Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

शुल्क वृद्धि विरुद्धमा विद्यार्थीले कालोपट्टी बाँधेर उत्रिएपछि...

\"\"सिन्धुपाल्चोक, ६ पुस । क्याम्पस सञ्चालक समितिले एकतर्फी रुपमा शुल्क वृद्धि गरेको भन्दै चौतारा बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यार्थी वा अभिभावकहरुलाई जानकारी नगराई सञ्चालक समितिले एकलौटी रुपले गरेको शुल्क वृद्धिको विरोधमा विद्यार्थीले आन्दोलन गरेका हुन् । क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले आज बिहान कालो पट्टी बाँधेर अध्ययन गरेको अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला सदस्य मिलन लाले खबरडबलीलाई बताए । त्यस्तै शुल्क वृद्धि गरेकै कारण स्नातक तह पहिलो वर्षका विद्यार्थीले भर्ना नगर्ने जनाएका छन् । क्याम्पस सञ्चालक समितिले भौतिक शुल्कको बहाना बनाउँदै यसै शैक्षिक सत्रबाट लागू हुनेगरी एकैचोटी १ हजार ५ सय बनाएको छ । यसअघि यो शिर्षकमा क्यापसले कुनै शुल्क लिने गरेको थिएन । मंसिरको १८ गतेबाट विद्यार्थीहरुले आन्दोलन गर्न सुरु गरेको भएपनि सञ्चालक समितिले अहिलेसम्म कुनै वास्ता गरेको छैन । सञ्चालक समितीले पहिलोपटक ३० गते बैठक बसेको भएपनि विद्यार्थीहरुको माग सम्बोधन नहुने बताएपछि थप आन्दोलित भएका हुन् । शुल्क वृद्धिमा विद्यार्थी आन्दोलित भएपछि क्याम्पस सञ्चालक समितिले पहिलाको ऋण भएको बहाना बनाएको छ । ‘क्याम्पसमा आर्थिक भार थपिएकाले समितिले भौतिक शुल्क राखेको हो,’ क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगालले भने, ‘विद्यार्थीको सुविधाकै लागि यस्तो गरिएको हो ।’ पहिलाको ऋण भएको बहानामा शुल्क वृद्धि गरेपछि विद्यार्थीहरुमा आर्थिक मारमा परेको हुनाले थप आक्रोशित भएका हुन् । ‘क्याम्पस पहिलाको ऋणको भार हामीबाट किन सञ्चालक समितीले उठाउन खोज्दै छ’ प्रथम बर्ष अध्ययनरत विद्यार्थी सन्तोष तामाङले भने –‘शुल्क नघटाएसम्म हामी भर्ना गर्दैनौँ, आफुखुसी बढाएको शुल्क मान्य हुदैन ।’ शुल्क वृद्धिको विरोधमा क्याम्पसमा रहेका विद्यार्थी संगठनहरुलेसमेत ऐक्यवद्धता जनाएका छन् । आफ्नो माग पुरा नभएसम्म निरन्तर आन्दोलन गरिरहने अखिल (क्रान्तिकारी) जिल्ला सचिवालय सदस्य एवम् इकाई इन्चार्ज मिलन लामाले बताए । ‘मंगलबार सम्पूर्ण विद्याथीहरुलाई भर्ना नगर्न आग्रह गर्दै सबै सुचना पाटीमा आन्दोलनको सुचना टासेका छौँ’ लामाले भने । ‘बुधबार आन्दोलन स्वरुप सबै विद्यार्थीहरुले कालो पटट्ी बाधेर पढ्ने छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending