Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

शिक्षण अस्पताललाई सत्तरी करोड सहयोग

\"\"काठमाडौँ, १३ पुस । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण सुधार परियोजनाका लागि ६९ करोड २० लाख अनुदान सहयोग प्रदान गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा आज अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गरेका हुन । यसैगरी जाइकाले जापानको आर्थिक वर्ष २०१६ को अनुदान सहयोग योजनाअन्तर्गत नेपाल सरकारलाई रु ३२ करोड १० लाख अनुदान सहयोग गर्न सहमति जनाएको छ । सो सहमति पत्रमा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जाइका नेपालका वरिष्ठ प्रतिनिधि हिरोयसु तोनोकावाले हस्ताक्षर गरेका थिए । सो अवसरमा अर्थ सचिव सुवेदीले जापान सरकारले नेपालको सामाजिक आर्थिक विकासमा गर्दै आएको सहयोगप्रति अभार व्यक्त गर्दै जाइकाको सहयोगपछि आउने नयाँ उपकरणले शिक्षण अस्पतालको स्वास्थ्य सेवा र शिक्षामा सङ्ख्यात्मक र गुणात्मक सुधार हुने बताए । राजदूत ओगावाले नेपाल र जापानबीच कूटनीतिक दौत्य सम्बन्धको ६० औँ वर्षगाँठ पुगेकोमा खुसी व्यक्त गर्दै सहयोग आदानप्रदानले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीपकप्रकाश महराले सर्जिकल, क्यान्सर, अर्थोपेडिक्स, प्याथोलोजि, गाईनोकोलोजिकल, रेडियोलोजिकललगायतका विभागसँग सम्बन्धित उपकरणको सहयोगपछि अस्पातालको स्वास्थ्य सेवामा सङ्ख्यात्मक र गुणस्तर वृद्धि हुने बताए । अस्पतालले गुणस्तरीय उपकरण आओस् भनेर सोहीअनुसारको प्रस्ताव पेस गरेको जानकारी गराउँदै उनले त्यस्ता आधुनिक उपकरणको जडानपछि स्वास्थ्य उपचार सेवा अझै सुनिश्चित हुने बताए । उपकरण सन् २०१७ को सेप्टेम्बरसम्म अस्पतालमा आइपुग्नेछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending