Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

७ दलको बैठकमा नेम्वाङले राखेको एउटा प्रस्ताव, जसले दलहरुबीच सहमतिको संकेत गर्छ

काठमाडौँ, ११ पुस । सोमबार नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा बसेको सात दलको बैठकमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राखेको एउटा प्रस्तावले दलहरुबीच चाँडै सहमति हुने सम्भावना देखिएको छ । संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्ती मगरको पहलमा बसेको बैठकमा नेता नेम्वाङले ‘प्याकेजमा सहमति जुटाउन संयन्त्र गठनको प्रस्ताव’ अघि सारेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताउँदै निर्वाचनअघि असन्तुष्टिको माग स्म्बोधन गर्न संविधान संशोधन अनिवार्य भएको बताएका थिए । उनले संविधान संशोधन, निर्वाचन, अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावलाई प्याकेजमा टुंगोमा पुर्याउनुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डको भनाई सुनेलगत्तै नेता नेम्वाङले सधैँ दलहरु वादविवादमा उत्रिए समस्याको समाधान नहुने बताउँदै अब सहमतिको विकल्प खोज्नुपर्ने धारणा राखेका थिए । ‘दलहरुबीच अब सहमति हुनुपर्छ, सहमति गरेर अघि बढ्नुको विकल्प छैन, यद्यपी आजको मात्रै बैठकबाट निष्कर्ष निस्किँदैन, छलफल गरिरहनुपर्छ कुनै न कुनै बिन्दुमा पुगेर सहमति हुन्छ’ बैठकमा नेम्वाङले भने । प्रधानमन्त्री प्रचण्डले प्याकेजमा सहमति जुटाउनुपर्ने प्रस्ताव गरेपछि नेता नेम्वाङले प्याकेजमा सहमति जुटाउन संयन्त्र गठनको प्रस्ताव गरेका थिए । ‘दिनहुँ वादविवादमा उत्रिएर मात्रै हुँदैन, केही दलका नेता मिलेर छेउकुनामा बसेर छलफल गरौँ, सहमतिको विकल्प निस्किन्छ’ नेम्वाङको भनाई उदृत गर्दै कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भने । नेम्वाङले संसदमा जारी गतिरोध अन्त्य गर्न एमाले तयार रहेको बताउँदै त्यसअघि दलहरुबीचको औपचारिक अनौपचारिक छलफललाई जारी राखी सहमतिमा पुग्नुपर्ने धारणा राखेका थिए । नेम्वाङले राजनीतिक गतिरोध अन्त्य गर्न एमाले तयार रहेको प्रशस्त संकेत देखाएपछि दलहरुबीच संवादलाई जारी राख्ने सहमति समेत भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending