Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

यसरी दलियो अदालतभित्रै लोकमानलाई कालोमोसो

\"\"काठमाडौं, ८ पुस । सर्वोच्च अदालत परिसर सुरक्षामा खटिएका सुरक्षाकर्मीलर्या छक्याउँदै बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दलिएको छ । आजको नागरिक दैनिकमा खबर छ– परिस सुरक्षामा ७५ जनाभन्दा बढी न्यायिक प्रहरी खटिएका थिए । कार्कीकै सुरक्षामा सादा पोसाकमा अख्तियारबाट खटिएका दर्जन बढी सुरक्षाकर्मीसमेत उनीमाथि भएको आक्रमणमा केही समय रमिते बने । यसरी दलियो कालोमोसो लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दाको बिहीबारको बहस सकिएपछि न्यायाधीशहरु घरतर्फ जाँदै थिए । सर्वोच्च परिसरमा केही कानुन व्यवसायी, कर्मचारी र विभिन्न सञ्चारमाध्यमका पत्रकार कार्कीको प्रतिक्षामा थिए । अपराह्न चार बजिसकेकाले सबैका आँखा मूल प्रवेशद्वार तिरै थिए । त्यत्तिकैमा कार्की कालो सिसा लगाइएको बा १३ च ८५८६ नम्बरको सेतो कारमा सर्वोच्च परिसर छिरे । उनी गार्डसहित कारबाट झरेर सरासर तामेल तारेख बुझ्ने ८ नम्बर शाखातर्फ लागे । सर्वोच्चका कर्मचराी र अन्यले कार्कीलाई नमस्कार पनि गरे । कार्की जब शाखाको प्रवेशद्वार पुगे उनलाई दुई अपरिचित व्यक्तिे घेरा हाले र कालोमोसो प्रहार गरे । कालोमोसो कार्कीको देब्रे गालामा लाग्यो । त्यसपछि झटपट उनी ८ नम्बर शाखाभित्र छिरे । अनुहारमा लागेको कालो पखाल्न ज्वाईं प्रबल थापाले गिलासमा पानी लगिदिए । शाखाभित्रै कार्कीले हल्का मुख धोए र तारेख बुझे । कार्कीलाई कालोमोसो प्रहार गरेलगत्तै ती दुई जनाले ‘भ्रष्टाचारी मुर्दावाद, ज्यानमारा मुर्दावाद र नेकपा माओवादी जिन्दावाद’ भन्ने नारा लगाए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending