Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

निमुखा वर्गको न्यायका लागि सम्मेलन कोशेढुङ्गा सावित : उपराष्ट्रपति पुन

\"\"

काठमाडौँ, १० पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले समाजका निमुखा वर्गलाई न्याय दिलाउन सरकारी वकिलको भूमिका कोशेढुङगा सावित भएकोे बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको सरकारी वकिलको तीनदिने सम्मेलनको समापनका अवसरमा उनले गरिब, पछाडि परेका, निमुखा र तल्लो वर्गको न्यायका लागि सरकारी वकिलको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । नयाँ संविधानको भावनाअनुरुप कार्यान्वयनतर्फ ध्यान दिन सरकारी वकिलले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिँदै उनले सरकारी वकिलले राज्यको पक्षमा उभिने भएकाले दक्ष र व्यावसायिक हुनुपर्ने धारणा राखे । उपराष्ट्रपति पुनले तीनै तहको निर्वाचन, द्वन्द्वकालीन मुद्दाको व्यवस्थापन र राज्यको उपस्थिति मजबुद बनाउन सरकारी वकिल सक्षम हुनुपर्नेमा जोड दिए । राष्ट्रिय भावना र कार्यभार पूरा गर्न, समयमा न्याय दिन, फौज्दारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको सम्मेलनले महत्वपूर्ण निस्कर्ष निकाल्ने विश्वास उनको थियो ।

तीसबुँदे घोषणापत्र जारी नेपालका सरकारी वकिलको तीनदिने पहिलो राष्ट्रिय सम्मेलन ३० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा सरकारी वकिलहरुको व्यवसायिकता, विकास र विशिष्टीकरण, महान्याधिवक्ताको कार्यालयको संस्थागत विकासमा योगदान, व्यावसायिक रुपमा क्रियाशील हुनका लागि व्यावसायिक भत्ता र अन्य कर्मचारीका लागि कार्य सम्पादनममा जोड दिने उल्लेख छ । त्यसैगरी निरन्तर सिकाइका रुपमा क्रियाशील रहनुपर्ने र सरकारी वकिलको क्षमता तथा दक्षता वृद्धि हुने कुरालाई ध्यान दिनेजस्ता बुँदा समावेश गरिएको छ । अन्य मुलुकहरुमा प्रचलित अभ्यासलाई दृष्टिगत गरी सबै अदालतका इजलासमा बहस गर्ने सूचीमा सरकारी वकिलका लागि अलग्गै गर्न अनुरोध गर्ने बताइएको छ । अपराधको रोकथाम र नियन्त्रण तथा फौज्दारी कानुनको प्रभावकारी कार्यान्वयनका लागि अपराधका कारण, प्रकार संलग्नता शैली र तरिका, अपराधको प्रवृत्ति तथा अपराधले समाजमा पारेको प्रभावबारे अध्ययन अनुसन्धान गर्ने उल्लेख गरिएको छ । प्रत्येक सरकारी वकिलको कार्यालयमा रहनुपर्ने न्यूनतम् दरबन्दी अतिरिक्त २०० मुद्दाका लागि कम्तीमा एक जना सरकारी वकिलको अनुपातमा सरकारी वकिलको दरबन्दी कायम गरी अन्य कर्मचारीको व्यवस्था संरचना पुनरावलोकन गरिनेलगायत रहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending