Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

तीन दिनभित्र दलहरुले सहमति नगरे प्रक्रिया अगाडी बढाउने सभामुखको तयारी

\"\"काठमाडौं, १४ पुस । सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छन् । बिहीबार रिपोर्टर्स क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीमगरले तीन दिनभित्र दलहरुले सहमति जुटाउने विश्वास आफूले लिएको बताइन् । उनले भनिन, ‘दलहरु सहमतिको नजिकमा पुग्नुभएको कुरा उहाँहरुले मलाई जानकारी गराउनुभएको छ, त्यसैले उहाँहरुबीच अझै घनिभूत छलफल होस् भनेर नै मैले तीन दिनको समय दिएको छु। तीन दिनभित्र पनि दलहरुबीच सहमति हुन नसके प्रक्रियामा अघि बढ्छ ।’ सभामुखले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित हुनकालागि आफूले निर्देशन दिएको बताइन् । उनले भनिन् –‘मैले उहाँहरुलाई राजधानी बाहिर नजानका लागि निर्देशन दिएको छु, अबको बैठक सदनमै हुन्छ, संसदभित्रै बैठक गर्न मैले निर्देशन दिएको छु,’ उनले भनिन, ‘आशा गरौं यो बीचमा सहमति हुन्छ।’ आगामी बैठकसम्म पनि सहमति नभए एकै दिनमा धेरै पटक बैठक बोलाउने उनले जनाइन् । सहमतिकालागि अहिले दलहरुबीच एक पक्षीय, द्विपक्षीय र बुहपक्षीय वार्ता भैरहेको जानकारी दिँदै उनले भनिन, ‘मैले उहाँहरुसँग धेरैपटक वार्ता तथा छलफल गरेको छु, परिणामस्वरुप हिजोमात्रै पनि उहाँहरुबीच संविधानको प्रावधान अनुसार स्थानीय तहको निर्वाचन गर्नेबारे सहमति भएको कुरा आएको छ, यो अत्यन्तै सुखद खबर हो।’ संसदभित्रको बहुमतले जे भन्छ सोही अनुरुप निर्णय लिइने पनि उनले बताइन्। सभामुख घर्तीमगरले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने बाध्यतालाई सबैले गम्भिर रुपमा लिनुपर्ने बताउँदै भनिन,‘अहिलेपनि सदनमा निर्वाचनसम्बन्धी दुई वटा विधेयक कार्यसूचिमा छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending