Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

निर्वाचन आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत

\"\" काठमाडौँ, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा आयोगले आफ्नो वार्षिक प्रगति राष्ट्रपतिसमक्ष पेस गर्ने परम्पराअनुरुप विसं २०७२ साउन १ देखि ०७३ असार मसान्तसम्ममा सम्पादन गरेका कार्यको विवरण समेटिएको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनको सारांश प्रस्तुत गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी २०७४ माग ७ भित्र तीन तहको निर्वाचन गर्नुपर्ने आयोगको चुनौतीलाई सहजरुपमा व्यवस्थापन गर्न आयोगले सम्पूर्ण शक्ति परिचालन गर्ने बताए । “विभिन्न तहका निर्वाचन व्यवस्थापनको चुनौतीलाई आयोगले अवसरका रुपमा लिएको छ, आयोगको दक्षता, क्षमता र स्वच्छन्दताको प्रदर्शन गरी सफल निर्वाचन गर्न प्रतिबद्ध छौँ, त्यसका लागि आवश्यक कानुन, नियमावली र निर्देशिका बनाउन जरुरी छ, यसतर्फ सरोकारवालाको ध्यानाकर्षण हुन जरुरी छ” उनले भने । आयोगले आफ्नो कार्य–व्यवस्थापनलाई प्रभावकारी बनाउन दोस्रो पञ्चवर्षीय रणनीतिक योजना २०१ देखि ०७६ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । त्यसैगरी कार्य सञ्चालन पद्धतिलाई थप प्रभावकारी बनाउन मतदाता शिक्षा नीति, पर्यवेक्षण नीति, लैङ्गिक तथा समावेशीकरण नीति कार्यान्वयन गरिएको प्रतिवेदनमा उल्लेख छ । मतदाता हुन योग्य नेपालीको नाम मतदाता नामावलीमा समावेश गर्ने उद्देश्यले आयोगले पाँच वटा क्षेत्रीय निर्वाचन र ७० वटा जिल्ला निर्वाचन कार्यालय, ७५ वटै जिल्ला प्रशासन कार्यालय र तोकिएका विभिन्न २६ टा इलाका प्रशासन कार्यालयमा वर्षैभरि निरन्तर मतदान दर्ता सञ्चालन भइरहेको जनाएको छ । त्यसैगरी निर्वाचन शिक्षामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न विभिन्न प्रशिक्षा, घुम्ती सेवा आदि सञ्चालन गरेको, निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग विस्तारका लागि सफ्टवेर निर्माण गरी काम भइरहेको आयोगले जनाएको छ । प्रतिवेदनअनुसार विभिन्न तहको निर्वाचनका लागि आवश्यक विभिन्न नौ वटा ऐन तर्जुमाका लागि सम्बन्धित निकायमा पठाइएको छ । संविधानअनुसार विभिन्न तहको निर्वाचन व्यवस्थापनका लागि पूर्वतयारी, निर्वाचनसम्बन्धी कानुन, नियमावली निर्माणमा चुनौती रहेको आयोगले ठहर्याएको छ । त्यसैगरी मतदाता नामावली दर्ता तथा अधावधिक कार्यलाई थप प्रभावकारी बनाउने, मतदाता परिचयपत्रलाई स्थायी प्रकृतिको बनाउने, विदेशमा रहेका मतदाताको नामावलीमा दर्ता गराउने तथा निर्वाचन व्यवस्थापनमा नवीन प्रविधिको प्रयोग, राजनीतिक दलको नियमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने, भूकम्पबाट क्षति पुगेका मतदान केन्द्रको पुनःनिर्माणलाई आयोगले प्रमुख चुनौतीका रुपमा लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending