Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

दरबार हत्याकाण्डबारे मन्त्रिपरिषदमा छलफल, कसले के भने ?

\"\"काठमाडौं, ८ पुस । तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक प्रक्रियाप्रति कटाक्ष गर्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषद्ले पुरानो फाइल पल्टाउन सक्ने संकेत गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– १४ वर्षसम्म हत्याकाण्ड रहस्यमै रहेको भन्दै बैठकमा मन्त्रीहरूले फेरि छानबिन गर्नुपर्ने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रले सीमाबाहिर गएर वक्तव्यबाजी गरेको र यसमा षड्यन्त्र लुकेको सरकारको आशंका छ । उनले बुधबार वक्तव्य जारी गरेर परिवर्तनका नाममा राष्ट्रलाई कमजोर पारिएको, राष्ट्रिय एकता र भावनामाथि निर्मम प्रहार भइरहेको आरोप लगाएका थिए । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार सिंहदरबारमा बसेको थियो । बैठकमा बढी समय पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यबारे छलफल भएको थियो । बैठकले प्रतिगमनकारीलाई उठ्न नदिन सचेततापूर्वक अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोधसहित पछिल्ला समयका घटनाक्रमबारे सरकारले गम्भीर भएर छलफल गर्नुपर्ने बताएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यबारे पनि गम्भीर हुनुपर्ने प्रचण्डको भनाइ थियो । उनले यी सबै घटना गणतन्त्र र संघीयताविरुद्धको षड्यन्त्रकै उपज भएको बताएका थिए। प्रधानमन्त्रीले संघीयताविरोधी गतिविधिलाई एकजुट भएर सामना गर्नुपर्ने भन्दै सबै मन्त्रीलाई गम्भीर बन्न निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले बोलेपछि मन्त्रीहरूले तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी ०५८ मा भएको दरबार हत्याकाण्डको पुनः छानबिन गर्नुपर्ने बताएका थिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डसम्बन्धी प्रतिवेदन त्यतिकै थन्किएको भन्दै फाइल खोजेर पुनः अनुसन्धान गर्नुपर्ने प्रस्ताव राखेका थिए । ‘पूर्वराजाले आफ्नो सीमाभन्दा बाहिर गएर वक्तव्य जारी गरिरहेका छन्,’ बैठकमा गृहमन्त्री निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तै हो भने दरबार हत्याकाण्डको फाइल फेरि खोजेर नयाँ किसिमले छानबिन अगाडि बढाउनुपर्छ ।’ पूर्वराजालाई आफ्नो सीमामा बस्न सचेत गराउनुपर्ने पनि उनको भनाइ थियो । उनले संघीयता, गणतन्त्रविरुद्ध हुने गतिविधि निस्तेज गर्न सुरक्षाकर्मी सक्षम रहेको पनि बताएका थिए । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, उद्योगमन्त्री नवीन्द्रराज जोशी, जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी, भौतिक तथा पूर्वाधारमन्त्री रमेश लेखकलगायतले पनि पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यप्रति आपत्ति जनाउँदै उनलाई सीमाभित्र राख्नुपर्ने बताएका थिए । उनीहरूले पनि दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने औँल्याएका थिए । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पूर्वराजा ज्ञानेन्द्रले बुधबार जारी गरेको वक्तव्यबारे बिहीबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको जानकारी दिए । मन्त्रिपरिषद् बैठक नियमित एजेन्डामा नै केन्द्रित रहे पनि सीमाबाहिर गएर पूर्वराजाले वक्तव्य निकालेकाले छलफल भएको मन्त्री जोशीको भनाइ छ । तत्कालीन छानबिन समितिले के भनेको थियो ? दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा सभामुख तारानाथ रानाभाट र तत्कालीन विपक्षी दलका नेता तथा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल सदस्य रहेको उच्चस्तरीय छानबिन समिति बनाएका थिए । तर, एमाले नेता नेपालले समितिमा बस्न अस्वीकार गर्दै राजीनामा दिएपछि प्रधानन्यायाधीश उपाध्याय र सभामुख रानाभाटको दुई सदस्यीय समितिले घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाएको थियो । तर, त्यो प्रतिवेदन जनमानसले पत्याएको थिएन । उच्चस्तरीय छानबिन समितिले एक सातामै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा लागुपदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्रले घटना घटाएको निष्कर्ष थियो । प्रेमिका देवयानीसँग बिहे गर्न परिवारले स्वीकृति नदिएपछि नशाको सनकमा दीपेन्द्रले आफ्नै परिवारका सदस्यको गोली हानेको निष्कर्ष छानबिन समितिको थियो । घटनामा गोली लागेर अचेत भएका दीपेन्द्रको पनि दुई दिनपछि २१ जेठमा वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको घोषणा गरिएको थियो । दरबार हत्याकाण्डको १४ वर्ष बितिसक्दा पनि सो घटना अझै रहस्यमै छ । रारा तालमै हराइन् दरबार हत्याकाण्डकी साक्षी प्रेक्षा दरबार हत्याकाण्डकी एक साक्षी तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहकी पत्नी प्रेक्षा २३ कात्तिक ०५८ मा रारातालमा हेलिकोप्टर दुर्घटनामा परेर बेपत्ता भइन् । उनी दुर्घटनामा पर्दा दरबार हत्याकाण्ड भएको करिब साढे पाँच महिना मात्रै बितेको थियो । दुर्घटना हुँदा हेलिकोप्टरमा ६ जना सवार रहेका र तीमध्ये तीन अझै हराइरहेका सरकारी अध्ययन–प्रतिवेदनमा उल्लेख छ । तर, को–को हराइरहेका छन् वा क–कसको मृत्यु भयो, केही खुलाइएको छैन । त्यस्तै, सरकारकै अर्को निकाय नेपाल उड्डयन प्राधिकरणको अभिलेखमा ‘रारा हेलिकोप्टर दुर्घटनामा चारजनाको मृत्यु’ भएको उल्लेख छ । तर, त्यसमा पनि क–कसको मृत्यु भयो भन्ने केही खुलाइएको छैन । दुर्घटनाबारे दुई छुट्टाछुट्टै विवरणले पनि घटनालाई रहस्यमयी र शंकास्पद बनाएको छ। विज्ञप्तिमा के भनेका थिए पूर्वराजा ज्ञानेन्द्रले ? आज हामी जुन माटोमा जन्मिएर कर्मक्षेत्रमा क्रियाशील छौँ, त्यो श्रद्धा र आस्थाका धरोहर पुर्खाहरूको बलिदान, अदम्य साहस र रगतपसिनाबाट आर्जित पवित्र भूमि हो । हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पुर्खाहरूले सुम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समुन्नत र सुदृढ बनाउनु हाम्रो मूल दायित्व एवं कर्तव्य हो । तर, वर्तमान अवस्थामा मूल्यमान्यतामा आधारित राजनीति नहुनु, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनु र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको छ । दिनानुदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको छ । नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीय मात्र नभई, असैह्य पनि बनिरहेको छ । निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरू किमार्थ बलिया हुन सक्दैनन् । इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पूरा गर्न गरिएको कार्यहरू कदापि प्रशंसित हुन सक्दैनन् । माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाइ दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन । नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासी नै हुन् । त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म, संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मूल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णुता, सहअस्थित्व र पद्धतिसँग जोडिएको यावत विषय नै लौकिक सत्ता हो । दुर्भाग्यवश आजको सन्दर्भमा बाह्य शक्तिको अनुचित प्रभावमा अस्थाथी सत्ताहरू हाबी गराएको छ भने स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धुमिल पारिएको छ । अझै पनि जनताका आस्थाहरू ढलेका छैनन् । नेपाली मनमस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न मुखर र प्रखर रूपले जाग्नै परेको छ र लाग्नै परेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौँ । समय भड्किसकेपछि पश्चात्तापले कुनै अर्थ राख्दैन । मन्त्रिपरिषद् बैठकमा कसले के भने ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड : एमालेले संसद्मा जारी राखेको गतिरोध र विभिन्न बहानामा देशमा घटाइएका नकारात्मक घटनाबारे सरकारले गम्भीर छलफल गरी उपयुक्त निकास निकाल्नुपर्ने आवश्यकता छ । पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्तिबारे पनि गम्भीरतापूर्वक छलफल गर्न जरुरी छ । यो गणतन्त्र र संघीयताविरुद्धको षड्यन्त्रकै उपज भएकाले सबै मिलेर यस्ता षड्यन्त्र चिर्नुपर्छ । गृहमन्त्री विमलेन्द्र निधि : पूर्वराजाले आफ्नो सीमाभन्दा बाहिर गएर वक्तव्य जारी गरिरहेका छन् । उनी आफ्नो सीमाभित्र बस्नुपर्छ । पूर्वराजाले राजनीतिक वक्तव्य जारी गर्ने होइन । यस्तै हो भने दरबार हत्याकाण्डको फाइल खोजेर नयाँ किसिमले छानबिन अगाडि बढाउनुपर्छ । उद्योगमन्त्री नवीन्द्रराज जोशी : पूर्वराजाको विज्ञप्ति गलत मनसायले आएको छ । तर, हामी यस्ता झिना–मसिना कुरामा अल्झनुभन्दा संविधान कार्यान्वयनमा अगाडि बढ्नुपर्छ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर : पूर्वराजाको वक्तव्यबारेमा सबै पक्ष गम्भीर बन्नैपर्छ । मुलुकमा गणतन्त्र र संघीयतालाई असफल पार्न विभिन्न खाले षड्यन्त्र देखिएकाले त्यसको सशक्त प्रतिरोध गर्न जरुरी छ । जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी : पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति आउनु गलत हो, त्यसको प्रतिरोध गर्नैपर्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy