Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

रेखा र कोमल वलीको नाम लिएर हजारौँलाई ढाट्यो राप्रपाले

\"\" -रमेश पराजुली सिन्धुपाल्चोक, १५ पुस । राप्रपा नेपाल र राप्रपाबीचको एकतापछि बसेको बैठकले गरेको एउटा निर्णय थियो, ‘देशभरी एकताको सन्देश दिन आमसभा गर्ने’ ६ मंसिरमा दुई पार्टीबीच एकताभएसँगै राप्रपा नामकरण भएको उक्त पार्टीमा चर्चित गायिका कोमल वली प्रवेश भइन् । सँगै उनकै प्रभावमा केही साताअघि चर्चित नायिक रेखा थापा पनि राप्रपामै प्रवेश गरिन् । अहिले तिनै रेखा र वलीलाई सँगै लिएर विभिन्न जिल्लाको आमसभाको दौडधुपमा छन्, राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमसेर राणा र राप्रपा अध्यक्ष कमल थापा । सोही क्रममा राप्रपाले शुक्रबार दिउँसो ११ बजे नायिका थापा गायिका वलीको नाम लिएर सिन्धुपाल्चोक जिल्लामा हुने कार्यक्रमको प्रचारप्रसारलाई तीव्र बनाए । जिल्लाका हरेक ठाउँमा नायिका थापा र गायिका वली आमसभामा आउने खबरले चर्चा पाएको थियो । त्यसैका कारण नायिका थापा र वलीलाई हेर्न शुक्रबार बिहान ११ बजे हजारौँ सर्वसाधारण कार्यक्रमस्थलल उर्लिए । धुलाम्मे कार्यक्रमस्थल । अनि टन्टलापुर घामको समेत प्रवाह नगरी बच्चादेखि वृद्ध वृद्धासमेत थापा र वलीको प्रतिक्षामा थिए । तर निर्धारित समयभन्दा घण्टौँ बित्दा समेत उनीहरु कार्यक्रमस्थल आइपुगेनन् । दुई बजेर केही मिनेट मात्रै गएको थियो, कार्यक्रम सुरु भयो । तर कार्यक्रममा थापा र वली उपस्थिती भइनन् । त्यसका बारेमा कार्यक्रममा चर्चा धेरै भयो तर आयोजकले जवाफ दिनै सकेनन् । थापा र वलीको नाम लिएर राप्रपाले कार्यक्रमको प्रचारप्रसार गरेको भन्दै उपस्थितले आक्रोश समेत व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमसेर जबराले भूकम्पपछि तीन सरकार परिर्वतन भएको भएपनि अहिलेसम्म कुनै सरकारले प्रगतीको नाममा सिन्को नभाँचेको बताए । त्यसैगरी अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षेता र संघियता ठीक ढंगले समायोजन गर्न नसक्दा देश संकटको चक्रव्युमा फसेको बताए । कांग्रेस, एमाले र माओवालीले गर्दा अहिले ५ लाख युवा विदेशीन बाध्य भएको आरोप थापाले लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending