Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

निर्वाचन विधेयक संसदमा टेबुल भएलगत्तै मिति घोषणा गर्ने तयारीमा सरकार

\"\" काठमाडौँ, १४ पुस । सरकारले निर्वाचनसँग सम्बन्धित विधेयक व्यवस्थापिका संसद बैठकमा प्रस्तुत भएलगत्तै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । नयाँ संविधानको प्रावधानअनुसार तोकिएकै मितिभित्र निर्वाचन सम्पन्न कगराउन सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतका अनुसार समयको अभाव भएमा सरकारले स्थानीय तह र प्रादेशिक निर्वाचन एकैपटक गर्ने गरी मिति घोषणा गर्ने तयारी समेत गरेको छ । प्रचण्ड सरकारका एक मन्त्रीका अनुसार सरकारले अबको एकहप्तादेखि १० दिनभित्र निर्वाचनको मिति घोषणा गर्ने गृहकार्य थालेको छ । एक हप्ताभित्र निर्वाचनसम्बन्धी विधेयक टेबुल भएको खण्डमा वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारी रहेको ती मन्त्रीको भनाई छ । निर्वाचन आयोगले निर्वाचन गराउनका लागि सरकारकासँग मिति घोषणापछि चार महिनाको समय माग गरेको छ । ‘आयोगलाई ४ महिनाको समय छुट्याएर हामीले एक हप्ताभित्र विधेयक टेबुल भएमा वैशाख अन्तिम साताको लागि निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छौँ’ ती मन्त्रीले भने । सरकारले स्थानीय तह र प्रादेशिक निर्वाचन एकैपटक गर्ने गरी अन्य दलसँग पनि परामर्श थालेको जनाएको छ । सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच स्थानीय तहको मात्रै निर्वाचन भए वैशाख अन्तिम साता र स्थानीय तहसँगै प्रादेशिक निर्वाचन एकैपटक गनुपर्ने अवस्थामा आएमा जेठ दोस्रो साताका लागि मिति घोषणा गर्ने समझदारी समेत बनेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending