Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बानेश्वरमा गाडी जलाउन राष्ट्रपति कार्यालयको गाडी नै प्रयोग भएको खुलासा

[caption id=\"attachment_110216\" align=\"alignleft\" width=\"955\"] आक्रमणमा प्रयोग भएको राष्ट्रपति कार्यालयको गाडी[/caption] काठमाडौं, १६ पुस । शुक्रबार एमाले युवा संघका उपाध्यक्ष रमेश पौडेलको नेतृत्वमा बानेश्वरको इन्द्रेणी कम्प्लेक्स अगाडी भएको आगजनिमा राष्ट्रपति कार्यालयको सरकारी गाडी प्रयोग भएको खुलासा भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको सहयोगी रहेकी सुमित्रा थापाले राष्ट्रपति कार्यालयको बा १ ग ९१४ नम्बरको गाडी लिएर युवासंघको कार्यालयसम्म आएकी थिइन् भने गाडीमा आगजनिपश्चात आगजनिमा संलग्नहरुलाई सोही गाडीमा घरघरमा छोडिएको खुल्न आएको छ । आगजनि लगत्तै खिचिएको तस्विरमा थापा सहित राष्ट्रपति कार्यालयको गाडी युवासंघको कार्यालय अगाडी देख्न सकिन्छ । लोसार विदाको दिन सरकारी गाडी चलाएको भन्दै आगजनि गर्ने एमाले कार्याकर्ता भने सरकारी गाडीमा नै आएका पुष्टी भएको छ । इन्द्रणी कम्प्लेक्स सँगै रहेको एमाले युवासंघको केन्द्रिय कार्यालयमा बैठक बसेर आगजनिको निर्णय भएको यस आगजनिमा राष्ट्रपतिकी सहयोगी सुमित्रा थापा, सरकारका प्राविधिक रमजी सापकोटा, कृषि अनुसन्धान केन्द्र खुमलटारकी कर्मचारी सरस्वति खड्का र गुप्तचर अनुसन्धान व्युरोका कर्मचारी अशोक रावल संलग्न रहेको देखिएको छ । स्रोतका अनुसार एमाले युवा संघका केही नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटा कार्यक्रममै बानेश्वर आगजनिबारे अनुमति लिएका थिए । शुक्रबार दिउसो तुलसीलाल अमात्य स्मृति भवनमा गोपीरमण उपाध्याको किताव बिमोचन कार्यक्रममा पुगेका ओलीलाई एमाले युवा संघका केही नेताले कानमा खुशुक्क केही सल्लाहा गरेको केही समयमै भएको बानेश्वर आगजनिमा ओलीको समेत अनुमति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । प्रहरीको वान्टेड पनि सहभागी साथै याँहा उल्लेखित फोटोमा कालो ज्याकेट सहित देखिएका विपिन ढकाल, मोरङ पुलिसका वान्टेड हुन् । उनले दर्जनौं सार्वजनिक मुद्दा खेपीरहेकामात्रै छैनन् २ वर्ष अघि कान्तिपुरका पत्रकार माधव बस्नेतमाथि हातपात समेत गरेका अपराधि पृष्ठभुमिका मानिस हुन् । उनी युवा संघका सामान्य कार्यकर्ता रहेको तर अपराधिक पृष्ठभुमि भएकाले मोरङ प्रहरीले खोजी गरिरहेको प्रहरीले बतायो । यो पनि पढ्नुहोस्

यीनै हुन् सरकारी गाडीमा आगजनि गर्ने एमाले कार्यकर्ता : सरकारी कर्मचारीदेखि राष्ट्रपतिको सहयोगीसम्म

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending