Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

महानगरपालिका र चीनको चेङ्दु नगरबीच भगिनी सम्बन्ध

काठमाडौँ, ८ पुस । काठमाडौँ महानगरपालिका र जनगणतन्त्र चीनको चेङ्दु नगरबीच आज भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको औपचारिक समारोहमा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र चेङ्दु नगरको तर्फबाट पार्टी कमिटी सचिव ताङ लियाङ्चीले ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । समानता र आपसीहितका आधारमा संयुक्त प्रयास गर्न सहमत भएका दुई नगरपालिकाले व्यापार, संस्कृति, पर्यटन, शिक्षा, कृषि, स्वास्थ्य, सहरी योजना व्यवस्थापनका विषयमा केन्द्रित हुने बताइएको छ । सम्झौताअनुसार दुई नगरले महत्वपूर्ण गतिविधिको जानकारी आदानप्रदान गर्ने संयन्त्रको स्थापना गर्नुका साथै एकअर्काद्वारा गरिने अन्तर्राष्ट्रिय आदानप्रदान गतिविधिमा सक्रिय सहभागिता जनाउने सम्झौतापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी आपसी प्रशासनबीच सञ्चार प्रोत्साहन र सहजीकरण गर्ने, उच्चस्तरीय आपसी भ्रमण गर्ने, आर्थिक र व्यापारिक सहयोग अभिवृद्धि गर्ने, नगरस्तरीय उद्योग तथा वाणिज्य सङ्घ र व्यवसायलाई सहयोग सम्पर्कका लागि मद्दत गर्ने उल्लेख गरिएको छ । कृषि, स्वास्थ्य र हेरचाहका क्षेत्रमा प्रविधि हस्तान्तरण, अनुसन्धान र विकास सहयोगलाई बढावा दिने नगरले सहरी योजना र सङ्कट व्यवस्थापनका लागि अनुभव तथा अभ्यास आदानप्रदान गरिने जनाइएको छ । कार्यकारी प्रमुख तामाङले सम्झौताले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा ठूलो सहयोग पु¥याउने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending