Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्राधिकरणको बर्ष दिनः कछुवा गतिमा पुनर्निर्माण

काठमाण्डौं, १० पुस । ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त पूनसंरचना निर्माणको लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एक बर्ष पुगेको छ । एक बर्ष पुरा हुँदासमेत पूनर्निर्माणले गति लिन सकेको छैन् । भूकम्पबाट प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ३६ घरधुरी रहेका छन् । बर्ष दिन बितिसक्दा पनि हालसम्म भूकम्पले प्रभावित १४ जिल्लामा ४१ हजार ३ सय ११ घर निर्माण गरिसकेका छन् । त्यस्तै १७ हजार १ सय घर निर्माण भईरहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणले गति लिन नसक्नुमा राजनीतिक संक्रमणका कारण देखाउँछन् । राजनीतिक दोष देखाउँदै ज्ञवली पन्छिन खाजेका छन् । आइतवार भूकम्पले क्षति र्पुयाएका संरचनाको पुनर्निर्माण र पीडितहरुको पुनर्वास गराउने जिम्मेवारीसहित प्राधिकरण गठन भएको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा ज्ञवालीले राजनीतिक संक्रमणले अपेक्षाअनुसार पुनर्निर्माणको काम गर्न नसकिएको बताएका छन् । प्राधिकरणका अनुसार भूकम्पपछि जोखिममा रहेका थुप्रै बस्तीहरु रहेका छन् । त्यसमध्ये अति जोखिममा ३ सय ५८ बस्ती रहेका छन् । ति बस्ती सार्नका लागि १४ वटा टोली बनाएर खटाएको अधिकृत ज्ञवलीले बताए । कतिपय जिल्लामा अनुदान सम्झौता सकिएको छ भने कतिपय जिल्लामा अन्तिम अबस्थामा पुगेको छ । अहिले उपत्यकामा भूकम्प पीडितहरुसँग अनुदान सम्झौता र पहिलो किस्ताको रकम वितरणको काम धमाधम भईरहेको छ । यहाँ जग्गाको समस्या भएकाले काममा ढिला भएको ज्ञवाली स्वीर्काछन् । त्यस्तै भूकम्पले अति प्रभावित कतिपय जिल्लाका कतिपय पीडितहरुले पहिलो किस्ता बापतको रकम अझैं पनि पाउन सकेका छैनन् । प्रथम हुने आशा प्रभावित जिल्लाका प्राधिकरण प्रतिनिधिले सबै पीडितले पहिलो किस्ता पाएको रिपोर्ट प्राधिकरणको केन्द्रिय कार्यालयमा पठाइसकेका छन् । पीडितलाई यस्ता छन् खुशीका खबर दोस्रो किस्ताको डेढ लाख रुपैयाँ पीडितलाई वितरण गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठकमा प्रस्ताव पठाइएको प्राधिकरणले जनाएको छ । त्यस्तै भूकम्पले केहि क्षति भएको घर मर्मत गरेपनि भत्काएर अर्को नया बनाउँछु भनेपनि पीडितहरुले पाउने भएका छन् । पीडितले तीन लाख रुपैयाँ लिने गरी सरकारसँग सम्झौता गरिसकेको छ भनेपनि रेट्रोफिटिङ गर्छु भन्यो भने एक लाख रुपैया पाउनेछन् । उनीहरुले उक्त एक लाख रुपैयाँ पहिलो किस्तामा ५० हजार र दोस्रो किस्तामा ५० हजार गरी दुई किस्तामा पाउने प्राधिकरणको भनाई छ । यदि पीडितहरुले मर्मतको लागि सम्झौता गरेको भएपनि भत्काएर नयाँ बनाउँन पाउने भएका छन् । नयाँ बनाउँदा पीडितले अन्य पीडित सरह सुविधा पाउनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending