Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

नयाँ वर्षमा उपत्यकामा विशेष सुरक्षा

\"\" काठमाडौँ, १३ पुस । नेपाल प्रहरीले सन् २०१७ को अङ्ग्रेजी नयाँ वर्षको अवसरमा उपत्यकामा विशेष सुरक्षा योजना ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले नयाँ वर्षमा लुटपाट, चोरी तथा दुर्घटना नहोस् भन्ने उद्देश्यका साथ विशेष सुरक्षा योजना ल्याएको बताए । महाशाखाले गत वर्षको नयाँ वर्षको पूर्वसन्ध्यामा माधक पदार्थ सेवन गरी सवारी चलाउने २२७ जनालाई कारबाही गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवम् प्रवक्ता प्रद्युम्न कार्कीले महानगरीय प्रहरी अपराध महाशाखासँग समन्वय गरी ठमेल र दरबारमार्गमा सादा तथा प्रहरी पोसाकमा प्रहरी खटाउन लागेको जानकारी दिए । उनले राति २ बजेसम्म होटल खोल्न पाउने व्यवस्था गरेको र त्यसभन्दा पछि पनि होटल खोले कारबाही गरिने बताए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक अशोक सिंहले नयाँ वर्षमा लुटपाट तथा दुर्घटना नहोस् भन्ने उद्देश्यका साथ साँझ ६ बजेदेखि ११ र राति ११ देखि बिहान ५ बजेसम्म गरी दुई चरणको सुरक्षा व्यवस्था मिलाइएको बताए । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले नगरकोट र काभ्रेपलाञ्चोक आसपासको क्षेत्रमा विशेष सुरक्षा जाँचको व्यवस्था मिलाइएको जानकारी दिए । ट्राफिक प्रहरी र नेपाल प्रहरीले उपत्यकाको ११५ स्थानमा संयुक्त सुरक्षा चेकप्वाइन्ट राख्न लागेको छ । यस्तै १५ स्थानमा विशेष सुरक्षा अनुगमन मिलाएको छ । यस्तै सवारी साधनलाई व्यवस्थित गर्नका लागि काठमाडौँको लैनचौर फुटबल मैदान, नेपाल स्काउट, महेन्द्रशालिक दक्षिण गेट, दक्षिण गेटदेखि जय नेपाल हलसम्म र दरबार सङ्ग्रहालय उत्तरी गेटमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending