Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

‘चन्द माओवादी कि बन्द माओवादी ?’

\"\" काठमाडौं, ७ पुस । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले विहीबार काठमाडौं उपत्यका बन्द आह्वान गरेको छ । तर काठमाडौं उपत्यकामा स्कुल कलेजहरु बाहेक अन्य कुनै पनि क्षेत्रमा बन्दको प्रभाव परेको छैन । विप्लव नेतृत्वको माओवादीले आफ्ना कार्यकर्ता छुटाउनदेखि खाद्य सम्प्रभूताका लागि भन्दै विभिन्न समयमा बन्द आह्वान गरेको छ । विहीबार भने पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै विप्लव माओवादी सम्बद्ध युवा विद्यार्थीले उपत्यका बन्द आह्वान गरेका हुन् । सामान्य निहुँमा पनि आम नागरिकलाई नै समस्या पर्ने गरी गरिने बन्दप्रति भने आम नागरिक खुशी हुँदैनन् । बन्दको सामाजिक सञ्जालहरुमा पनि उत्तिकै विरोध भइरहेका हुन्छन् । तर पनि विप्लव माओवादीले सामान्य निहुँमा पनि नेपाल बन्द आह्वान गर्ने भएपछि सामाजिक सञ्जालहरुमा ‘चन्द माओवादी कि बन्द माओवादी’ भन्दै आलोचना भइरहेका छन् । चन्दा उठाउन युद्धमा जाने अस्त्र विप्लवले विभिन्न माओवादी घटकहरु एक भइ एउटै केन्द्र घोषणा गरिएपछि सबै माओवादी एक नभएको सन्देश दिन काठमाडौंमा प्रदर्शन मात्र गरेनन्, बन्द आह्वान गरेर आफ्नो शक्ति समेत प्रदर्शन गर्यो । आफूहरु फेरि पनि सशस्त्र युद्धमा जाने तयारी गरेको भन्दै ब्यापारीदेखि उद्योगीहरुलाई मोटो रकमसमेत असुल्ने गरेका विप्लव माओवादीको युद्धकै डरले पनि जनजीवन त्रसित बन्ने गरेको छ । युद्धमा जाने घोषणा पार्टीले नगरे पनि चन्दा उठाउनकै लागि विप्लवका कार्यकर्ताले युद्धमा जाने जाने तयारी भएको पार्टी भन्ने अस्त्र फालेका भेटिन्छन् । युद्धको त्रासदीकै कारण ब्यापारीहरु चन्द दिन बाध्य छन् । कार्यकर्ता छुटाउन बन्द सामान्य निहुँमा पनि बन्द आह्वान गर्ने गरेको विप्लव माओवादीले गएको बैशाख यता नेपाल बन्द, उपत्यका बन्द तथा विभिन्न जिल्ला बन्द गरी दर्जनौं पटक बन्द आह्वान गरिसकेको छ । भारतीय गाडी तथा स्कुल बसहरु जलाएको अभियोगमा पनि विद्यार्थी नेताहरु पक्राउ परेका छन् । तिनै कार्यकर्तालाई छुटाउने अस्त्रका रुपमा विप्लवले बन्द आहवान गर्ने गरेका छन् । एकताका एनसेल टावरहरुमा आगजनी र तोडफोड गरेपछि विप्लवका थुप्रै कार्यकर्ता पक्राउ परेका थिए । पैसाको बार्गेनिङ मिलेपछि विप्लवले एनसेलमाथिको आक्रमण रोकेको स्रोतको दाबी छ । विप्लवको बन्द कहिले कहिले ? विप्लव माओवादीले विभिन्न अभियोगमा पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन गत जेठ २७ गते नेपाल बन्द गरेको थियो । उक्त बन्दमा रौतहटमा गुडिरहेको ट्रकमा पेट्रोल बमसमेत प्रहार गरिएको थियो । त्यसपछि साउन १० गते पुन विप्लवले बन्द आह्वान गरे । त्यतिबेला केपी शर्मा ओली एक दिनअघि मात्रै प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । सर्लाहीको जगन्नाथ गाविसको सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको भन्दै बिप्लव माओवादीले नेपाल बन्द आह्वान गरेको थियो । विप्लव माओवादीले कात्तिक २८ गते फेरि नेपाल बन्द आह्वान गर्यो । त्यतिबेला खाद्य सम्प्रभुताको माग गर्दै उसले पहिलो पटक नेपाल बन्द आह्वान गरेको थियो ।  पेट्रोलिम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विहीबार पुनः उपत्यका बन्द आह्वान गरिएको छ । तर बन्दको प्रभाव स्कुल, कलेज बाहेक अन्य क्षेत्रमा परेको छैन । यसअघि बिप्लव माओबादी निकट अखिल क्रान्तिकारीले यहि साउन ३१ र ३२ गते शैक्षिक हड्ताल गरेको थियो । कसकसले गरे बन्द आह्वान ? बन्द आह्वान गर्नेमा विप्लव माओवादी अग्रपंक्तिमा देखिए पनि अन्य दलहरुको आन्दोलन पनि बन्द हड्ताल नै हुने गरेको छ । गत असोज ९ गते मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि आफ्ना कार्यकर्ता छुटाउन भन्दै नेपाल बन्दको आह्वान गरेको थियो । बन्दको अघिल्लिो दिन कार्यकर्ता छुटेपछि बन्द फिर्ता भएको थियो । सरकारले नवलपरासीको दाउन्ने पूर्वको भागलाई पनि ५ नम्बर प्रदेशमै गाभ्न खोजेको सत्तारुढ दल कांग्रेसकै भातृ संगठन नेबिसंघ र तरुण दलले मंसिर ५ गते नवलपुर क्षेत्र बन्द गराए । मंसिर १४ गते सरकारले संविधान संशोधन विधेयक संसद सचिवायमा दर्ता गरेपछि मंसिर १५ देखि प्रदेश ५ का जिल्लाहरु बन्द भए । केही जिल्लामा एकसाता बढी र केहीमा झण्डै तीन साता बन्द हड्ताल गरियो । प्रदेश सिमाना हेरफेर नगर्न खवरदारी गर्दै फेरि मंसिर ३० गते संघीय लिम्बुवान पार्टी नेपालले पूर्वको नौ जिल्ला बन्द आह्वान गरे । संशोधन फिर्ता नभएको भन्दै एमालेसहितका अखण्ड पक्षधरले पुस १ देखि तीन दिन ५ नम्बर प्रदेशमा बन्द हड्ताल गरे । तीन दिनको बन्द सकिए लगत्तै पुस ५ गते फेरि युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारी हत्याको विरोधमा युवा संघले पुस ५ गते लुम्बिनी अञ्चल बन्द आह्वान गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending