Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

संविधान आउँछ, कसैले छेक्न सक्दैन : कोइराला

सुर्खेत, प्रधानमन्त्री सुशील कोइरालाले संविधानलाई कसैले छेकेर छेक्न नसक्ने बताएका छन् ।

बिहीबार दिउँसो सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिका –८ मा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कोइरालाले भने,  ‘संविधानका बारेमा घरघरमा गाँउ–गाँउमा चिन्ता छ । संविधान जसरी पनि आउँछ । कसैले छेक्न सक्दैन ।’ उनले सबै राजनीतिक दलहरुमा देशको भविष्यको चिन्ता भएको आफूले पाएको बताएका छन् । ‘चिन्ता नभए के कसो हुने हो भन्ने हुन्थ्यो,’ प्रधानमन्त्रीले भने, ‘अब ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्ने काम कसैले रोक्न सक्दैन ।’

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाली जनताले लोकतान्त्रिक शासन पद्धतिको निम्ति झण्डै एक शताब्दी अगाडिबाट थालेका संघर्षले प्राप्त संघीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले यी उपलब्धिहरु लडाईं झगडा, आन्दोलन र विध्वंसबाट नभई आपसी संवाद, सहकार्य, मेलमिलाप, एकता र सहमतिबाट रक्षा गर्दै संस्थागत गर्न सकिने बताएका छन् । उनले अब बन्ने संविधानमा सबै आदिवासी, जनजाति, महिला, दलित, थारु, मुस्लिम, अल्पसंख्यक, सीमान्तकृतलगायत  सबै नेपालीलाई आफ्ना धर्र्म, संस्कृति, परम्परा, भेषभूषा, भाषाको संरक्षण सम्वर्धन गर्ने र पहिचान कायम राख्ने स्वतन्त्रता रहने पनि स्पष्ट पारे ।

उनले एनेकपा माओवादी नेतृत्वमा रहेको मोर्चालाई संकेत गर्दै भने, ‘लोकतन्त्रमा निर्वाचनमा हारजित स्वभाविक हुन्छ । जनमत परिवर्तन भइरहन्छ । यसबाट आत्तिनु हुँदैन ।” उनले हतियार व्यवस्थापन र लडाकू समायोजन जस्ता शान्ति प्रकृयाको जटिल विषयहरु समाधान भएको उल्लेख गर्दै प्रश्न गरे, ‘यो किन हुँदैन ? हेर्नुहोला यो पनि समाधान हुन्छ ।’

प्रधानमन्त्री कोइरालाले संविधान निर्माणमा अत्यन्तै लचकता अपनाएर निर्वाचन प्रणाली, न्यायप्रणाली र शासकीय स्वरुपमा सहमतितर्फ पुगिएको पनि बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending