Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

गोरखा पुनः निर्माणले गति लियो

\"\"गोरखा, ६ पुस । बारपाक केन्द्र रहेर भूकम्प गएको २० महिनापछि बारपाकसहित गोरखाका अन्य गाउँमा पुनः निर्माणले गति लिएको छ । रु ५० हजारका दरले निजी घर बनाउन पहिलो किस्ता बुझेका भूकम्पपीडितले धमाधम भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेका छन् । बर्खाका बेला अवरुद्ध बनेका ग्रामीण सडक हिउँद लागेसँगै सञ्चालन हुँदा पुनः निर्माणको सामग्री ढुवानीमा सहज भएको हो । अधिकांश भूकम्पपीडितले ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्टको प्रयोग गरी पिल्लर राखेर घर बनाएका छन् । भूकम्पले पिल्लर भएका घरमा कम क्षति पु¥याएको देखेका भूकम्पपीडितले ढुङ्गा, माटो, काठको जोडाइले बन्ने घरभन्दा पिल्लर सहितको पक्की घर निर्माण गरिरहेको बारपाक गाविसका सचिव चेतप्रसाद अम्गाईंले जानकारी दिए । बारपाकको ४ देखि ९ वडाका भूकम्पपीडितले धमाधम घर निर्माण रुपमा अघि बढाएका छन् । वडा नं ५ का ४० घरधुरीका भूकम्पपीडित भूकम्प गएदेखि नै विस्थापित भई वडा नं ४ को सार्वजानिक जग्गामा बसे पनि उनीहरुलाई राख्ने जग्गा खोजी गर्न नसकिएको अम्गाईंको भनाइ छ । भूकम्पले छियाछिया भएको बस्तीमा घर बनाएर ढुक्कसँग बस्न सक्ने अवस्था नरहेको विस्थापित भूकम्पपीडित उत्तम बिकले बताए । वडा नं १ को पोखरी, २ को स्नान र मान्द्रे–५ को दलित बस्तीमा घडेरी अभाव हुँदा त्यहाँका भूकम्पपीडितले घर बनाउने जग राख्न पाएका छैनन् । “सरकारले घर बनाउन पैसा दिनुपूर्व हामीलाई सुरक्षित ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने हो तर गरेन”, उनल भने, “बस्न अयोग्य भनेकै ठाउँमा घर बनाउँदा फेरि अर्को प्रकोपको पीडा खेप्नुपर्ने भयो ।” बारपाकमा अहिले करिब एक सय ७० वटा घर निर्माणका क्रममा छन् । यी घर पहिलो किस्ता रकम लिएपछि निर्माण सुरु भएका हुन् । भूकम्पले घर भत्के पनि ७८ जनाले रकम पाएनन् । एक हजार दुई सय ९४ जनाले पहिलो किस्ता रकम बुझेको सचिव अम्गाईंको भनाइ छ । “अनुदान पाउने सूचीमा नाम निस्केका २० जना बारपाकीलाई अनुदान रकम दिन बाँकी छ”, अम्गाईंले भने, “विदेशमा रहेका अनुदान लिन आएनन् ।” २७ जना बेलायती भूतपूर्व सैनिकका परिवारलाई ब्रिटिस वेयलफेयरले घर बनाइदिएको उहाँको भनाइ छ । बारपाक–४ का जितबहादुर घलेका अनुसार भूकम्पपीडितले धमाधम घर बनाइरहे पनि निर्माण सामग्री ढुवानी गर्दा ज्यादै महँगो परेको छ । लाप्राकका समाजसेवी मारर्सिङ गुरुङले भने, “लाप्राकमा भूकम्प त बल्ल आएजस्तो पो भएको छ । गुप्सीबाट कुम्लोकाम्लो बोकेर गाउँले अहिले यत्रतत्र डाँडामा बस्न आए ।” लाप्राकमा ६ सय १४ घरधुरी भूकम्पपीडित छन् । भूकम्प गएको दिनदेखि स्थानीयवासी भुमे सामुदायिक वनको जग्गामा बस्दै आएका थिए । मन्त्रिपरिषद्को बैठकले गुप्सीको जग्गा घडेरीका रुपमा भोगचलन गर्न पाउने गरी लाप्राकीलाई दिने निर्णय गरिसकेको छ । घडेरी खार्ने काम सुरु भएपछि अब छिट्टै घर, विद्यालय, स्वास्थ्यचौकी, गाविस भवन, खेलकुद मैदानलगायत संरचना निर्माण हुने भन्दै लाप्राकी खुसी छन् । श्रीनाथकोट–३ डाँडागाउँमा ८१ ओटा भूकम्प प्रतिरोधी घर निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गरिसकिएको छ । कोरियाको कम्युनिटी चेष्ट अफ कोरिया र बेटर वल्डको आर्थिक सहयोगमा अनुग्रह सामुदायिक विकास केन्द्रले जनजाति र दलित समुदायका भूकम्पपीडितलाई रु चार लाखका दरले लगानी गरी घर निर्माण गरिदिएको अनुग्रहका अध्यक्ष साधुराम नेपालीले बताए । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीका अनुसार भूकम्पले भत्काएका चार सय ९४ ओटा विद्यालयमध्ये अहिलेसम्म चार मावि, चार निमाविसहित २९ ओटा विद्यालय पुनः निर्माण भएको छ । विद्यालय पुनः निर्माण गर्ने सम्झौता गरेका भारतीय दूतावास, चिनियाँ दूतावास, हिमानी ट्रस, जाइका, असल छिमेकी नेपाल, पोखरालगायत सङ्घसंस्थाले समयमै विद्यालय भवन निर्माण सुरु नगर्दा विद्यार्थीलाई टहरोमा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ । “विद्यालय बनाउन सम्झौता गर्ने तर भवनको शिलान्यास पनि नगर्ने सङ्घसंस्थालाई छिटो काम सुरु गर्न भनेका उनले जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीका अनुसार भूकम्पले क्षति पुगेका ५२ स्वास्थ्यसंस्थामध्ये श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक र घैरुङ स्वास्थ्यचौकी भवन मात्रै पुनः निर्माण सकिएको छ । यस्तै युनिसेफ, आइएमसीलगायत सङ्घसंस्थाले स्वास्थ्यचौकी भवन बनाउने सम्झौता गरे पनि अहिलेसम्म निर्माण गरेका छैनन् । “स्वास्थ्यचौकी भवन निर्माण सुरु नगरेका सङ्घसंस्थालाई पत्र काटेर छिटो भवन बनाउन निर्देशन दिएको छु”, पराजुलीले भने । जिल्ला विकास समितिका योजना अधिकृत शतिशकुमार भट्टराईका अनुसार गोरखाका ५८ हजार पाँच सय २४ पीडितमध्ये ५२ हजार पीडितका खातामा पहिलो किस्ताको अनुदान रकम पठाइसकिएको छ । पहिलो किस्ता बराबरको निर्माण कार्य भएपछि दोस्रो किस्ता वितरण गर्ने भन्दै उनले घर निर्माणका क्रम बढेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending