Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विप्लवनिकट अखिल (क्रान्तिकारी) शैक्षिक संघर्षमा

\"\" नवलपरासी, ६ पुस । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा(माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पछिल्लो समय शैक्षिक संघर्षमा लागेको छ । शैक्षिक क्षेत्रमा देखिएका विकृत विंसगति तथा शिक्षाको व्यापारीकरण र दलालीकरणको अन्त्यसहित समान र सर्वसुलभ शिक्षाको लागी भन्दै संघर्षअन्तर्गत शैक्षिक संघर्षको उद्घोष गरेको संगठनले पछिल्लो समय केही शैक्षिक संस्थाहरुलाई ज्ञापन पत्र बुझाउने देखी छलफल गर्ने, आन्तरिक व्यवस्थापन तथा शुल्क घटाउन माग गर्ने गरेको छ । यसैविच नवलपरासीको कावासोतिस्थित सिटिईभिटिको मान्यताप्राप्त कलेजले मनोमानी गरेको भन्दै आज १६ बुँदे ज्ञापनपत्र बुझाएको छ । कलेज प्रशासनमा भौतिक पूर्वाधार, आवश्यक सम्बन्धित बडापत्र, सिटिईभिटीले तोकेको भन्दा माथि शुल्क लिने, विद्यार्थीहरुसँग अनावश्यक बहानामा पैसा उठाउने, कालिगण्डकी सामुदायिक अस्पतालबाट सञ्चालित कालिगण्डकी सिएमए, एनम तालिम केन्द्रमा गर्न, शिक्षकहरुलाई उचित र तहअनुसार सेवासुविधा दिन, कलेजको दादागिरी अन्त्य गर्न लगायतका मागहरुसहित १६ बुँदे ज्ञापनपत्र बुझाउँदै आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला अध्यक्ष शिव डुम्रेद्धारा हस्ताक्षरीत विज्ञप्तीमा मागहरुलाई २४ घण्टाभित्र पूरा नगरी बेवास्ता गरिएमा संगठनले जस्तो सुकै संघर्ष गर्न बाध्य हुने र सो घटनाको जिम्मेवार स्वंयम कलेज प्रशासन नै हुनेसमेत चेतावनी दिईएको छ । स्मरण रहोस् केही दिन अगाडीमात्रै कुमारवर्ती क्याम्पस, कावासोतीमा गरिएको शुल्कबृद्धिविरुद्ध संघर्ष गरेको संगठनले गत पुष ५ मात्रै शुल्क घटाएर सहमति गरेको थियो । अध्यक्ष डुम्रेका अनुसार संगठनले सबै पब्लिक क्याम्पस, सिटिईभिटी मान्यताप्राप्त कलेजहरु, प्याब्सन, एनप्याब्सन तथा ईम्बोक्स सहित जिल्ला शिक्षा कार्यालयलाई ध्यानाकर्षण गरेर आफूहरुले शैक्षिक संघर्ष अगाडी बढाएको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending