Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

तातोपानी नाका खुलाउने चिनियाँ पक्षको संकेत

[caption id=\"attachment_107915\" align=\"alignnone\" width=\"750\"] फाइल फोटो[/caption] सिन्धुपाल्चोक, ६ पुस । डेढ बर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउने बिषयमा छलफल भएको छ । सदरमुकाम चौतारामा आज भएको छलफलमा चीनको नेलामका प्रमुखसहित सिन्धुपालचोकका सिडिओलगायतको टोलीसंग छलफल भएको थियो । छलफलमा बाटोको काारण देखाउँदै नाका खुल्न ढिला भएको चिनियाँ पक्षले बताएको सिन्धुपाल्चोकका कामु सिडिओ अन्तरबहादुर सिलवालले खबरडबलीलाई बताए । चीनको खासादेखि सन्धुपाल्चोकको मितेरी पुलसम्म सडक बनेपछि नाका खुल्ने चिनियाँँ पक्षले बताएको सिलवालले जानकारी दिए । मितेरीदेखि खासासम्मको सडक बनेपछि नाका खुलाउने चिनियाँ पक्षको भनाई उदृत गर्दै सिलवालले भने । नाका नखुल्दा नेपालको आर्थिक वृद्धि हुन नसकेको चिनियाँँ पक्षको भनाई थियो । छलफलमा सहभागी तातोपानी भन्सारका प्रमुख दिव्यराज पोखरेलले चिनियाँ पक्षको भनाई उदृत गर्दै भने खासालगायत ठाउँका स्थानीयले पनि नाका चाँडै खुलाउन दबाब दिएको चिनियाँ पक्षले बताएको थिए । छलफलमा चिनियाँ पक्षले चाँडै नाका खुलाउने संकेत दिएका थिए । चीनको तर्फबाट नेलामका सिडिओ पेङ लु उईलगायतको १७ जनाको टोली छलफलमा सहभागी भएका थिए । सिन्धुपाल्चोका सरकारी कार्यालयका प्रतिनिधि पनि सहभागी भएका थिए । उनीहरुले नाका बन्द भएपछि कार्यालयले ब्यहोर्नु परेको समस्यारे बताएका थिए । भूकम्पपछि बन्द भएको तातोपानीाका नखुल्दा राज्यले करिब १२ अर्ब राजश्व गुमाएको तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले खबरडबलीलाई बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending