Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

अमेरिकाले नेपाली विद्यार्थीलाई ‘वर्क परमिट’ दिने

\"\"काठमाडौं, १५ पुस । अमेरिकी सरकारले यहाँ अध्ययरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको हो । यसअघिको सुविधा हालै समाप्त भएका कारण, पुन अवधि लम्ब्याईएको हो । अमेरिकी सरकारले यो सुविधा, गत सालको महाभुकम्पका कारण प्रदान गर्दै आएको छ । महाभूकम्पबाट नेपाली परिवार प्रभावित भएको र त्यसबाट अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको उल्लेख गर्दै ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले सो व्यवस्था गरेको हालै जनाएको छ । डिपार्टमेन्ट प्रमुख जेह चाल्र्स जोहन्सन द्वारा हस्ताक्षरित जारी विज्ञप्ती अनुसार गत मंगलबार देखि सो सहुलियत दिईएको र यसको अवधि सन् २०१८ को जुनसम्म रहनेछ । ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको छ । सहुलियत अनुसार नेपाली विद्यार्थीहरुले काम गर्ने अनुमति पत्र ‘वर्क परमिट’ का लागि आवेदन दिनसक्नेछन् । जुन अन्य देशबाट आएका विद्यार्थीको हकमा लागु हुँदैन् । अन्य देशका विद्यार्थीलाई थोरै घण्टाको काम गर्ने अनुमति दिने अमेरिकी अध्यागमन कानुन भएपनि, यो सहुलियतका कारण नेपाली विद्यार्थीले अतिरिक्त समयका लागि ‘वर्क परमिट’ पाउदै आएका छन् । मुख्य शर्तको रुपमा यो सुविधा पाउन, कम्तीमा भुकम्प गएको दिन अर्थात २०१५ को अप्रिल २५ देखि वा सो भन्दा अघि देखि नै अमेरिकामा पढाई गरिरहेको हुनुपर्नेछ । विद्यार्थीले अनिवार्यरुपमा आफनो ‘विद्यार्थी हैसियत’ जोगाउनुपर्ने र त्यसका लागि प्रत्येक सेमेष्टरमा नेपाली विद्यार्थीले कम्तीमा स्नातक तहमा ६ क्रेडिट एवम स्नातकोत्तर तहका लागि तीन क्रेडिटको पढाई सुचारु गर्नुपर्ने नियम छ । महाभुकम्पको प्रभावलाई मध्यनजर गर्दै यस अघि गत कार्तिकमा अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टिपीएस) को सुविधालाई थप डेढ बर्षका लागि नवीकरण गरेको थियो । महाभूकम्प लगत्तै सन २०१५ जुन २४ मा पहिलोपटक, अमेरिकी सरकारले टिपीएसको सुविधा सहित विद्यार्थीलाई पनि सहुलियत प्रदान गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending