लोडसेडिङ भनेको त बत्ती नपुगेर, एकातिर बत्ती कटाएर अर्कोतिर दिएर अपुग भएकोलाई पूर्ति गर्ने कुरा हो । सिष्टम विग्रिएपछि सिष्टम नबन्दासम्म त प्रभाव पार्छ ।र म आफै फिल्डमा खटेर लागेँ । दोस्रो, तेस्रो दिनमा नै म फिल्ड गएँ । कहाँ समस्या छ, त्यसलाई हल गर्ने प्रयत्न गरें । मन्त्री भएपछि स्वभाविक रुपमा लाग्नुपर्ने भइहाल्छ । मैले सचिव, एमडीसहित अहिले त देशका विभिन्न ठाउँमा लगेर जनतासँग अन्तरक्रिया गराइराखेको छु । समस्या कसरी हल गर्ने भनेर त्यही नै छलफल गराइरहेको छु । यी सबै कुराहरुबाट ब्यवस्थापकीय कुराहरुमा सुधार गरेर र प्रविधिलाई पनि सुधार र अपग्रेड गरेर यो सम्भव भएको हो । तपार्इँ फिल्डमा पनि जानु भयो, ब्यवस्थापकीय नेतृत्वमा परिवर्तन पनि गर्नुभयो । त्यसमा प्राविधिक कारणले कि ब्यवस्थापकीय कारणले लोडसेडिङ भएको रहेछ ? मैले लेखा समितिको सभापति हुँदा केही कुरा अनुभूती गरेँ । ऊर्जा मन्त्रालयको केही मुद्दाहरु मैले हेरेको थिएँ । विद्युतमा किन यस्तो भइरहेको छ त भन्ने मलाई केही थोरै आशंकाहरु थिए । कसरी विद्युत चुहावट भइरहेको छ भन्ने कुरा मलाई लागिरहेको थियो । अलिअलि जानेको थिएँ, यहाँ आएपछि केही विज्ञहरुलाई बोलाएर छलफल गरें । नेपालका सबै विज्ञहरुलाई पनि राखेर छलफल गरें । चुहावट नियन्त्रण कसरी गर्ने, हुकिङ, खुला चुहावट, आन्तरिक नदेखिने चुहावट लगायतका सबै चुहावट तथा ठूला चुहावटहरु तथा उद्योगहरुमा हुने सबै समस्याहरुलाई हल गर्ने किसिमको विधि बनाएँ । अरु योजना पनि बनाएँ । त्यो आधारमा त्यो योजनालाई कार्यान्वयन गर्ने क्रममा अहिले यसलाई ब्यवस्थापन गरेर नै यो हल भएको छ । अब पानी घट्दै जाँदा यो चुनौतीको रुपमा आएको छ । तर पनि त्यसलाई सामना गर्ने हामीसँग योजना छ र त्यही योजनाअनुसार जनतालाई मार नपर्ने अवस्था सिर्जना गर्छौं । अहिले एक घण्टा अथवा आधा घण्टा मात्रै विद्युत जाँदा होहल्ला हुने अवस्था नै आइसक्यो । पानी घट्दै जाँदा समस्या हुन सक्ने तपाईँ नै भन्दै हुनुहुन्छ, त्यो अवस्थामा के गर्ने योजना बनाउँदै हुनुहुन्छ त ? लोडसेडिङ भन्ने कुरा र आधा घण्टा, एक घण्टा बत्ती जाने कुरा अलग हो । कहिले सिष्टममा समस्या आएर बत्ती जाने अवस्था रहन्छ । सिष्टममा समस्या आयो भने बत्ती जान्छ तर त्यो लोडसेडिङ होइन । लोडसेडिङ भनेको त बत्ती नपुगेर, एकातिर बत्ती कटाएर अर्कोतिर दिएर अपुग भएकोलाई पूर्ति गर्ने कुरा हो । सिष्टम विग्रिएपछि सिष्टम नबन्दासम्म त प्रभाव पार्छ । त्यसका लागि अर्को बैकल्पिक भन्ने पनि छैन । त्यसो हुँदाखेरि लोडसेडिङ गर्नु र बिग्रिएर बत्ती जानु फरक कुरा हो ।
कुलमान मेरो दायाँ हात हो, मेरो बायाँ हात हो । कुलमान मेरो दुवै हात हो । सचिवजी मेरो हात हो, अरु साथीहरु सबै मेरै हात हुन् । त्यसकारणले उहाँहरुको नाम आउँदा मलाई गर्व हुन्छ ।हामीसँग अहिले रिजर्भ भनेको कुलेखानी छ । हामी विस्तारै त्यसको प्रयोग गर्छौैंं । त्यसले केही म्यानेज गर्छ । अन्य सम्बन्धित ठाउँका थपिने प्रयास पनि हुन्छ । अाज नै म अर्को हाइड्रो पावर उद्घाटन गर्न जाँदैछु । त्यसबाट थोरै केही १०, १२ मेघावाट थपिन्छ । पुरानो आपूर्ति गर्ने प्रयत्न पनि हामीले गरिरहेका छौं । अहिले आपूर्तिका लागि हामीसँग सिष्टम बनिसकेको छैन । संरचना तयार भएको छैन । हामीले अहिले ब्यवस्थापनलाई नै मिलाएर गरिरहेका छौं । सबै उपायहरुलाई जोड्ने प्रयास गरिरहेका छौं । उँखुकोबारेमा पनि हामीले छलफल गरेका छौं । उँखुबाट पनि केही मेगावाट लिन सकिँदो रहेछ । यहिँ अहिले सबैतिरबाट मिलाएर नै गर्ने योजना हो । अर्को विकल्प नै छैन । अहिले हामीलाई ‘पिक आवर’मा चाहिने सप्लाई कति छ ? अहिले हामीलाई चाहिने भनेको फुल पिक आवरमा १५ सय मेगावाट हो । हामीले अहिले पिक आवरमा सहयोग गर्न जनतालाई आग्रह गरेका छौं । जनता (उपभोक्ता) हरुबाट सहयोग भइरहेको छ । त्यसले गर्दा यसलाई केही घटाउन सकिन्छ । जनताको पनि सहयोग चाहियो । चुहावटलाई केही रोक्न सक्दा पनि केही मद्दत पुगेको छ । अरु बाँकी त आपूर्ति गर्ने कुरा नै हो । लोडसेडिङ हटाउने सन्दर्भमा अहिलेका विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको कार्यक्षमताको कारण सफल भएको कुरा आएको छ तर तपाईँ चाँही आफ्नै कारणले सफलता मिलेको बताउँदै हुनुहुन्छ, अपत्यारिलो कुरा भएन ? काम गर्ने मान्छेको नाम आउने कुरा राम्रो हो । मस्तिष्कले काम नगरेमा हात खुट्टाले पनि काम गर्दैन । पहिला मस्तिष्कले काम गर्छ, त्यसपछि दायाँ हात बायाँ हातले काम गर्छ । कुलमान मेरो दायाँ हात हो, मेरो बायाँ हात हो । कुलमान मेरो दुवै हात हो । सचिवजी मेरो हात हो, अरु साथीहरु सबै मेरै हात हुन् । त्यसकारणले उहाँहरुको नाम आउँदा मलाई गर्व हुन्छ । किनभने मैले उहाँहरुलाई सहि ढंगले परिचालन गर्याछु भन्ने कुरा हो । त्यसमा त गर्व नै छ, मलाई कुनै समस्या छैन । विद्युत प्राधिकरण सञ्चालक समितिका तीन जना सदस्यलाई हटाएर नयाँ सदस्य पनि नियुक्त गर्नु भएको छ, सर्वोच्च अदालतले सञ्चालक समिति सदस्यलाई नहटाउनु भनेर ‘स्टे अर्डर’ आएको छ, यसले समस्या ल्याउँदैन ? नियम विपरित काम गरेको कारणले मैले सञ्चालक समितिका केही सदस्यहरुलाई कारबाही गरेको हुँ । मेरो कारबाही सहि छ । त्यसमा अदालतले के निर्णय गर्यो, त्यो अदालतले जानोस् । मैले सहि निर्णय गरेको छु भन्ने मलाई विश्वास छ । अदालतको पनि आफ्नो विधि पद्धति होला, उसले आफ्नो काम गर्यो । त्यसमा मेरो कुनै टिप्पणी छैन । मैले यतिमात्रै भन्न चाहन्छु कि मैले सहि निर्णय गरेको छु, त्यो निर्णय सहि नै प्रमाणित हुन्छ । यसअघि लोडसेडिङ हटाउन दुई वर्षे अथवा पाँच वर्षे योजनाहरु आएका थिए । त्यसबीचका वैकल्पिक ऊर्जाका कतिपय योजना थिए, वैकल्पिक ऊर्जाका लागि ठूलो अनुदान पनि आएको छ । लोडसेडिङ कम भएप्छि ती योजनाहरुमा अब के इम्प्याक्ट पर्छ ? लोडसेडिङ अन्त्य गर्ने कुरा नेगेटिभ त छँदैछैन । लोडसेडिङ अन्त्य गर्ने कुरा पोजेटिभ नै हो । वैकल्पिक ऊर्जा घट्ने कुरा पनि हुँदैन । वैकल्पिक ऊर्जा काठमाडौंमा मात्रै खर्च गर्ने हो र ? ग्रामीण क्षेत्र अहिले पनि अन्धकार नै छ । ती क्षेत्रहरुमा वैकल्पिक ऊर्जाको प्रयोग गर्ने हो । वैकल्पिक ऊर्जाले गर्ने काम तमाम छन् । काठमाडौंमा नै सोलार राख्न सकिन्छ । काठमाडौंमा घरघरमा सोलार राख्न मैले भनिरहेको छु । सोलार राख्नु, टु ए मिटर जोडिदिन्छौं भनिरहेकै छौं । काठमाडौंमा जिरो इनर्जीमा चलाउने भनेर मैले योजना ल्याएको छु । त्यो भनेको घर घरमा ऊर्जा उत्पादन गर्ने र त्यसैले पूर्ति गर्ने हो । लोडसेडिङमुक्त भएर वैकल्पिक ऊर्जाको महत्व हराएको होइन, यसको महत्व झनै बढ्यो । अब झन् सोलार लाइटहरु जोड्न सकिन्छ । त्यसकारण वैकल्पिक ऊर्जाको प्रयोग बन्द हुँदैन, झनै यसको महत्व बढेको छ । अझै धेरै क्षेत्रहरु विद्युतविहीन छ, त्याहाँ वैकल्पिक ऊर्जाको प्रयोग गर्न सकिन्छ । ब्यवस्थापनको दृढ विश्वासले माग नधानेको भनिएको विद्युत समेत पुर्याउन सकिने रहेछ । विद्युत प्राधिकरणमा कर्मचारी पनि बढी रहेको कुरा छन् । त्यसलाई चुस्त दुरुस्त बनाउनका लागि कर्मचारीहरु कटौतीका कुराहरु पनि छन् कि ? अहिले विद्युत प्राधिकरणमा कर्मचारी बढी होइन, अपुग भएको अवस्था छ । आवश्यक कर्मचारीहरुको अभाव छ । म हरेक इकाहरुमा गएँ । हरेक इकाइहरुमा जाँदा मिटर रिडिङ गर्ने मान्छेहरुसमेत छैनन् । तीन महिनाको एक पटक रिडिङ गरेर कसरी हुन्छ ? पैसा त उठ्दैन नि त । यसमा अझै समस्या रहेछ । नयाँ इन्जिनियरहरुको टिम चाहिन्छ भन्ने छ । त्यहाँ अझै कर्मचारीहरुको अभाव छ । विज्ञ र सक्षम कर्मचारीहरु चाहिएको छ । कर्मचारीको नाममा मात्रै भर्ना गरेर भएन । आवश्यक विषयवस्तुअनुसार दक्ष कर्मचारीहरु चाहिएको छ भने अर्को नयाँ टेक्नोलोजीमा अपग्रेड गर्दै जाँदा पनि कर्मचारी घटाउन सकिन्छ । टेक्नोलोजीको अपग्रेड गर्नुपर्यो । त्यसका लागि केही समय लाग्छ । हामीले शुरुवात मात्रै गरेका छौं, त्यसका लागि दुई चार वर्ष लाग्छ । स्मार्ट मिटर लगायतका कुराहरु हामीले अगाडि बढाउँदैछौं । तर त्यसलाई समय लाग्छ । टेक्नोलोजीद्वारा यसलाई सम्पन्न गरियो भने अपग्रेड गर्दै जाँदा अनावश्यक कर्मचारीको चाप घट्ने हो । अहिले कर्मचारी धेरै भएर होइन कि कर्मचारीहरुको सहि प्रयोग गर्न र सहि ढंगले परिचालन गर्नेतिर ध्यान दिनुपर्ने देखिन्छ । अनि अहिले लोडसेडिङ हटेपछि उद्योग कलकारखानाहरुबाट उत्पादन बढेको कुनै डाटा सरकारसँग आएको छ ? लोडसेडिङ हटेपछि उद्योग कलकारखानाको उत्पादन अवश्य पनि बढेको छ । तर कति बढ्यो भन्ने यकिन डाटा त अहिले मसँग छैन । डाटाबेसमा मैले अहिले तयार गरेको छैन । मैले अहिले ठ्याक्कै यति नै उत्पादन बढ्यो भन्न त सक्दिन तर उद्योगी ब्यवसायीहरुसँग भएको छलफलबाट उहाँहरुमा ब्यवसायप्रति उत्साह थपिएको छ । मैले ब्यवसायिक साथीहरुलाई बोलाएर छलफल गरेको छु । लोडसेडिङ नभएपछि उहाँहरुले थुप्रै अर्ब पैसाहरु बचत भएको बताउनु भएको छ । ब्यवसाय नाफातिर गएको भन्दै उद्योगी ब्यवसायीहरु उत्साहित हुनु भएको छ । उहाँहरुले १५, २० लाख अन्य इन्धनमा खर्च गर्ने गरेको पैसा वचत भएको बताउनु भएको छ । होटलवालाको कोठाहरु उज्यालो भए । पानी तान्न पाइने भयो । उद्योगहरु सञ्चालन भए । उद्योगका शाखाहरु खोल्दैछौं । हाम्रा हस्पिटलहरुमा समस्या हट्यो । शान्ति सुरक्षामा सजिलो भयो भनेर प्रहरीले भनेको छ । सबै क्षेत्रमा सकारात्मक प्रभाव रहेको छ । लोडसेडिङमुक्त भयो भनेर हामी अझै खुशी हुने अवस्था आएको छैन । प्राधिकरणले नै राजधानीबाट यो प्रयोग गरिएको मात्र भनिरहेको छ । लोडसेडिङमुक्त अभियानका लागि प्रयोग कहिलेसम्म हो ? भोलि लोडसेडिङ हुन सक्छ । तर लोडसेडिङ नहोस् भन्नका लागि उत्पादनतिर जोड दिइनुपर्छ । संरचनाहरुलाई मजबुत बनाउनु पर्यो । टेक्नोलोजीको अझ विस्तार गर्नुपर्यो । एउटै पक्षमात्र छैन, लोडसेडिङ अन्त्य गर्नका लागि धेरै पक्षहरु छन् । आज हामीले जनतालाई यो नबाल र त्यो नबाल भनिरहेका छौं । भोलि बढी विद्युत उत्पादन हुन सक्यो भने बढी प्रयोग गर्नुस, बाल्नुस् भन्नुपर्ने हुन सक्छ । जति विद्युत खपत भयो, त्यति नै देशको विकास हुने हो । दाउरा बालेजस्तो त्यसै सकिने त होइन । विद्युत खर्च हुने भनेकै त्यसले कतै न कतै उत्पादन गरिराखेको हुन्छ । कुनै न कुनै आर्थिक रुपमा प्रभाव पारिरहेको हुन्छ । त्यो अवस्थामा पुर्याउनका लागि हामीले आज लोडसेडिङ अन्त्य गरेर बत्ति मात्रै बालिरहँदा त यतिधेरै खुशीयाली छ । लोडसेडिङको दशौं वर्षदेखिको समस्या थियो । अब हामीले औद्योेगिककरणको मानसिकता बनाउनुपर्छ । मैले अहिले पनि ३७ बुँदे अवधारणामा भनिरहेको छु कि ५ हजारलाई रोजगारी दिन्छु यति बिजुली चाहियो भनेर कसैले भन्छ भने मैले जसरी पनि दिन्छु भनेर भनिरहेको छु । ल मलाई यति विजुली चाहियो भनेर अहिलेसम्म कोही आएको छैन । विद्युतलाई औद्योगिकतिर प्रयोग गर्नुपर्ने आवश्यक छ । कृषि, पर्यटन, सिँचाइका लागि विद्युत प्रयोग गर्नुपर्ने आवश्यक छ । त्यसतर्फ लाग्यौं भने राष्ट्रको विकाश हुने हो । लोडसेडिङ अन्त्य बत्ति बालेर मात्रै हुँदैन । समृद्ध राष्ट्र बनाउनका लागि ‘नेपालको पानी जनताको लगानी’ नारा अन्तर्गत अहिले विभिन्न परियोजनाहरु शुरु गर्ने प्रयत्न गरिएको छ । त्यसबाट छिटो भन्दा छिटो निर्माण गर्ने तथा तोकिएको समयमा सम्पन्न गर्ने गरी काम गरियो भने त्यसबाट प्रतिफल आउँछ र राष्ट्रको विकाश हुन्छ र राष्ट्र समृद्ध हुन्छ । अहिले जसोतसो ब्यवस्थापन गरेर लोडसेडिङमुक्त हटाउन सम्भव भएको छ तर त्यसका लागि पनि विभिन्न बाधा अड्चनहरु कहिँ कतैबाट आइरहेका छन् ? मैले विभिन्न पेपरहरु हेर्छु । बेलाबेलामा पेपरहरुमा यतिघण्टा लोडसेडिङ हुन्छ भनेर घोषणा गर्ने गरिएको पनि छ । कतिपय यो असम्भव कुरा हो भनेर हतोत्साहित पनि गर्ने गरिएको छ । कसरी हुन्छ हतोत्साहित गर्ने प्रयत्नहरु पनि भइरहेका छन् । कतिपय प्रशारण लाइन बनाउने ठाउँमा मुद्दा हालिदिएर ‘स्टे’ गरिदिएको अवस्था छ । त्यहाँ बनाउन जरुरी भइसक्यो तर स्टे गरेर समस्या खडा गरिएको छ । कहिँ मुआब्जाको कुराहरु उठाएर विवाद उत्पन्न गरिदिने कामहरु पनि भइरहेका छन् । अहिले नै देख्नु भएको छ, अदालतमा मुद्दा हालिदिने कुराहरु पनि भइराखेको छ ।अवरोध गर्ने यी कुराहरु त भइराख्छन् । तर दृढता भयो भने अवरोधलाई सामना गर्दै अगाडि बढ्न सकिन्छ । अवरोध तमाम छ, ती अवरोधहरुलाई सामना गर्न सकिन्छ । सामना गर्ने टिम, सिंगो मन्त्रालय, प्राधिकरण तयार छ । मुख्यतः युवाहरु, जनता तयार छन् । मैले त सामना गर्नका लागि जनतालाई अपिल गर्ने कुरा मात्रै हो । त्यसैले जनताप्रति विश्वास गरेर काम गर्ने मेरो बानी हो । जनताप्रति उत्तरदायी हुने मेरो बानी हो । जनताप्रति उत्तरदायी भएर मैले काम गरेको छु, जनताले मलाई विश्वास गर्छन भन्नेमा विश्वस्त छु । सरकारले सहुलियत रुपमा लिएको ऋण प्राधिकरणले महंगो ब्याज तिरेर लिइरहेको भन्ने कुरा पनि आएको छ । त्यसले गर्दा प्राधिकरणको घाटा त्यसमा पनि थपिएको छ । यसबारे के भन्नु हुन्छ ? सरकारले आफूले लिएको ऋण विभिन्न संस्थाहरुलाई दिने एउटा पोलिसी हो । प्राधिकरणलाई मात्र होइन, अन्य धेरै संस्थाहरुलाई सरकारले ऋण दिने गरेको छ । प्राधिकरण, एनएसी लगायत अरु संस्थाहरुलाई पनि सरकारले ऋण दिएको छ । त्यो चाँही सरकारको पोलिसीको कुरा हो तर पनि त्यसलाई परिमार्जन गर्नुपर्छ भनेर छलफल भइरहेको छ । सिलसिलामा सरकारले नै लिने भएकाले यसमा खासै घाटानाफाको कुरा त होइन । सरकारकै भएकाले ब्याज आउँदा पनि सरकारलाई आउँछ र बढी तिरे पनि सरकारलाई नै आउने हो । प्राधिकरण प्राइभेट कम्पनी त होइन । तैपनि त्यसलाई कसरी मिलाउनुपर्छ भनेर छलफल भइरहेको छ । अहिले १५ सय मेगावाटमा विद्युतको माग बढिरहेको अवस्था छ । वर्षाको बेलामा १२, १३ सय मेगावाट मात्रै विद्युत उत्पादन हुन्छ । दुई तीन सय लस भइरहेका छन् । ठूला आयोजनाहरुको निर्माण कार्य कसरी अगाडि बढिरहेको छ ? विद्युत प्राधिकरणले अप्पर अरुण, तमोर उत्तर गंगा जस्ता ठूला जलाशययुक्त आयोजनाहरुलाई अगाडि बढाउँदैछ । भर्खरै सरकारले जेनेरेशन कम्पनी गठन गरेको छ । त्यो कम्पनीले नलसिंहगाड, शारदा, नौमुरे, सुनकोशी, बुढी गण्डकी जस्ता आयोजनाहरुलाई अगाडि बिढाउँदैछ । ठूला जलाशययुक्त आयोजनाहरु र पिकिङ आयोजनाहरुमा सरकारको तर्फबाट प्राथमिकता दिएको छ । रन अफ द रिभरवाला परियोजनाहरु भन्दा पनि पिकिङ र जलाशययुक्त आयोजनाहरुमा प्राथमिकता दियौं भने सहित ढंगले मिल्न आउँछ र हाम्रो समस्या समाधान हुन्छ । नेपालमा विद्युत क्षमता ८६ हजार मेगावाट छ भनेर ‘थेसिस’ मात्रै आएको छ, सरकारले आधिकारिक रुपमा यति नै आवश्यक हो भन्ने कुनै तथ्यांक निकालेको छ कि त्यही थेसिसलाई आधार मानिरहेको अवस्था हो ? थेसिसको रुपमा आएको कुरालाई नै सरकारले अहिले पनि आफ्नो आधिकारिक जस्तो बनाएर भनिरहेको छ । त्यो भन्दा धेरै क्षमता नेपालमा छ । हिजोको भन्दा आज टेक्नोलोजीको धेरै विकाश भएको छ । हिजो एउटा विद्यार्थीले नेपालको बारेमा अध्ययन गर्यो त्यो राम्रो कुरा हो । अहिले मन्त्रालय अन्तर्गतको ऊर्जा आयोग बनाइएको छ । ऊर्जा आयोगलाई मैले यसको जिम्मेवारी दिएको छु । आयोगले नदी बेसिन ढंगले हाम्रो उत्पादन क्षमता कति हो भन्ने अध्ययन गर्ने र रिपोर्ट तयार गर्ने काम गर्ने गरी ऊर्जा आयोगलाई जिम्मेवारी दिइएको छ । आयोगले सोही अनुसार काम गरिरहेको छ । त्यसपछि मात्रै आधिकारिक रुपमा हामीले भन्न सक्छौं । मन्त्रीज्यूको ३७ बुँदे अवधारणाको कुरा पनि पटक पटक उठाउनु भएकाे छ । त्यसैमा उर्जामा जनताको ३० प्रति शेयर निश्चित गर्ने कुरा गर्नु भएको थियो । तर अहिले लोडसेडिङमा देखिएको तपाईँको अल्झनले कार्यकाल नै सकिने अवस्था आउँछ कि ? कार्यकाल कति भन्ने कुरा मुख्य होइन । मैले पाएको कार्यकालमा कति सफलता प्राप्त गरेँ भन्ने मुख्य कुरा हो । मैले पाएको समय ठीक ढंगले सदुपयोग गरेँ कि गरिन भन्ने कुरा मुख्य हो । कार्यकाल त नेपालको राजनीतिमा सबैलाई थाहा भएकै कुरा हो । तर मैले पाएको समयमा के गरेँ भन्ने त्यो चाँही मुख्य हो ।
प्रतिकृया लेख्नुहोस्: