Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

निरन्तर क्रान्ति, निरन्तर संघर्ष माओवादको सन्देश–प्रचण्ड

\"\"काठमाडौं, ११ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (क. प्रचण्ड) ले आजको सन्दर्भमा निरन्तर क्रान्ति र निरन्तर संघर्ष नै माओवादको मूख्य सन्देश भएको बताएका छन् । १२३ औं माओ जयन्तीका अवसरमा माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, –‘आजको युग पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । सर्वहारा वर्गको अन्तिम विजय नभएसम्म निरन्तर क्रान्ति र निरन्तर संघर्षको औचित्य कायमै रहन्छ । आजको सन्दर्भमा माओवादको सन्देश भनेको निरन्तर क्रान्ति र निरन्तर संघर्ष हो ।’ संघीयतालाई साम्प्रादायिकतामा बदल्ने कोशिस भइरहेको चर्चा गर्दै प्रचण्डले भने, – ‘एकथरी मान्छेहरु संघीयता उल्टाउन उद्दत छन् । कम्युनिष्टहरुले जनतामा लोकप्रियता हासिल गरेपछि बुर्जुवाहरु कम्युनिष्टका नारा अपहरण गरेर त्यसलाई भड्कावमा लैजाने षड्यन्त्र गर्दछन् । कम्युनिष्टहरुको नेतृत्वमा जातीय समस्याको उचित सम्बोधन हुन्छ, त्यसले राष्ट्रिय एकता मजभूत हुन्छ । तर, त्यही एजेण्डा बुर्जुवाहरुको हातमा पुग्यो भने त्यसले साम्प्रादायिकता निम्त्याउँछ र बिखण्डनको बिउ रोप्दछ । अहिले हामीकहाँ पनि जातीय समस्यालाई राष्ट्रिय एकतामा बदल्न छोडेर कुनै अमूक जाति वा समुदाय च्यापेर अरुलाई धकेल्ने प्रयास भइरहेको छ । यो बुर्जुवा सोंचकै परिणाम हो ।’ प्रचण्डले थपे –‘हामीले माक्र्सवाद, लेनिनवाद, माओवादको पथप्रदर्शकका आधारमा जनयुद्ध लड्यौं । जनयुद्धकै बलमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समावेशिताजस्ता महत्वपूर्ण उपलब्धि हासिल भए । अबको सन्दर्भमा माओवादको पक्षमा उभिनु भनेको संविधानमा संस्थागत भएका उपलब्धिहरुको कार्यान्वयन गर्नु हो ।’ कार्यक्रममा माओवादी केन्द्रका नेता हितमान शाक्यले २१ औं शताब्दीमा माओवादीको औचित्य अझै बढ्दै गएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending