Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

खस्कँदै रूपन्देहीको शान्ति–सुरक्षा

\"\"भैरहवा, ७ पुस । मंसिर तेस्रो साता सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डीस्थित आफ्नै औद्योगिक प्रतिष्ठानमा बसिरहेका उद्योगी कुल प्रसाद न्यौपानेमाथि गोली चल्यो । गोली चलेको आधा घण्टा नबित्दै रूपन्देही सिपवाका वीरेन्द्र यादव नाम गरेका एक व्यक्ति बेथरीबाट पक्राउ परे । यादव पक्राउ परेपछि न्यौपानेमाथि गोली चलाउने पक्राउ भनेर विभिन्न मिडियाहरूमा समाचार आयो । त्यतिमात्रै होइन, रूपन्देही प्रहरीले गोली हान्ने यादव नै हो भनेर दावी समेत गर्याे । तर घटनाको तीन हप्ता पुग्न लाग्दा पनि अझै अभियुक्त सार्वजनिक गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार यादव अत्याधुनिक हतियारसहित बेथरीबाट पक्राउ परे पनि न्यौपानेमाथि प्रहार भएको गोलीको खोका र बरामद भएको पेस्तोलमा लाग्ने गोलीबीच मेल खाँदैन । त्यसैले पनि अहिले रूपन्देही प्रहरी न्यौपाने गोली काण्ड सार्वजनिक गर्नबाट चुकिरहेको बुझिन्छ । किनकी घट्ना घट्ने वित्तिकै प्रहरीले यादवले नै न्यौपानेलाई गोली हानेको दावी गरेको थियो । त्यसको भोलिपल्ट न्यौपानेमाथि गोली प्रहार आफ्नो समूहले गरेको दावी गर्दै मधेशी जनमुक्ति सेनाको नामबाट संचालिन सामाजिक संजाल फेसबुकमा प्रताप सिंह मधेशी संयोजक भनेर जिम्मा लिइयो । त्यसबारे पनि प्रहरीले अनुसन्धान थाल्यो । तर अहिलेसम्म पनि कुनै पत्ता लगाउन सकेको छैन । न्यौपाने गोली प्रकरण मुद्धा सेलाउन नपाउँदै यही सोमबार रूपन्देहीको खैरेनीमा गोली चल्यो । गोली लागि नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल रूपन्देहीका कार्यबाहक अध्यक्ष दुर्गा तिवारीको ज्यान गयो । उनी देबदह खैरेनीका स्थायी बासिन्दा हुन् । युवा उद्यमी समेत रहेका तिवारी केरवानीमा अवस्थित केवीआई इँट्टा उद्योगका संचालक हुन् । आफ्नै उद्योगमा जाने क्रममा रातो पल्सरमा पछ्याउँदै आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरे । उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो । घटना लगत्तै आफू मलेसियामा रहेको बताउने देबदहकै मनोज पुन नाम बताउने एक युवाले आफ्ना मान्छेले तिवारीको हत्या गरेको दावी गर्दै प्रहरी अधिकृत, संचार माध्ययम, स्थानीय बासिन्दालाई खबर गरे । यतिसम्मकी ती युवाले देबदहका केही स्थानीय बासिन्दाहरूलाई तिमीहरूको पनि पालो आउँछ भन्दै थर्काउन समेत भ्याए । तिवारी घटनामा प्रहरीले तिनै पुनको संलग्नतामा गोली काण्ड घटाइएको दावी गरेको छ । तर घटनाको चार दिन बित्न लाग्दा समेत तीन जनालाई केरकारका लागि नियन्त्रणमा लिए पनि मुख्य अभियुक्तलाई नियन्त्रणमा लिन सकेको छैन । घटना लगत्तै सोमबार देखि नै रूपन्देही जिल्लाका जनजीवन तनावित बन्न पुग्यो । कति बेला के हुने हो ? कहाँ घटना घट्ने हो ? भन्ने त्रासमा सबै जिल्ला बासी छन् । न्यौपाने गोली प्रकरण जस्तै तिवारी हत्याको भोलिपल्ट मंगलबार साढे तीन बजेबाट रुपन्देहीको भैरहवामा रहेर विभिन्न संचार माध्ययममा काम गर्ने पत्रकारहरुलाई ९८१२९०२७९१ मो. नं. बाट प्रताप सिंह मधेशी संयोजक मधेशी जनमुक्ति सेना नामबाट घटनाको जिम्मा लिइयो । आफ्ना मोबाइलमा एसएमएस आएपछि पत्रकारहरुले जिल्लाका सुरक्षा प्रमुखहरुलाई खबर गरे तर अहिलेसम्म प्रहरीले यसबारे पनि केही जवाफ दिएको छैन । माथिका यी दुई घटनाले अहिले रूपन्देही जिल्लामा बसोबास गर्ने तथा छिमेकी जिल्लाहरूमा समेत सन्त्रास फैलिएको छ । बुद्ध जन्मस्थल समेत रहेको रूपन्देही जिल्लामा पटक–पटक गोली चल्नु र निहत्था सर्वसाधारणको ज्यान जानुले जिल्लाको शान्ति सुरक्षामा भ्वाङ् परेको आभास सबैले गर्न थालेका छन् । अहिले न्यौपानेकै काण्ड जस्तै प्रहरीले तिवारीमाथि गोली हान्ने पुन समूह नै भएको प्रचारबाजी गरिरहेको छ । तर प्रचार गरेअनुसार आरोपित कसैलाई पनि पक्राउ गर्न सकेको छैन । यसले गर्दा अहिले रूपन्देहीबासीले सुरक्षा निकायको प्रचारबाजी बढी र काम गर्ने शैली कम भएको आरोप लगाएका छन् । सुरक्षा निकायको यो शैलीले गर्दा दिनहुँ जिल्लाको शान्ति सुरक्षाको अवस्था खस्किरहेको छ भने अपराधिक क्रियाकलाप गर्नेहरू मनोबल बढिरहेको एक व्यवसायी बताउँछन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले अहिले जिल्लाको शान्ति सुरक्षा खस्कँदै गएको बताए । उनले पछिल्लो समय एक महिनाको अन्तरालमा देखिएका घटनाहरूले पनि जिल्लाको सुरक्षा अवस्था नाजुक हुँदै गएको प्रस्ट भएको जनाए । शर्माका अनुसार रूपन्देही जिल्लाको शान्ति सुरक्षाको विषयलाई लिएर आज (बिहीबार) नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नेपाल उद्योग वाणिज्य संघ र सिद्धार्थ उद्योग बाणिज्य संघकोतर्फबाट संयुक्त ज्ञापन पत्र बुझाउँदै छन् । रूपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर धानुकले जिल्लाबासीको सुरक्षा गर्न प्रहरी कटिबद्ध भएको बताए । धानुकले न्यौपाने र तिवारी घटनामा प्रचारबाजी भए तापनि दुबै घटनाको सत्यतथ्य प्रहरीले छिट्टै सार्वजनिक गर्ने दावी गरे । यतिबेला तिवारी घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल सरकारले नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको नेतृत्वमा अनुसन्धान टोली गठन गरी रूपन्देही पठाएको छ । टोलीले घटना बुधबार देखि नै अनुसन्धान सुरू गरिसकेको छ । उता जिल्ला तहमा अंचल प्रहरी कार्यालय, लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको छ । रूपन्देहीमा घटेका दुबै घटनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले पनि अनुसन्धान गरिरहेको बुझिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending