Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

पूर्वराजा ज्ञानेन्द्र फेरि थाइल्याण्डतिर : के पाक्दैछ विदेशतिर

\"\"काठमाडौं, १४ पुस । मुलुकभित्र दलीय ध्रुवीकरण र राजनितिक गतिरोध बढिरहेकाबेला पूर्वराजा ज्ञानेन्द्र शाह फेरि थाइल्याण्डतिर लागेका छन् । यसअघि पनि थाइल्याण्ड हुँदै दुई छिमेकी मुलुकको भ्रमण गरेका शाह बुधबार फेरि सुटुक्क थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् । उनी बुधबार दिउँसो थाइ एयरवेजको विमानबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् । स्रोतकाअनुसार पूर्वराजा ज्ञानेन्द्र बैंकक जानुभन्दा दुई साताअघि नै पत्नी कोमल, बुहारी हिमानी र नातिनातिना बैंकक पुगेका छन् । दुई छिमेकी मुलुकको भ्रमण गरी उच्चस्तरीय भेटवार्तासमेत गरेका शाहले केही दिनअघि विज्ञप्ति जारी गरी राजनीतिक दलहरुमाथि प्रहार गरेका थिए । शाहको विज्ञप्तिले नेपालका राजनीतिक दलहरुमा खैलाबैला नै मच्चिएको छ । शाहले स्थायी सरकारलाई बेवास्ता गरी बाह्य प्रभावमा अस्थायी सरकार हावी भएको भन्ने विज्ञप्ति जारी गरी दलहरुलाई चुनौती दिएपछि राजनीतिक दलहरुमा खैलाबैला मच्चिएको हो । पूर्वराजा शाहले संघीयताको बारेमा पनि विरोध जनाउँदै राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउनु परेको बताएका थिए । समय भड्कीसकेपछि पश्चातापले कुनै अर्थ नराख्ने समेत शाहको अपिलमा थियो । शाहको विज्ञप्तिबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद्मा छलफल नै भएको थियो भने नारायणहिटी हत्याकाण्डबारे छानबिन गर्नुपर्नेसम्म मन्त्रीहरुले कुरा उठाएका थिए । मन्त्रिपरिषद्मा शाहको विज्ञप्तिबारे छलफल भएको प्रधानमन्त्री दाहालले स्वीकार गरे पनि दरबार हत्याकाण्ड छानबिन गर्नेबारे कुरा नभएको बताएका थिए । यसअघि गत साउन ३१ गते स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्ड गएका शाहले सिंगापुर र चीनको भ्रमण गरेको दाबी गरिएको छ । शाहको विदेश भ्रमणलाई लिएर प्रधानमन्त्री दाहालले आफ्नो पार्टीको आन्तरिक प्रशिक्षणमा पनि शाहको गतिविधिबारे चर्चा गर्दै गम्भीर षड्यन्त्रको तानाबाना बुनिएको बताएका थिए । गम्भीर षड्यन्त्र भइरहेको सूचना आफूले पाएको दाहालले दाबी गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending