Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

राष्ट्रपति भण्डारीलाई दियो शान्ति समाजले दश उपदेश

\"\"काठमाडौं, ११ पुस । लोकतन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गरेको मानवअधिकार तथा शान्ति समाजले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दश उपदेश दिएको छ । समाजका तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँदै समाजले राष्ट्रपतिले गर्न हुने र नहुने दश कामबारे उपदेश दिइएको छ । शान्ति समाजका सभापति गंगाधर अधिकारीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रको बोधार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सबै राजनीतिक दलका प्रमुखहरुलाईसमेत दिइएको छ । राष्ट्रपतिले पदीय मर्यादाविपरित काम गरेको तर्फ संकेत गर्दै उपदेश दिए पनि मर्यादा विपरित काम गरेको बारेमा भने शान्ति समाजले केही खुलाएको छैन । यस्तो छ राष्ट्रपतिलार्इ दिएको दश उपदेश १. नेपाली जनताले गरेको अभुतपुर्व अहिंसात्मक जन आन्दोलनको वलमा स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको अत्यन्तै सम्मानित र सर्वोच्च राष्ट्रपति पदको मर्यादा र गरिमा सदासर्वदा उचो रहनुपर्दछ । २. राष्ट्रपतिज्यूको भुमिका सदैव संविधानले निर्दिष्ट गरेको सीमाभित्रै रहनु पर्दछ । ३. आलंकारीक राष्ट्रपतिको रुपमा संविधानद्धारा निर्दिष्ट राष्ट्रपतिको भुमिका र राष्ट्रपति कार्यालयकोे कार्यशैली कहिल्यै पनि विवादास्पद बन्नु हुदैँन । ४. राष्ट्रपतिलाई संम्बोधन गरि ध्यानाकर्षण गराइने विभिन्न विषयहरु सरकारका सम्बन्धीत मन्त्रालयहरुलाई नै सम्प्रेषण गरी सरकारमार्फत नै संवोधन गर्ने गराउने परिपाटी अवलम्बन गर्नु पर्दछ । ५. राष्ट्रपतिको भ्रमणका क्रममा सरकारका तर्फबाट एकजना मन्त्रीको उपस्थीति सदैव सुनिश्चित हुनुपर्दछ । ६. कार्यपालिका लगायत विभिन्न निकायको क्षेत्राधिकार भित्र दखल÷दबाब दिने कार्यमा सम्मानीत राष्ट्रपतिको कार्यालय संलग्न हुनु हुँदैन । ७. विभिन्न समयमा उत्पन्न हुने राजनीतिक जटिलताको अवस्थामा सम्मानीत राष्ट्रपति पद विवादमा मुछिनु हुदैँन । राष्ट्रपति पदको तटस्थता र निष्पक्षता सदैव कायम रहनु पर्दछ । ८. कुनै पनि राजनीतिक दल÷निकाय÷समुहले सम्मानीत राष्ट्रपतिको पद र भुमिकालाई आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्ने र विवादमा तान्ने काम गर्नु हुदैँन भने सम्माननीय राष्ट्रपतिज्यूले पनि दल÷निकाय÷समुह विशेषको प्रभावमा परेर विवादास्पद कार्य गर्नु हुँदैन । ९. मानव अधिकार उल्लंघनकर्ता र २०६२/६३ को जन आन्दोलन दमन गर्ने दोषी पात्रहरुलाई प्रोत्साहित गर्ने कार्यमा विगतमा जस्तो नेपालको राष्ट्रपति संस्था मुछिनु हुँदैन । १०. नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नेपाली जनता, राजनीतिक दलहरु र नागरिक आन्दोलनले गरेको महत्वपुर्ण योगदान इतिहासमा अंकित छ । राष्ट्रपति पदमा विराजमान कुनै पनि व्यक्तिले लोकतान्त्रिक गणतन्त्रको मुल्य र मान्यतालाई सदैव उचो राखी आफ्नो भुमिकालाई मर्यादित र सम्मानित बनाइराख्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending