Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

तहल्का मच्चाउने गरी मात्र पर्दामा आउँछु

\"\"अभिनयसँगै विगत दुई दशकदेखि भुवन केसी फिल्म निर्माणमा पनि सक्रिय छन् । उनका ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’, ‘कन्यादान’, ‘तृष्णा’, ‘चिनो’, ‘सपना’, ‘करोडपति’, ‘नेपालीबाबु’, ‘म तिमीविना मरिहाल्छु’लगायतका थुप्रै फिल्म हिट छन् । सर्वाधिक हिट फिल्म दिने अभिनेताका रूपमा पनि लिइन्छ उनलाई । तर, पछिल्लो समय उनी पर्दामा देखिएका छैनन् । ‘ड्रिम्स’ फिल्मबाट निर्देशकका रूपमा डेब्यु गरेका भुवन अचेल ‘कृ’ फिल्मको तयारीमा छन् । सुरेन्द्र पौडेलको निर्देशनमा भुवनले सुवास गिरीका साथ निर्माण गर्न लागेको ‘कृृ’को सुटिङ फागुनबाट गरिनेछ । भुवनपुत्र अनमोल ‘कृ’मा शीर्ष भूमिका छन् । ड्रिम्समा झैँ ‘कृ’मा पनि भुवनले अभिनय गर्ने छैनन् । अभिनयमा किन पछि हटिरहेका छन् त भुवन ? उनका शुभचिन्तकले सोध्ने गरेका छन् । ‘मैले अभिनय छाडेको होइन,’ भुवन भन्छन्, ‘म कलाकार हुँ । त्यसैले जिन्दगीभर अभिनय छाड्न सक्दिन“ । तर, केही समय पर्दाबाहिरै रहन चाहेको छु । आफूलाई फिट हुने, मन पर्ने भूमिका भयो भने मात्रै फिल्म खेल्छु ।’ ड्रिम्समा आफूलाई मिल्ने भूमिका नभएर अभिनय नगरेको बताउने भुवन ‘कृ’मा पनि देखिने छैनन् । ‘खेल्नका लागि खेल्ने होइन कि, पहिला झैँ तहल्का मच्चाउने गरी मात्रै पर्दामा आउँछु,’ उनी भन्छन्, ‘म दर्शकलाई निरास पार्न चाहन्नँ । त्यसैले पैसाका लागि मात्र, जुन पायो त्यही रोलमा, संख्या बढाउन या अन्य कुनै स्वार्थमा म दर्शकलाई धोका दिन चाहन्नँ ।’ दर्शकले दिएको माया र सम्मानलाई सधैँ कायम राख्न चाहने भएकाले अफर आएका कतिपय फिल्म स्वीकार नगरेको उनको दाबी छ । सानो उमेरमै छोरा अनमोलले ‘स्टारडम क्रिएट’ गरेकोमा भुवन निकै खुसी छन् । ‘अनमोल जम्मा २० वर्षको भयो । उसले आफ्नो बेग्लै पहिचान बनाएको छ । यसमा मलाई निकै खुसी लाग्छ ।’ उनी भन्छन्, ‘अनमोल सबै कुरा चित्त नबुझेसम्म फिल्म साइन गर्दैन । उसले स्टारडम बुझेको छ ।’ कतिपयले बाबु भुवनले छोराको काममा हस्तक्षेप गर्छन् भन्ने आरोप पनि लगाउने गरेका छन् । तर, भुवन यी आरोप निराधार भएको बताउँछन् । ‘अनमोल मेरो छोरो भए पनि मेरो साथीजस्तै छ । मैले उसलाई पाँच वर्षको उमेरदेखि नै उसलाई ठीक लागेको गर्न दिएको छु । म उसको कुनै कुरामा पनि हस्तक्षेप गर्दिनँ,’ उनी भन्छन्, ‘सबै कुरा चित्त बुझ्यो भने मात्रै फिल्म साइन गर्छ । चित्त बुझेन भने ५० लाख दिए पनि मान्दैन । ऊ पैसाका लागि काम गर्दैन । उसलाई पैसा कमाएर थुपार्नुपर्ने आवश्यकता पनि छैन ।’ बाबु हुनुको नाताले सुझाब सल्लाह दिने गरेको भए पनि अन्तिम निर्णय भने अनमोलकै हुने गरेको भुवन बताउँछन् । ‘मैले बुझे जानेसम्मको सल्लाह, जानकारी उसलाई दिने गर्छु । तर, मैले तैँले यो गर्नैपर्छ, यो गर्नै हुँदैन भनेर कहिल्यै हस्तक्षेप गर्ने गरेको छैन । उसलाई जे ठीक लाग्छ, उसको निर्णय नै अन्तिम हुन्छ ।’ अनमोल अभिनीत सबै फिल्म, ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ हिट भए । जसकारण उनलाई एक मात्र सुपरस्टारका रूपमा हेरिने गरिएको छ । अनमोललाई फिल्ममा लिन चाहने निर्माता, निर्देशक थुप्रै छन् । तर, अनमोल हत्तपत्त फिल्म साइन गर्दैनन् । यसमा पनि आफ्नो कुनै भूमिका नहुने दाबी भुवनको छ । ‘साथीभाइले अनमोललाई भन्दिनुप¥यो भन्छन् । मैले त भन्छु नि ! तर, उसको चित्त बुझ्नुपर्छ । कथा, निर्देशक, ब्यानर सबै हेर्छ । उसलाई मन प¥यो भने पैसाको पनि महत्व राख्दैन।’ उनी भन्छन् । ‘कृ’पछि भुवन आफ्नो निर्देशनमा दोस्रो फिल्म निर्माण गर्ने योजनामा छन् । सो फिल्ममा अनमोल नै प्रमुख भूमिकामा हुनेछन् । तर, सो फिल्ममा पनि आफूले अभिनय नगर्ने मनसाय भुवनको छ । ‘म केहीपछि पर्दामा आउँछु । यसरी आउँछु कि, फेरि एकचोटि तहल्का मच्चिनेछ,’ भुवन भन्छन्, ‘त्यो खालको स्क्रिप्टको खोजीमा छु ।’ नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy