Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

'दलबीच समझदारी बनाई निर्वाचनको मिति घोषणा गर्ने तयारी हुँदैछ'

\"\" कैलाली, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ७ नं प्रदेश, कैलाली जिल्लामा कार्यान्वयन हुन लागेको गहुँ बालीको ‘सुपर जोन‘(मुख्य क्षेत्र)कार्यक्रमको आज गदरियामा उद्घाटन गरेका छन् । परियोजनाअन्तर्गत छनोटमा परेका जिल्लाको मध्यक्षेत्रका पहलमानपुर, उदासीपुर, बसौटी र मसुरिया गाविस क्षेत्रको एक हजार हेक्टरमा गहुँ बालीको ‘सुपर जोन’ कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । कृषक समूह, सहकारी संस्था र कृषि उद्यमीमार्फत सञ्चालन गरिने सो कार्यक्रम कार्यान्वयनका लागि परियोजनाले उन्नत बीउबिजन, मलखाद, सिँचाइ, कृषियन्त्र, माटो परीक्षण, प्रशोधन केन्द्र स्थापना एवम् सञ्चालनलगायतमा सहयोग गर्न लागेको जनाइएको छ । । कैलाली जिल्लामा सो कार्यक्रमका लागि चालु आवमा झन्डै रु छ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ । कृषि उत्पादन वृद्धि गरी आयात घटाउँदै जाने उद्देश्यले सरकारले आव २०७३÷०७४ को बजेटमार्फत सो परियोजना सञ्चालन गर्ने घोषणा गरेको थियो । परियोजनाअन्तर्गत गहुँ बालीको ‘सुपर जोन’ कार्यक्रम कार्यान्वयनपछि उत्पादकत्व प्रतिहेक्टर ३.३८पु¥याउने लक्ष्य छ । गहुँ उत्पादनका लागि कैलाली जिल्लाको जग्गा उर्बर मानिन्छ । जिल्लामा झन्डै ३४ हजार हेक्टरमा गहुँखेती हुने गरिएकामा हालको उत्पादकत्व राष्ट्रिय उत्पादकत्वभन्दा बढी अर्थात् प्रतिहेक्टर २.५१मे टन छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन वृद्धि, कृषि उपजको बजारीकरण र प्रतिस्पर्धात्मक रुपमा खरो उत्रने गरी विकास गरिनुपर्नेमा जोड दिए । उनले भने, “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले देशभित्रै रोजगारी सिर्जना गर्ने मात्र नभई बिदेसिने युवाहरुलाई रोक्ने र देशलाई आत्मनिर्भर बनाउन सघाउ पु¥याउनेछ ।” प्रधानमन्त्रीले राजनीतिक स्थिरताका निम्ति संविधान कार्यान्वयनको प्रक्रियामा आफूहरु लागेको बताउँदै यसका लागि पहाड, हिमाल, तराई, मधेसी, जनजाति, थारुलगायत सबैलाई जोडेर संविधानलाई सवैको स्वीकार्य दस्तावेज बनाई निर्वाचनमा जाने काममा सरकार लागेको स्पष्ट गरे । उनले दलहरुबीच समझदारी बनाई निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending