Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

रकम ठग्ने नै सुरक्षा खोज्दै प्रहरीकहाँ पुगेपछि ....

बेसीसहर, १४ पुस । रु चार करोडभन्दा बढी ठगी गर्ने लमजुङका एक व्यक्ति आफैँ प्रहरी शरणमा पुगेका छन् । स्थानीय गौँडा घर भई पछिल्लो समय काठमाडौँ बस्दै आएका बिर्दसिङ गुरुङ प्रहरीको शरणमा पुगेका हुन् । केही वर्ष मलेसिया बसेका गुरुङले तीन वर्षअघि गृहजिल्ला लमजुङ आएर लमजुङ मिडिया नेटवर्क कम्पनी प्रालि सञ्चालन गरेका थिए । गुरुङले सो नेटवर्कको नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको खुलासा भएको छ । गुरुङबाट ठगिएका पीडितले बुधबार सदरमुकाम बेसीसहरमा पत्रकार भेटघाट गरी आफूहरु ठगिएको बारे जानकारी गराएपछि विभिन्न व्यक्तिबाट गुरुङले रु चार करोडभन्दा बढी रकम ठगी गरेको तथ्य खुलेको थियो । पत्रकार भेटघाटका क्रममा दाङका डिलाराम बुढाथोकीले आफूबाट मिडिया नेटवर्कका लागि भन्दै रु ७३ लाख लिएको बताए । पटक पटक रकम फिर्ता माग्दा भुक्याउने र भाग्ने गरेको पीडित बुढाथोकीले गुनासो गरे । रकम तिर्ने क्रममा बाउन्स ९खातामा पैसा नभएको० चेक दिएर झुक्याएको उनको भनाइ थियो । यसैगरी तनहुँका कृष्णराज खतिवडाले पनि आफूबाट घडेरी र नगद रु १८ लाखभन्दा बढी रकम ठगी गरेको बताए। बैंकबाट ऋण लिने भन्दै पोखरामा रहेको चार आना घडेरी उसको नाममा गराइदिएको खतिवडाले बताए । गुरुङले काठमाडौँको बंंैकबाट रु दुई करोड ऋण लिनको लागि धितो राख्न जग्गा पुगेन भन्दै खतिवडाको जग्गा आफ्नो नाउँमा पास गराएका थिए । रु ३५ लाख मूल्यमा चार आना जग्गा पास गरिदिएको खतिवडाले बताए । “रु दुई करोड ऋण लिएपछि तपाईको सबै रकम तिरिदिन्छु भन्यो, रु १८ लाख पाउने आशामा जग्गा पास गरिदिँए, न रु १८ लाख पाएँ, न जग्गानै मेरो रह्यो” खतिवडाले भन्नुभयो “दुई पटकसम्म बाउन्स चेक दिएर झुक्यायो, रु १८ लाखसँगै थप रु ३५ लाख खायो ।” यसैगरी गुरुङले बेसीसहरका राम श्रेष्ठबाट रु १३ लाख ५० हजार ठगी गरेका छन् । गुरुङले प्रयोग गर्दै आएको गाडी किन्न भन्दै रु २५ लाख बुझाएको र पछि नामसारी गर्ने क्रममा फरार भएको श्रेष्ठले बताए । “पसलमा आएर नगद तिरेर सबैभन्दा महँगा मोबाइल किन्ने गथ्र्यो, आउँदै करोडको कारोबार गर्ने गफ गथ्र्यो, मैले उसको गाडी किन्ने कुरा गरेँ, विश्वास गरेर दुई किस्तामा रु २५ लाख दिएँ” श्रेष्ठले भन्नुभयो “पछि थाहा भयो मैले किनेको गाडी सहरकारीको नाममा रैछ । गुरुङले केही दिनका लागि भन्दै काठमाडाँैका सनम तामाङबाट रु ३५ लाख, पोखराका कुलबहादुर गुरुङबाट रु २० लाख, बेसीसहरका डिलबहादुर गुरुङबाट रु २० लाख, शुकराम तामाङबाट रु २० लाख, बेसीसहरका पूर्णचन्द्र पोख्रेलबाट रु १५ लाख, सुन्दरबजारका मोहन गुरुङबाट रु १५ लाख, बेसीसहरस्थित भूपू सहकारीबाट रु १० लाख, मगर गुरुङबाट रु सात लाख, तथा काठमाडौँका गम्भीर नगरकोटीबाट रु १३ लाख, वीरेन्द्र पौडेलबाट रु १० लाख, र विष्णु धितालबाट रु १० लाख ठगेको पनि खुलेको छ । यस्तै गौँडाकी बलकुमारी गुरुङबाट रु तीनलाख ५० हजार, सुन्दरबजारकी नौमाया गुरुङबाट रु दुई लाख, बेसीसहरका गणेश फेन्सीबाट रु एक लाख ५० हजार, प्रवीण गुरुङबाट रु एक लाख ५० हजार रकम लिएका गुरुङलसो नेटवर्कका अन्य सेयर सदस्यले थाहा नपाउने गरी कम्पनी बिक्री गरी सबै रकम लिएर फरार भएका थिए । पीडितले गुरुङलाई खोज्ने क्रममा झापाको विर्तामोडमा भेट्टाएर जिल्ला ल्याएपछि असुरक्षा महसुस गर्दै पीडक आफैँ प्रहरी हिरासतमा पुगेका थिए । ठगी गरेको भन्दै मिडिया प्रालिका सदस्यले गुरुङ बिरुद्ध प्रहरीमा उजुरी गरेपछि प्रहरीले ठगीको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले रु सात लाख धरौटीमा रिहाइ गर्न आदेश दिएपनि गुरुङ भने बाहिर असुरक्षाको महसुस गर्दै कारागारभित्रै बसेका छन् । गुरुङ कारागारमा परेको हल्ला चलेपछि उनीबाट ठगिएका सार्वजनिक हुने क्रम दैनिक थपिँदै जानुका साथै उसका नागरिकताको प्रतिलिपि, विभिन्न ठाउँमा भएका जग्गाको नक्कली लालपुर्जा, लाइसेन्सलगायतका कागज बनाएको पनि भेटिएको छ । गुरुङले आफ्नो राहदानीमा रातो खोल राखेर रातो पासपोर्ट भनि झुक्याउने गरेको समेत भेटिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending