Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

मुसहर बस्ती बनाउन धुर्मुश पुगे बर्दिबास, स्थानीयको भव्य स्वागत

\"\"बर्दिबास, १३ पुस । मुहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मंगलबार विहानै देखि खुशी थिइन । बिहानै देखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिएइन् । मरनी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुशलाई भेटेपछि निकै खुशी हुदैं भनिन्, ‘ हाम्रो हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाउन लाग्नु भयो खुशी लाग्यो । ल बाबु ठूलो मानिस बन्नु ,यो बुढी आमाको अशिर्वाद छ ! ’ \"\" मंगलबार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनी आउने बाटो कुरी रहेका थिए । एका बिहानै दाउरा लिन जंगल पुग्ने मुसहरहरु मंगलबार धुर्मुसको स्वागत्मा जुटे । कोही छिमेकीको आगनबाट फूल टिपेर ल्याए । कोही माला उने । होही बस्ती सरसफाइमा जुटे । कोही ‘धुर्मुस सर हजुर कता आइपुग्नु भयो ’ भनेर बस्तीका अगुवा मञ्जय सादाले सूचना संकलन गरेर बस्तीका स्थानीययलाई जानकारी गराई रहेका थिए । धर्मुसको प्रतिक्षमा बसेका मुसहरहरुको सामुने हास्य कालाकार तथा समाजसेवी धुर्मुस पुगेपछि उनीहरु खुशीले गदगद भए । मुसहर बस्तको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुशी भएर धुर्मुसको गलादेखि शिर सम्म माला लगाई दिए । निदारमा टलक टल्किने रातो र पहिलो अक्षतालगाई दिए । धुर्मुस—सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रुपमा धाराबाट अमखोलमा ल्याइएको पानी खुवाएर खुशियाली साटे । \"\" मुसहरले धुर्मुशलाई मुसहरहरुले घरघर घुमाए । धमुर्स —सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुशियाली छाएको छ । धुर्मुस—सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)बस्तीको पहिलो चरणको निर्माण कामको लागि काठमाँडौंबाट बर्दिबास आएका छन् । स्थानीयको स्वागत्ले अफूहरुलाई काम गर्न हौसला बढाएको धुर्मुसले व्यक्त गरे । ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मुल फुटाउन खोजेका हौं । मुसहर बस्तीबाट देशभरी नै समानतको र सद्भवको सन्देश जानेछ । सबै तिरका विभिन्न पीडिमा मलहम पट्टी लगाउने अभियानको थालनी हुने कुरा म विश्वस्त छु,’ उनले भने,‘ हामी सबै खटिएमा देश अवश्य बन्छ ।’ राष्ट्र निर्माण तपाई हाम्रो अभियानलाई आत्म साथ गर्दै सबै जना एकताको सूत्रमा बाँधिएर देश विकासमा लागनु पर्ने बेला आएको उनले बताए ।उनले भने,‘हामीले भोक्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौं । एक पटक विकासको नारा लिएर सबै जना गाउँ गाउँ पसौं । दुई बर्षमै देशमा कायापल्ट हुन्छ ।’ \"\" मंलबारै धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसंग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनीक सुनवाई गरेका छन् । स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तायार भएको सामुहिक रुपमा प्रतिबद्धता सहित घोषणा गरे । चार करोंड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैंछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजना सहित धुर्मुस—सुन्तली पाउण्डेसनले काम थालनी गरेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending