Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

प्रहरीसँग अबैध प्रेमपछि श्रीमान अर्थात ग्रिसका राजदूतको ज्यान गयो

\"\"काठमाण्डाै, १६ पुस ।  ब्राजिलमा रहेका ग्रिसका राजदूत किरिआकोस अमिरिदिस सोमबारदेखि बेपत्ता भए । आफ्ना श्रीमान कार लिएर निस्किएको र सम्पर्कविहीन भएको भन्दै उनकी पत्नीले प्रहरीमा रिपोर्ट लेखाइन् । विहीबार राजदूत अमिरिदिसको शव रियो दि जेनेरियो शहरभन्दा बाहिर भागमा सडकको फ्लाइओभर मुनि जलेको कारभित्र भेटियो । ब्राजिलमा कूटनीतिज्ञहरुको हत्याले सुरक्षाकर्मीलाई चिन्ता बढाइरहेको थियो । तर, यो घटनामा अन्ततः प्रहरीकै संलग्नता भेटियो, जसको प्रेम सम्बन्ध उनै राजदूतकी पत्नीसँग चलिरहेको रहेछ । अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार राजदूतकी पत्नी फ्रास्वाँको एक स्थानीय प्रहरी अधिकारीसँग ‘अफेयर’ चलिरहेको थियो । राजदूत अमिरिदिससँग उनीहरुको वैवाहिक सम्बन्ध भएको १५ वर्ष बितेको थियो । उनीहरुकी १० वर्षीया छोरीसमेत छिन् । आफूसँग अवैध प्रेम सम्बन्ध रहेका प्रहरीसँग मिलेर पत्नीले नै राजदूतको हत्या गरेको प्रारम्भिक सूचनाका आधारमा प्रहरीले राजदूतपत्नीसहित तीन जनालाई हिरासतमा लिएको छ । हिरासतमा लिँदै गर्दा राजदूत पत्नीले हत्यामा आफ्नो संलग्नतालाई अस्वीकार गरेकी थिइन् । तर, पछि आँशु झार्दै उनले प्रहरी अधिकृतले उनलाई मारेको स्वीकार गरिन् । अमिरिदिसकी पत्नी फ्रास्वाँ आफ्ना मातापितासँग क्रिसमस मनाउन नोवा इग्वासुमा गएकी थिइन् । प्रहरीले अनुसन्धानका क्रममा राजदूत दम्पत्ति अन्तिमपटक बसेको कोठामा रगत फेला पारेको थियो । सोही कोठामा राजदूतलाई मारेर उनैको गाडीमा हाली शहर बाहिर लगी जलाइएको प्रहरीको दाबी छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: