संसारका बिभिन्न देशमा भएको अनुसन्धानले भन्छ, संगीतले शरीरमा केही महत्वपूर्ण रसायनको मात्रालाई बढाउने गर्छ जसले गर्दा दुखाइ, डिप्रेसन, तनाव कम हुने गर्छ । संगीतले शरीरको रक्त नलीहरुलाई संकोच हुन दिँदैन, जसले गर्दा रक्तचाप घटाउन सहयोग गर्छ । संगीतले मुटु, मस्तिष्क, रक्तनली सबैमा सकारात्मक भूमिका खेलेको हुन्छ । संगीतले मानिसको रोगसँंग लड्ने प्रतिरोधात्मक शक्तिको बिकाश गर्छ ।६० हजार बर्ष भन्दा पुरानो इतिहास बोकेको यो संगीतको यात्राले मानिसको शरीर र स्वस्थ्यमा साँच्चै नै सकारात्मक भूमिका खेलेको छ । संगीत र स्वस्थ्य को सम्बन्धको बारेमा आज बिभिन्न अध्ययन र अनुसन्धानले निष्कर्ष निकालेको छ । डिप्रेसन, क्यान्सर, अल्जहाइमर्स, पार्किन्सन्स् जस्ता धेरै रोगमा “म्यूजिक थेरेपी“ को प्रयोग सुरु भएको छ । दैनिक तनाव घटाउँन र बिभिन्न किसिमको शरीरमा भएको दुखाइ कम गर्न “म्यूजिक थेरेपी” को प्रयोग गरिन्छ । संगीत शरीरको लागि मात्रै हैन, आत्माको लागि पनि बरदान हो । संगीतले मानव शरीरको कोशिकासम्म प्रभाव पर्ने गर्छ । संसारका बिभिन्न देशमा भएको अनुसन्धानले भन्छ, संगीतले शरीरमा केही महत्वपूर्ण रसायनको मात्रालाई बढाउने गर्छ जसले गर्दा दुखाइ, डिप्रेसन, तनाव कम हुने गर्छ । संगीतले शरीरको रक्त नलीहरुलाई संकोच हुन दिँदैन, जसले गर्दा रक्तचाप घटाउन सहयोग गर्छ । संगीतले मुटु, मस्तिष्क, रक्तनली सबैमा सकारात्मक भूमिका खेलेको हुन्छ । संगीतले मानिसको रोगसँंग लड्ने प्रतिरोधात्मक शक्तिको बिकाश गर्छ ।
डिप्रेसन, क्यान्सर, अल्जहाइमर्स, पार्किन्सन्स् जस्ता धेरै रोगमा “म्यूजिक थेरेपी“ को प्रयोग सुरु भएको छ । दैनिक तनाव घटाउँन र बिभिन्न किसिमको शरीरमा भएको दुखाइ कम गर्न “म्यूजिक थेरेपी” को प्रयोग गरिन्छ ।एउटा नवजात शिशुको जन्म हुँदा त्यो शिशुले केहि दिनसम्म अस्पतालभित्र बिभिन्न उपकरणको आवाज सुन्ने गर्छ , तर यदि त्यो शिशुलाई केही प्रभावकारी संगीत सुनाउने हो भने त्यो शिशुको बिकासमा अझै सकारात्मक प्रभाव पर्ने कुरा केही अनुसन्धानले देखाउँछ । नवजात शिशु मात्रै न भएर बिभिन्न चरा चुरुङ्गी र जनावरहरुले संगीतको स्पर्श गर्छन् । डाक्टरको परामर्श अनुसारको औषधिसँगै “म्यूजिक थेरेपी” को प्रयोग गर्नाले अवश्य पनि फाइदा हुन्छ । @drbiveksingh
प्रतिकृया लेख्नुहोस्: