, सन्तुलित विदेश नीति र वैदेशिक रोजगारीमा गएका नेपालीका समस्या समाधानमा सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै गरिबका लागि सरकार र जनता पेन्सनजस्ता महत्वपूर्ण कार्यक्रम ल्याएर सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गरिएको बताए । “संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ, त्यो माओवादीको प्रस्ताव होइन, बरु विगतमा नेकपा एमालेले अघि सारेको र नेपाली काँग्रेसले समर्थन गरेको प्रस्ताव हो,” उनले भने “मेरो एक मात्रै चाहना हिमाल, पहाड र तराईलाई मिलाएर संविधान कार्यान्वयन गर्नु नै हो ।” प्रधानमन्त्रीले भने “कोही यसको विपक्षमा उभिन्छ भन्ने त्यसले राष्ट्रिय एकता चाहँदैन भने सिधै बुझ्दा हुन्छ, त्यहाँ राष्ट्रवादको नाममा देशलाई विखण्डन गर्ने राष्ट्रघातको नियत लुकेको छ, यसले देशको हित गर्दैन ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending