Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

‘जनकपुर–जयनगर’ रेल मार्ग छिटो सञ्चालनमा ल्याउन निर्देशन

[caption id=\"attachment_102705\" align=\"alignnone\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं, ७ पुस । व्यवस्थापिका–संसद्, विकास समितिले ‘जनकपुर–जयनगर रेल’ मार्ग यसै आर्थिक वर्षमा सञ्चालन हुनेगरी गरी काम अगाडि बढाउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव र रेल विभागका महानिर्देशकलाई काठमाडौँ मेट्रो रेलको काम अगाडि बढ्ने गरी पुनः सम्भाव्यता अध्ययन गर्न, रेल मार्गमा पर्ने जग्गाको क्षतिपूर्ति दिन र अन्य जग्गा संरक्षण गर्न, नदीजन्य सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) को मात्रै भर नपरी खानीको सामान उपयोग गर्न पनि भनेको छ । समितिले नेपालका विभिन्न क्षेत्रमा रेल सेवा पु¥याउनका लागि समग्रमा ‘रेल सञ्जाल कार्ययोजना’ बनाउन पनि निर्देशन दिएको छ। उत्तर दक्षिण नाका जोड्ने रेल मार्ग निर्माणबाट देशको आर्थिक विकासको आधार निर्माण हुने र त्यसबाट विश्वका अन्य देशसँग व्यापारिक पहुँच बढ्ने भएकाले समग्र कार्ययोजना बनाउन निर्देशन दिएको हो । काठमाडौँमा मेट्रो रेल चलाउनका लागि यसै वर्षबाट काम प्रारम्भ प्रतिबद्धता व्यक्त गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नेपालमा रेल मार्ग निर्माणका लागि विभिन्न देशसँग समेत छलफल भइरहेको मन्त्री लेखकको भनाइ छ । “पूर्व–पश्चिम, उत्तर–दक्षिण रेल मार्ग निर्माण गर्नेबारे आवश्यक तयारी भइसकेको छ, चाँडोभन्दा चाँडो पिटिआर तयारबारे प्रक्रिया अगाडि बढेको छ” – मन्त्री लेखकले भने । सभापति रवीन्द्र अधिकारीले चीन र भारतलगायतका मुलुकमा रेल यातायात राम्रो रहको अवस्थामा नेपालले पनि रेल नेटवर्कलाई प्रभावकारी बनाउन कार्ययोजनाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । समितिका सदस्य तथा सांसदहरू चिनकाजी श्रेष्ठ, महेन्द्र यादव, रामकृष्ण घिमिरे, शान्ता मानवी, शिवजी यादव र ललितजङ्ग शाहीलगायतले जतिसक्दो चाँडो रेल मार्ग निर्माणमा जोड दिए । मन्त्रालयका सचिव धनबहादुर तामाङ र रेल विभागका निर्देशक आनन्द आचार्यले रेल मार्गबारे धेरै काम अगाडि बढिसके पनि विविधि समस्याका कारण ढिलाइ भइरहेको समितिलाई जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending