Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

राष्ट्रिय एकताले सबै जनजातिका पहिचान र अधिकारलाई बलियो बनाउँछ: प्रचण्ड

\"\"काठमाडौँ, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सबै क्षेत्र र वर्गको सर्वस्वीकार्यता बनाउनुपर्ने बताएका छन् । तमू ल्होछार, २०७३ को उपलक्ष्यमा शुक्रबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले निर्दिष्ट गरेका निर्वाचन निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले प्राथमिता दिएको बताए । प्रधानमन्त्री दाहालले “वर्तमान सरकारको सम्पूर्ण ध्यान संविधानलाई सर्वस्वीकार्यता र अपनत्व गराउँदै निर्वाचन सम्पन्न गर्नमा नै केन्द्रित छ, यस कार्यमा सहयोग र साथ दिन म आम जनसमुदायलाई अपिल गर्दछु उनले भने । राष्ट्रिय एकताले मात्र सबै जनजातिका पहिचान र अधिकारलाई बलियो पार्न सकिने बताउँदै उनले भने – जातले भन्दा विचारले उत्पीडित जनताको अधिकार स्थापित गर्न सकिन्छ । प्रधानमन्त्री दाहालले आफूले उत्पीडित वर्गका पहिचान र अधिकार स्थापित नभएसम्म राजनीतिक लडाइँ लडिरहने बताउँदै “गणतन्त्र स्थापना भएपछि मधेसी समुदायबाट राष्ट्रको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिमा पुग्न सफल भएको, अहिले राष्ट्रको सर्वोच्च पदमा महिला, सभामुख पदमा जनजाति महिला, प्रधानन्यायाधीश महिलाले नेतृत्व प्रदान गरिरहनुभएको छ, यो नै समावेशीको उत्कृष्ट उदाहरण भएको बताए ।” “अब गुरुङ समुदायबाट पनि राष्ट्रपति र प्रधानमन्त्री पद प्राप्त गर्ने दिन टाढा छैन,” उनले भने – “गुरुङ जातिको पर्व तमू ल्होछार मनाउन सरकारबाट दिँदै आएको रकम दोब्बर पारिने छ ।” कार्यक्रममा गुरुङ सुमदायबाट विद्यावारिधि प्राप्त गर्ने र सो समुदायको उत्थानमा काम गर्नेलाई सम्मानसमेत प्रदान गरिएको थियो । सोही अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खाना महोत्सवसमेत आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ, माओवादी केन्द्रका नेता देव गुरुङ, सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय एकताले नै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending