Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

रेखा र कोमल वलीको नाम लिएर हजारौँलाई ढाट्यो राप्रपाले

\"\" -रमेश पराजुली सिन्धुपाल्चोक, १५ पुस । राप्रपा नेपाल र राप्रपाबीचको एकतापछि बसेको बैठकले गरेको एउटा निर्णय थियो, ‘देशभरी एकताको सन्देश दिन आमसभा गर्ने’ ६ मंसिरमा दुई पार्टीबीच एकताभएसँगै राप्रपा नामकरण भएको उक्त पार्टीमा चर्चित गायिका कोमल वली प्रवेश भइन् । सँगै उनकै प्रभावमा केही साताअघि चर्चित नायिक रेखा थापा पनि राप्रपामै प्रवेश गरिन् । अहिले तिनै रेखा र वलीलाई सँगै लिएर विभिन्न जिल्लाको आमसभाको दौडधुपमा छन्, राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमसेर राणा र राप्रपा अध्यक्ष कमल थापा । सोही क्रममा राप्रपाले शुक्रबार दिउँसो ११ बजे नायिका थापा गायिका वलीको नाम लिएर सिन्धुपाल्चोक जिल्लामा हुने कार्यक्रमको प्रचारप्रसारलाई तीव्र बनाए । जिल्लाका हरेक ठाउँमा नायिका थापा र गायिका वली आमसभामा आउने खबरले चर्चा पाएको थियो । त्यसैका कारण नायिका थापा र वलीलाई हेर्न शुक्रबार बिहान ११ बजे हजारौँ सर्वसाधारण कार्यक्रमस्थलल उर्लिए । धुलाम्मे कार्यक्रमस्थल । अनि टन्टलापुर घामको समेत प्रवाह नगरी बच्चादेखि वृद्ध वृद्धासमेत थापा र वलीको प्रतिक्षामा थिए । तर निर्धारित समयभन्दा घण्टौँ बित्दा समेत उनीहरु कार्यक्रमस्थल आइपुगेनन् । दुई बजेर केही मिनेट मात्रै गएको थियो, कार्यक्रम सुरु भयो । तर कार्यक्रममा थापा र वली उपस्थिती भइनन् । त्यसका बारेमा कार्यक्रममा चर्चा धेरै भयो तर आयोजकले जवाफ दिनै सकेनन् । थापा र वलीको नाम लिएर राप्रपाले कार्यक्रमको प्रचारप्रसार गरेको भन्दै उपस्थितले आक्रोश समेत व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमसेर जबराले भूकम्पपछि तीन सरकार परिर्वतन भएको भएपनि अहिलेसम्म कुनै सरकारले प्रगतीको नाममा सिन्को नभाँचेको बताए । त्यसैगरी अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षेता र संघियता ठीक ढंगले समायोजन गर्न नसक्दा देश संकटको चक्रव्युमा फसेको बताए । कांग्रेस, एमाले र माओवालीले गर्दा अहिले ५ लाख युवा विदेशीन बाध्य भएको आरोप थापाले लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending