Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मुसहरको पीडाः परालको सिरक, परालकै डस्ना

नवलपरासी, १६ पुस । जाडोले कठ्याङग्रिएका मुसहरहरुको जीवन झनझन कष्टकर  बन्दै गएको छ । तराईमा बढ्दो जाडोले मुसहर बस्ती नै समस्यामा परेको छ । ज्याला मजदुरीको पेसा अंगाली परालले छाएको घरमा बस्दै आएका मुसहरहरु जाडो कपडाको अभावले जाडो खेप्दै आएका छन् । दिनचर्या चलाउन गाउँमा ज्याला मजदुरी गर्ने, नजिकको खोलानालाबाट माछा मारि बिक्री वितरण गर्ने गरेका छन् । महिला जति घरको काममा, पुरुष जति भारतमा नवलपरासीको गुठीपर्सौनी वडा नम्बर ३ कठहवा स्थित मुसहबस्तीका अधिकांश महिला पुरुषहरु ज्याला मजदुरी गरि पेट पाल्ने गरेका छन् । ४५ घरधुरी रहेको कठहवा मुसहर बस्ती जिल्लाको सदरमुकाम परासीदेखि करिब ४० किलोमिटर सिमाक्षेत्रमा अवस्थित छ । शिक्षा र जनचेतनाले निकै पछाडी परेका ति मुसहर समुदायलाई सरकारका विभिन्न सेवा सुविधाबाट बन्चित छन् । अनुपातमा एक घरमा श्रीमान श्रीमती र बच्चा गरि ५ जनाको परिवार छ । बस्तीका महिलाहरु गाउँगाउँमा उखु काटने, जमिन्दारको खेतीपाती गर्ने र ज्याला मजदुरीमा व्यस्त छन् भने पुरुष दिल्ली, बम्बई, लोधियाना र अर्को गाउँमा ज्याला मजदुरी गरी कमाउने गरेका छन् । कसरी चलेछ मुसहरको दिनचर्या सयौ बर्षदेखि अटेरपटेर, खरफुस र बाँसको छाउनी झुपडीको घर बनाई बस्दै आएका मुसहर बस्तीमा एक पनि पक्की घर छैन । एसएलसी पास गर्ने कोहि छैनन् शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी जस्ता अत्यावश्यक सेवासुविधाबाट बञ्चित रहेका मुसहर बस्तीमा सम्बन्धित निकायको पहुँच पनि न्युन छ । बस्तीका अधिकांश बालबालिकाहरु बाबु आमासंगै ज्याला मजदुरीतथा खोलानाला, बाख्रा चराउनकाममा व्यस्त रहने गरेका छन् । बालबालिकाहरु जाडो याममा लगाउने कपडा नभएकै कारण अहिले विद्यालय जान सकेका छैनन । बालबालिका लत्ता कपडा, किताब, कपीकलम, झोला र बाबु आमाको काममा हात बढाउने कारणले नै विद्यालयको मुख हेर्न पाउदैनन् । बस्तीमा कुनै व्यक्ति एसएलसी पास छैनन् । खासगरि विद्यार्थीहरु कक्षा, ७, ८ सम्म पठनपाठन पुरा गरेपछि बाबु आमाको काममा हात बटाउन बाध्य भई शिक्षाबाट पछाडी पर्दै गएका छन् । आर्थिक अभावमा गाउँभन्दा बाहिर बिदेश समेत जान नपाएका मुसहर युवाहरु पनि गाउँकै जमिन्दारहरुको खेतीपातीमा अल्झेका छन् । मुसहबस्तीमा एक जना मात्र विदेशछन् । बिहान काममा गएर मात्र साँझ बिहान परिवारको छाक टार्ने मुसहरहरु परिवारका घरको अवस्था पनि दयनिय रहेको स्थानिय छेदी मुसहरले खबरडबलीलाई बताए । परालकै ओढ्ने परालकै ओछ्याउने जाडोमा सिरक डस्ना र न्यानो कपडाको अभावले परालको ओछ्यान र सिरक समेत बनाई दिन काटने गरेछन् । बस्तीमा १० वर्षमुनिका बालबालिकाहरु बढि छन् जुन बाबु आमाको व्यवस्तताले बिद्यालयको मुख समेत हेर्नै पाउदैनन् । मुसहर बस्तीमा विशुद्ध खानेपानी छैन, विद्यालय छैन, विजुली पनि छैन । बिहान सुतेर उठेपछि हतारहतारमा खाना पकाएर खाएपछि मुसहरहरु काममा लाग्ने गरेका छन् । करिब १० वर्ष अगाडी सो बस्तीमा प्रदुषण एकपटक आएको हैजा महामारीले १५ भन्दा बढि मुसहरले ज्यान गुमाएका स्थानीय छेदु बताउँछन् । सांसदसंग असन्तुष्टि छन् मुसहरहरु चेतनाकै अभावले सरसफाई, जन्मदर्ता, नागरिकता, योजना निर्माण, र सामाजिक भत्ता जस्ता आवश्यक सेवासुविधाबाट बन्चित छन् । दिनभरि कमाएको पैसाले साँझ विहानको छाँकको व्यवस्था मिलाएपछि जाँडरक्सीमा सिद्धयाउने गरेको स्थानिय बताछँन् । बचतको बानी नबसेकै कारणले आर्थिक रुपले निकै पछी परेका मुसहरहरु विभिन्न अत्यावश्यक सामाग्रीहरु किनमेल गर्न सकेका छैनन् । मुसहर बस्ती बर्तमान सांसद कलवार सन्तुको गाउँ हो भने गुठीपर्सौनी वडा नं ३ कठहवाँकै अर्को टोल तमलोपाका सहअध्यक्ष पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री हृदेश त्रिपाठीको गाउँ हो । लगातार ४ पटकदेखि सांसद एवं मन्त्री भएका सहअध्यक्ष त्रिपाठी अरु क्षेत्रको विकास गरेपनि आफ्नै गाउँको विकासमा कुनै पहल गरेको देखिदैन् । १ सय २५ घरधुरी रहेको त्रिपाठीको गाउँमा त्रिपाठीसहित करिब ४० घरमात्र पक्की घर छन् जसमा मुसहर टोल पुरै छाउनी हो । पटक पटक मन्त्री भएका त्रिपाठीले आफ्नो व्यक्तिगत विकास बाहेक निर्वाचन क्षेत्रमा भौतिक पुर्वाधारहरुको विकास नगरेपछि स्थानियहरु बाध्य भई गत दोश्रो संविधासभाको निर्वाचनबाट अर्को नेता वर्तमान सांसद देवकरण कलवार सन्तुलाई जिताउन लागी परेका थिए । सांसद कलवार सन्तुको पनि घर गुठीपर्सौनी नै हो । सांसद कलवारको पनि ३ वर्ष बितिसक्दा मुसहर बस्तीका लागि कुनै किसिमको पहल नभएको स्थानिय रामजति मसुहरले खबरडबलीसंग दुखेसो पोखे । सांसद कलवारले पनि आफनो कार्यकर्तालाई मात्र खुशी पार्ने कामले निर्वाचन क्षेत्रनं ६ को विकास ओझेलमा परेको स्थानियले गुनासो गरे । जिल्लाको सबै भन्दा बढि श्रोत साधन भएको निर्वाचन क्षेत्रनं ६ अरु निर्वाचन क्षेत्रभन्दा पीछडिएको छ । विकासको दृष्किोणले पछाडी पर्दे गएको क्षेत्र नं ६ अहिले जिल्लाको सबैभन्दा बिकट क्षेत्रको रुपमा लिने गरिन्छ । यसै क्षेत्रमा गण्डक ब्यारेज, त्रिवेणी धाम, मदारबाबा, उखु र केराको पकेट क्षेत्रहरु छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending