Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

प्रेम सम्बन्ध खुलेपछि गाउँ निकाला

[caption id=\"attachment_108775\" align=\"aligncenter\" width=\"750\"] गाउँ निकाला भएका ७५ वर्षे लालबहादुर सुनार र ४३ वर्षे सावित्रा न्यौपाने (पहिलो) । स्थानीय राजनीतिक दल र बुद्धिजीवी समेतको भेलाले गरेको निर्णय । तस्विर : कान्तिपुर[/caption] गुल्मी, ८ पुस । दलित र गैरदलित त्यसमाथि उमेर पनि निकै फरकबीच प्रेम सम्बन्ध रहेको भन्दै अर्बेनीका स्थानीयवासीले दुवैलाई गाउँ निकाला गरेका छन् । अर्बेनी–५ का ७५ वर्षीय लालबहादुर सुनार र छिमेकी ४३ वर्षीया सावित्रा न्यौपानेबीच सम्बन्ध रहेको भन्दै गाउँलेले गाविस कार्यालयमै छलफल गराएर हस्ताक्षरसमेत गराई गाउँ छाड्न लगाएका हुन् । न्यौपानेका आफन्तको दबाबमा सुनारको घरसमेत भत्काइएको छ । आजको कान्तिपुरमा खबर छ– सरदमुकाम तम्घासबाट झन्डै ६० किमि टाढा पूर्वमा रहेको अर्बेनी गाविसमा साताअघि यो घटना भए पनि डरले दुवै जना जंगलमा गएर बसेकाले यसको खुलासा हुन सकेको थिएन । स्थानीय दलित अधिकारकर्मीले बेपत्ता भएको भन्दै खोज्दा जंगलको ओडारमा फेला परेपछि घटना खुलेको हो । पुस १ को बिहान ५ बजे लालबहादुरको घरमा सावित्रालाई फेला पारेपछि सावित्राका भतिज चिन्तामणि न्यौपानेको नेतृत्वमा भेला भएका स्थानीयले दुवैलाई गाउँ घुमाएर गाविसमा कागज गराई गाउँबाटै धपाएका थिए । गाविसमा भएको छलफलमा स्थानीय कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसहित आमा समूह र महिला प्रतिनिधि समेतको उपस्थिति थियो । ‘एक्कासि मान्छे जम्मा भए र उनीहरूले नै लेखेको कागजमा औंठाछाप लगाउन लगाए,’ लालबहादुरका छोरा ३७ वर्षे अनुरामले भने, ‘त्यतिले पनि नपुगेपछि घर नै भत्काउन लगाए ।’ बाबु र ती महिलालाई गाउँबाट धपाएपछि फर्केर आएका स्थानीयले घर भत्काउन दबाब दिएका थिए । ‘नभत्काए आगो लगाइदिन्छौं भनेपछि आफैं भत्काएँ,’ उनले भने । अनुरामले नै बाबु खोजिदिन भन्दै स्थानीय दलित अगुवालाई गुहारेपछि सबैको पहलमा दुवै जनालाई छिमेकी गाविस हर्मिचौरको हार्से जंगलभित्र भीरको ओडारमा फेला पारिएको हो । ‘एक रात हर्मिचौरको नेपाली सेनाको क्याम्प नजिकैको पीपलको रूखको फेदमा बसेर बितायौं,’ पीडित लालबहादुरले भने, ‘त्यहाँ धेरै चिसो भएपछि जंगलमा ओडार खोज्दै गएका हौं ।’ ओडारमा दुई दिन र दुई रात कटाएको उनले बताए । ‘सबै भेला भएर गाउँमा बस्न पाइँदैन भने,’ उनले भने, ‘सबैका अघि मेरो मात्र केही चलेन, त्यसैले घर छोडेर हिँड्यौं ।’ लालबहादुरकी श्रीमतीको २२ वर्षअघि मृत्यु भएको थियो । स्थानीय खिमलाल न्यौपानेका अनुसार विपन्न परिवारकी सावित्राका श्रीमान् बोल्न नसक्ने छन् । तीन छोरा र एक छोरीकी आमा सावित्रालाई श्रीमान्ले कुट्ने र दुस्ख दिने गरेकाले लालबहादुर अभिभावक जस्तै लागेर सँगै बस्न खोजेको उनले बताइन् । ‘हामी राजीखुसी सँगै बस्न तयार भएका हौं,’ उनले भनिन्, ‘तर, गाउँलेले समाज नै बिग्रन्छ भन्दै गाउँमा बस्न दिएनन् ।’ बाबुलाई गाउँमा राख्न नदिएको र बस्ने घरबास समेत भत्काइदिएकाले न्याय खोज्न भन्दै छोरा अनुरामले बिहीबार सदरमुकाम आएर प्रहरीमा उजुरी दिएका छन् । दुई जनाबीच सम्बन्ध रहेको खुलेपछि स्थानीयले राजनीतिक दलका अगुवासहित समाज भेला भएर दुवैलाई कागज गराएका थिए । कागजमा लालबहादुर र सावित्रीको माग निवेदनअनुसार दुवै जनाको राजीखुसीबाट भएको सम्बन्धका कारण अबदेखि पतिपत्नीका रूपमा रही चन्द्रकान्त न्यौपानेको अंशमा दाबी नगर्ने र काजकिरियासमेत गर्न नपर्ने उल्लेख छ । उक्त कागजमा गाविस सहायक झविलाल न्यौपाने, कांग्रेस सभापति रामप्रसाद न्यौपाने, एमाले अध्यक्ष देवीप्रसाद न्यौपाने, माओवादी केन्द्रका पुनाभद्र न्यौपाने र महिला प्रतिनिधि हरिकला न्यौपानेसहित स्थानीय २८ जनाको उपस्थिति र हस्ताक्षर छ । एमाले गाउँ कमिटी अध्यक्ष न्यौपानेले दुवै जनालाई गाविस कार्यालयमा पुर्‍याएपछि मात्र आफूले जानकारी पाएको बताए । ‘छलफलमा म पनि सहभागी भएको हुँ,’ उनले भने, ‘हामी राजीखुसी श्रीमान्श्रीमती भएर बस्छौं भनेपछि त्यहीअनुसार कागज गराइएको हो, गाउँबाटै निकाल्ने कुरा कसैले गरेका होइनन् ।’ गाउँमा बस्न अप्ठ्यारो मानेर दुवै जना आफैं छाडेर हिँडेको दाबी उनले गरे । गाविस सहायक झविलाल न्यौपानेले लालबहादुरका छोरा अनुरामले आफैंले घर भत्काएको दाबी गरे । ‘घर जीर्ण भएकाले उसले पोहोर नै भत्काउने प्रयास गरेको थियो,’ उनले भने, ‘मैले नभत्काउन आग्रह गर्दागर्दै पनि आफैं भत्काएको हो ।’ चन्द्रकान्तका आफन्तले घर जलाइदिने धम्की दिएको हुनसक्ने भए पनि आफूलाई जानकारी नभएको उनले बताए । पीडितको उजुरीपछि सार्वजनिक अपराध ऐनअन्तर्गत बिहीबार मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए । ‘उजुरी आएको छ,’ उनले भने, ‘पीडक पक्षलाई पनि बोलाएका छौं, थप अनुसन्धान हुँदै छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy