Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नेपाल-भारत सांसदको एउटै स्वर, 'कसैले कसैमाथि हस्तक्षेप गर्न मिल्दैन'

\"\" पर्सा, १० पुस । नेपाल र भारत दुवै सार्वभौम मुलुक भएकाले कसैले कसैमाथि हस्तक्षेप गर्न नमिल्ने दुवै देशका सांसदले बताएका छन् । मिडिया फोर बोर्डर हारमोनी भारतले आज पर्साको सीमावर्ती भारतीय सहर सिक्टामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले एउटै स्वरमा भने,  “नेपाल र भारतबीच शताब्दीऔं देखिको मैत्रीपूर्ण सम्बन्ध भएका कारण एकले अर्कालाई सल्लाह सुझाव दिन सकिन्छ तर मुलुकको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न मिल्दैन् ।” सो अबसरमा भारतीय राष्ट्रिय जनता दलका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वकेन्द्रीयमन्त्री डा. रघुवंशप्रसाद सिंहले नेपालको संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि सबै नेपालीको अधिकारलाई संविधानमा समावेश गर्न जरुरी रहेको बताए । सर्वस्वीकार्य संविधान बनेपछि मात्र नेपालमा स्थायित्व, विकास र समृद्धि आउने बताउँदै उनले भने, “ असल छिमेकी मित्र राष्ट्रको हैसियतले भारत सधैँ नेपालको आर्थिक विकास र समृद्धि चाहेको छ ।” सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दीले नेपालमा मधेसी जनता उपेक्षित रहेको उल्लेख गर्दै अधिकार प्राप्तिको आन्दोलनमा सहयोग गर्न सबैसंग आग्रह गरे । भारत विहार बालमीकि नगर क्षेत्रका सांसद सतिस दुवे र वेतिया क्षेत्रका सांसद सञ्जय जैसवाल, भारतीय पूर्वसांसद रेणु देवी र सञ्जय पासवान तथा तमलोपाका महासचिव जितेन्द्र सोनललगायतले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई अगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउनु पर्ने धारणा व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending