Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

वैदेशिक रोजगारको पीडा, ‘आफूले पाउने तलबको कुरा गर्दा तातो पनिउँले कुट्थे’

खोटाङ, ६ पुस । विदेश जाँदा वैदेशिक रोजगारीको बारेमा जानकारी दिने कोही थिएन ।” विदेशबाट फर्किएकी एक महिलाले भनिन्, विदेश जानका लागि पु¥याउनुपर्ने आवश्यक कानुनी प्रक्रियाको बारेमा पहिले नै जानकारी पाएको भए मैले त्यस्तो धेरै दुःख पाउँदिन थिए होला !” कुवेत, साउदी अरब र ओमन पुगेर फर्किएकी खोटाङको निर्मलीडाँडा–३ की हीरा राईले गन्धर्व गीतियात्राका क्रममा उनकोे गाउँमा पुगेको टोली समक्ष आफूले विदेशमा पाएको दुःखको बारेमा जानकारी दिएकी हुन् । सानै छँदा मलाई आफन्तले विदेश पठाउन फकाउन थाले ।” विगत सम्झँदै उनले भनिन्, “पच्चीस हजार रुपैयाँ तिरेर कुँवेत हिँडे । इन्डियाको बाटो भएर जाँदा माइती नेपालले फर्काइ दियो ।” उनले थपिन, “प्रक्रिया नपु¥याइ विदेश हिँडेकाले फर्काइएको रहेछ ।” पैसा कमाउन सकिन्छ भन्ने आशामा आफू पनि अरुको लहैलहैमा विदेश जान तयार भएको राईले बताइन । नौ वर्षसम्म कुवेतमा बसेँ तर, पैसा भने दिएनन् ।” उनले भनिन्े, आफूले काम गरेको पैसा माग्दा उल्टै तातो पनिउँले कुट्ने गथ्र्यो ।” घरेलु कामदारका रुपमा कुँवेतमा रहँदा त्यहाँकी साहुनीले पटकपटक यातना दिने गरेको उनले बताइन । कुवेतकी साहुनीले तँलाई मैले किनेर ल्याएको, केको पैसा दिनु भन्दै एक दिन तन्नामा झुन्ड्याइ दिएको पनि उनले बताइन । साहुनीको ज्यादती सहन नसकेर त्यस घरबाट भागेको राईले बताइन । मलाई झुन्ड्याएको ठाउँबाट चारवटा तन्ना जोडेर भाग्न सफल भएँ ।” उनले भनिन्, त्यहाँबाट निस्किएपछि बाटोमा भेटिएका मान्छेलाई आमाबुबा झै सम्झिएँ ।” बाटामा भेटिएका मान्छेकै सम्पर्कमा नेपाल नआइकन उताउतै साउदी गएको उनले सुनाइन । साउदीमा पनि घरभित्रकै काम थियो तर, त्यहाँ त्यति गाह्रो भएन ।” उनले भनिन, काम गर्न सबै आउँथ्यो, त्यसैले सजिलै भयो ।” साउदीमा तीन वर्षसम्म बसेर फेरि पनि विदेश नै जाने सोच राखेर त्यहीँबाट ओमन गएको राईको भनाइ छ । अहिले म ओमनबाट छुट्टीमा आएकी हुँ ।” उनले भनिने, मैले धेरै दुःख पाएकाले विदेश जान चाहने महिला साथीलाई विदेश जानुपूर्व सबै कुरा बुझेर मात्र जानु भनेर सुझाव दिइरहेकी छु ।” घरकी जेठी छोरी भएकाले सबै गर्जो आफैँले टार्नुपर्ने हुँदा बाध्यतावस आफू विदेश गएको राईले बताइन । घरमा वृद्ध आमाबुबा र छजना भाइबहिनीको हेरचाह आफू एक्लैले धान्नुपर्ने बाध्यता रहेको राईको भनाइ छ । जिल्लाका अधिकांश महिला विदेश जानुपूर्व सूचना तथा जानकारी नलिई जाने गरेको पाइएको बालसेवा समाज नेपाल, नेर्पा, खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीका सामाजिक परिचालक लीला निरौला बताइन । गत साउन १ देखि मङ्सिर १५ गतेसम्म जिल्लाका १२१ जना महिलाले मात्र सूचना केन्द्र आएर जानकारी लिएको केन्द्रका परामर्शदाता अम्बिका दाहालले जानकारी दिइन । पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सामीले गन्धर्व गीतियात्रा सञ्चालन गर्दै आएको छ । विदेश जाने महिला तथा पुरुषलाई जानुपूर्व पु¥याउनुपर्ने प्रक्रिया र विदेशमा गइसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा गन्धर्व मार्फत सन्देशमूलक गीत गाएर जानकारी दिने गरिएको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending