Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्राधिकरणको बर्ष दिनः कछुवा गतिमा पुनर्निर्माण

काठमाण्डौं, १० पुस । ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त पूनसंरचना निर्माणको लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एक बर्ष पुगेको छ । एक बर्ष पुरा हुँदासमेत पूनर्निर्माणले गति लिन सकेको छैन् । भूकम्पबाट प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ३६ घरधुरी रहेका छन् । बर्ष दिन बितिसक्दा पनि हालसम्म भूकम्पले प्रभावित १४ जिल्लामा ४१ हजार ३ सय ११ घर निर्माण गरिसकेका छन् । त्यस्तै १७ हजार १ सय घर निर्माण भईरहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणले गति लिन नसक्नुमा राजनीतिक संक्रमणका कारण देखाउँछन् । राजनीतिक दोष देखाउँदै ज्ञवली पन्छिन खाजेका छन् । आइतवार भूकम्पले क्षति र्पुयाएका संरचनाको पुनर्निर्माण र पीडितहरुको पुनर्वास गराउने जिम्मेवारीसहित प्राधिकरण गठन भएको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा ज्ञवालीले राजनीतिक संक्रमणले अपेक्षाअनुसार पुनर्निर्माणको काम गर्न नसकिएको बताएका छन् । प्राधिकरणका अनुसार भूकम्पपछि जोखिममा रहेका थुप्रै बस्तीहरु रहेका छन् । त्यसमध्ये अति जोखिममा ३ सय ५८ बस्ती रहेका छन् । ति बस्ती सार्नका लागि १४ वटा टोली बनाएर खटाएको अधिकृत ज्ञवलीले बताए । कतिपय जिल्लामा अनुदान सम्झौता सकिएको छ भने कतिपय जिल्लामा अन्तिम अबस्थामा पुगेको छ । अहिले उपत्यकामा भूकम्प पीडितहरुसँग अनुदान सम्झौता र पहिलो किस्ताको रकम वितरणको काम धमाधम भईरहेको छ । यहाँ जग्गाको समस्या भएकाले काममा ढिला भएको ज्ञवाली स्वीर्काछन् । त्यस्तै भूकम्पले अति प्रभावित कतिपय जिल्लाका कतिपय पीडितहरुले पहिलो किस्ता बापतको रकम अझैं पनि पाउन सकेका छैनन् । प्रथम हुने आशा प्रभावित जिल्लाका प्राधिकरण प्रतिनिधिले सबै पीडितले पहिलो किस्ता पाएको रिपोर्ट प्राधिकरणको केन्द्रिय कार्यालयमा पठाइसकेका छन् । पीडितलाई यस्ता छन् खुशीका खबर दोस्रो किस्ताको डेढ लाख रुपैयाँ पीडितलाई वितरण गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठकमा प्रस्ताव पठाइएको प्राधिकरणले जनाएको छ । त्यस्तै भूकम्पले केहि क्षति भएको घर मर्मत गरेपनि भत्काएर अर्को नया बनाउँछु भनेपनि पीडितहरुले पाउने भएका छन् । पीडितले तीन लाख रुपैयाँ लिने गरी सरकारसँग सम्झौता गरिसकेको छ भनेपनि रेट्रोफिटिङ गर्छु भन्यो भने एक लाख रुपैया पाउनेछन् । उनीहरुले उक्त एक लाख रुपैयाँ पहिलो किस्तामा ५० हजार र दोस्रो किस्तामा ५० हजार गरी दुई किस्तामा पाउने प्राधिकरणको भनाई छ । यदि पीडितहरुले मर्मतको लागि सम्झौता गरेको भएपनि भत्काएर नयाँ बनाउँन पाउने भएका छन् । नयाँ बनाउँदा पीडितले अन्य पीडित सरह सुविधा पाउनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending