Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रधानमन्त्री प्रचण्डले कारणसहित भने, ' यो अनौठो सरकार नै हो'

\"\" गोरखा, ८ पुस ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दैमा निर्वाचन नरोकिने बताएका छन् । शुक्रबार गोरखा उद्योग वाणिज्य संघले गोरखा बजारमा आयोजना गरेको नवौं गोरखा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले संसद अवरोधले निर्वाचन नरोकिने बताएका हुन् । महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर, आरोपित गरेर राष्ट्रिय एकता बलियो हुँदैन । हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्न, राष्ट्रिय एकता सुदृढ गर्न र मुलूकमा निर्वाचनको वातावरण निर्माण गर्न सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । निर्वाचन सम्बन्धि विद्येयक संसदमा पेश भएका छन् । यस्तो बेला प्रतिपक्षी दलले संसद अवरुद्ध गरिरहेको छ । तर, संसद अवरुद्ध गर्दैमा निर्वाचन रोक्न सकिँदैन । सरकार निर्वाचन गर्न प्रतिवद्ध छ ।’ कार्यक्रममा माअोवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘अघि एक जना वक्ताले मेरो नेतृत्वको सरकारलाई अनौठो सरकार भन्नुभयो । यो अनौठो सरकार नै हो । लोडसेडिङ घटाउने, हिमाल, पहाड र तराईलाई जोड्ने, देशमा निर्वाचनको वातावरण बनाएर संविधान कार्यान्वयन गर्ने, पूनर्निर्माणलाई तिब्रता दिने अनोठौ सरकार हो । देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको नेतृत्व गर्ने अनौठो सरकार हो । देश र जनताको पक्षमा काम गर्दा कसैलाई अनौठो लाग्छ भने त्यसमा म खुसी नै हुन्छु ।’ समसामयिक राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले संविधान संशोधनबाट मात्रै निर्वाचन सम्भव भएको बताए । ‘संविधान संशोधन प्रस्तावको आविष्कारक एमाले हो । अझ पाँच नम्वर प्रदेशको संशोधनसम्बन्धि प्रस्ताव एमालेको खाका हो । माओवादी त दश प्रदेश नै चाहन्थ्यो । तर, सबैलाई मान्य हुन्छ भने हिजो एमाले र कांग्रेसले अघि सारेको प्रस्तावमा सहमति जुटाएर निर्वाचनमा जाउँ भन्ने सरकारको धारणा हो । प्रतिपक्षीका साथीहरु संसदीय मान्यतामा विश्वास राख्नु हुन्छ भने संसदीय प्रक्रियाबाटै विरोध गर्नुहोस् । तर, महाअभियोग प्रस्ताव र निर्वाचन रोकेर देशलाई अनिर्णयको बन्दी नबनाउनोस् ।’  उनले भने । आर्थिक समृद्धि र विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरिएको छ । मैले राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर अनुगमन गरिरहेको छु । मेरो अनुगमनपछि विकास, निर्माणका कामले तिब्रता पाएका छन् । सरकार पूनर्निर्माणका लागि थप कठोर कदम चाल्ने तयारीमा छ । सरकारले विकास र आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending