Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बान कि मुन दक्षिण कोरियाका राष्ट्रपति हुने संभावना बलियो बन्दै

\"\"सोल, ११ पुस । पदावधि समाप्त भएर संयुक्त राष्ट्र सङ्घबाट आगामी वर्षको सुरुवातदेखि बिदावादी लिन लागेका वर्तमान महासचिब बान कि मुन निकट भविष्यमै हुन गइरहेको दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा लागेका छन् । संयुक्त राष्ट्र सङ्घमा लगातार दुई पटक गरी दश वर्षसम्म सफलतापूर्वक महासचिव पदको भूमिका निर्वाह गरेका मुनले दक्षिण कोरियाली राष्ट्र तथा राज्यप्रमुख पदमा सजिलै विजयी हुने अनुमान स्थानीय सर्वेक्षणहरुले देखाएका छन् । सोलको बहुचर्चित स्थानीय एक सर्वेक्षण संस्थाः रियल मिटरले गत १९ देखि २३ डिसेम्बरसम्म देशभरिका विभिन्न समुदायका दुईहजार पाँचसय २८ जना मतदाता माझ सञ्चालन गरेको एउटा सर्वेक्षणमा अधिकतम अर्थात् २३ दशमलब ३ प्रतिशत बानले हासिल गरे । यो अङ्क यसको एक हप्ताअघि सोही संस्थाले गरेको सर्वेक्षणमा प्राप्त अङ्कभन्दा २ दशमलब ८ प्रतिशतले बढेको पनि जनाइएको छ । गतः डिसेम्बर– ९ मा दक्षिण कोरियाली संसद्ले महाअभियोग प्रस्ताव पारित गरेपछि सत्ताबाट आंशिक बेइज्जतिपूर्वक बाहिरिनै लागेकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाईको गृहजिल्ला वा सत्तारुढ साएनुरी पार्टीको पकेट भोट क्षेत्रः उत्तरी ग्योङ्गसाङग प्रान्तबाट बानलाई अधिकतम समर्थन प्राप्त भएको तथ्य सो सर्वेक्षणको चाखलाग्दो पक्ष रहेको जनाइएको छ । बानको पक्षमा देशभरीको समग्र औसतमा २३ दशमलब ३ प्रतिशत अङ्क प्राप्त भएकोमा उत्तरी ग्योङ्गसाङग प्रान्तको मात्र अङ्क छुट्ट्याउँदा ३५ दशमलब ८ प्रतिशत रहेको र यो अङ्क अघिल्लो सर्वेक्षणमा प्राप्त अङ्कभन्दा ९ दशमलब ३ प्रतिशतले बढेको छ । निवर्तमान राष्ट्रपति पार्क गेयुन हाईपछि राष्ट्रपति पदमा उम्मेदवारी दिन लायक नेताको खडेरी परेपछि बान कि मुननै सत्तारुढ साएनुरी पार्टीका मतदाताका अन्तिम आशाको केन्द्रविन्दुमा रहेको पनि जनाइएको छ । सो पछिल्लो जनमत सर्वेक्षणमा दक्षिण कोरियाली अन्य चर्चित नेतामध्ये संसद्मा सबैभन्दा ठूलो विपक्षी दल – मिञ्जो पार्टीका नेता मुन जाए–इनले २३ दशमलब १ प्रतिशत, मिञ्जो पार्टीकै अर्का नेता ली जाए–म्युङ्गले १२ दशमलब ३ प्रतिशत, संसद्को अर्को विपक्षी दल – पिपुल्स पार्टीका नेता आङ् चिओल– सूले ८ दशमलब २ प्रतिशत अङ्क हासिल गरेका छन् । मिञ्जो पार्टीका नेता मुन जाए–इनले आगामी निर्वाचनमा राष्ट्रपतीय पदका लागि विजयी हुने भनी यस अघिको जनमत सर्वेक्षणले ठम्याएकोमा दक्षिण कोरियाली उच्च राजनीतिमा बान कि मुनको पुनरागमनपछि भने मुन जाए–इनको स्थिति स्वाट्टै तल झरेको पनि जनाइएको छ । रासस /सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy