Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

विदेशी हस्तक्षेप बढ्दै गएको थापाको दाबी

\"\" काठमाडौँ, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘ठूला दलहरुले सत्तामा पुग्न र टिक्नका लागि बाह्य शक्तिको आड लिन खोज्दा’ अहिले देश गम्भीर सङ्कटमा परेको बताएका छन्  । तौमढी (पाँचतले मन्दिर) मा राप्रपा भक्तपुरले आज आयोजना गरेको मध्यमाञ्चलस्तरीय आमसभा एवम् राप्रपा भक्तपुरका संस्थापक अध्यक्ष सुरेन्द्रप्रताप शाहको वार्षिक स्मृति सभामा उनले भने, “सत्तामा पुग्न र टिक्न बाह्य शक्तिको आशीर्वाद चाहिन्छ भनेर सबै राजनीतिक दल हाबी भएका छन्, जसका कारण विदेशी हस्तक्षेप बढ्दै गएको छ ।” परिवर्तनलाई संस्थागत गर्ने नाममा जनताको अभिमतबिना नै हिन्दू धर्मलाई मास्ने काम भएको भन्दै उहाँले देश र जनताको राष्ट्रिय पहिचान र एकतालाई खलबल्याउने काम ठूला दलबाट भएको भन्दै आक्रोश व्यक्त गरे । राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले ‘जनताको चाहना विपरीत मेटिएको हिन्दू राष्ट्रको पहिचानलाई’राप्रपाले कुनै हालतमा फर्काउने दृढता व्यक्त गरे । आपूर्तिमन्त्री दीपक बोहरा र भूमिसुधार तथा विकासमन्त्री विक्रम पाण्डेले नेपाललाई विकासमा अगाडि बढाउन युवा वर्गलाई एकत्रित बनाएर लैजानुपर्नेमा जोड दिए । सो अवसरमा राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी, महामन्त्री टङ्क ढकाल, उपाध्यक्ष बुद्धिमान तामाङ, राजीव पराजुली, कलाकार कोमल वलीलगायतले देशलाई अस्थिरताको जन्जिरबाट मुक्त गर्नुपर्ने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending