Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

अब प्रचण्ड, बाबुराम र विप्लव एकैठाउंमा आउनुपर्छः अखिल (क्रान्तिकारी)

\"\"विराटनगर , ८ मंसिर । देशब्यापी जागरण अभियानमा चलाईरहको अखिल(क्रान्तिकारी) का नेताहरूले अब प्रचण्ड ,वावुराम र विप्लव एकैठाउं हुनुपर्ने बताएका छन् । शुक्रबार विराटनगरको स्नातकोत्तर क्याम्पस (डिग्री क्याम्पस ) मा आयोजित कार्यक्रममा आफ्नो धारण राख्दै उनीहरुलेत्यसो नगरिए जनआन्दोलन र जनयुद्धका उपलब्धि गुम्ने खतरा रहेको जिकिर गरेका छन्। कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी ) का उपाध्यक्ष रञ्जित तामाङले भने ( ‘सहिदका सपना पुरा गर्न अब बाबुराम र विप्लव पनि माओवादी एकतामा सामेल हुनुपर्छ । ’ उनले ढिलो चांडो वावुराम र विप्लवसंग पनि एकता भएरै छाड्ने दावी गरे । कार्यक्रममा बोल्दै क्रान्तिकारीका प्रवक्ता समेत रहेका उपाध्यक्ष सुरेन्द्र बस्नेतले अर्को विकल्प नभएको बताउँदै भने–माओवादी खण्डित हुंदा जनताका सपना पनि खण्डित भएकाले अब जुट्नुको विकल्प छैन।’ डेढ महिने जागरण अभियानले अखिल९क्रान्तिकारी०लाई नयाँ ठाउँमा पुर्याएको चर्चा गर्दै अर्का उपाध्यक्ष गंगाराम तिम्सिनाले अबको स्ववियु निर्वाचनमा पहिलो हुने दावी गरे । उनले भने – ‘दशवटा घटक सहित एकतावद्ध भएको क्रान्तिकारी अब हुने स्ववियुमा पहिलो संगठन हुनेछ।’ जागरण कार्यक्रममा प्रदेस नं।१ का इन्चार्ज समेत रहेको उपाध्यक्ष चिरिञ्जिवी लामिछाने, माओवादी केन्द्रका पिविएम गणेश उप्रेती,सचिव सुनिता किराँती,प्रदेस संयोजक तिलक बस्नेतले शुभकामना मन्तब्य राखेको जिल्ला इन्चार्ज सुमन कालिकोटेले जनाए। उक्त भेलाले टेकेन्द्र अधिकारीको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending