Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

शिक्षक नियुक्तिमा मनपरी गरेको गुनासो

काभ्रेपलाञ्चोक, १६ पुस । जिल्लाको भिमखोरी–३ जुकेपाटीमा रहेको श्री जुगेश्वर आधारभूत विद्यालयमा नियम विपरित विज्ञापन गर्दै आज परिक्षा लिएको छ । सो क्षेत्रका विद्यालय निरिक्षक तुलबहादुर महत र विद्यालयका प्रधानाध्यापक दिलकुमार रायमाझिको मिलेमतोमा सो परीक्षा लिएको हो । सो विद्यालयमा मंसिर २६ गते त्यहाँ कार्यरत राहत कोटाको शिक्षक रामहरी भुजेललाई भिमखोरी–१, रामरिङमा रहेको सरस्वती प्राविमा काज सरुवा गरी सोही दिन सोही पदमा शिक्षक आवश्यत्ताको विज्ञापन आह्वान गरेका थिए । विद्यालय निरीक्षक महतको योजनामा भएको काममा विद्यालयका प्रधानाध्यापक रायमाझिले साथ दिदै आएका छन् । उक्त विद्यालयका शिक्षक भुजेललाई काजमा सरुवा गरेर विज्ञापन आह्वान गरेपनि त्यो नियमसंगत नभएको शिक्षा कार्यालय स्रोतले जनाएको छ । सोही दिन काजमा सरुवा गरेको शिक्षक पदमा सोही दिन कसरी शिक्षक आवश्यत्ताताको आह्वान हुन्छ ? शिक्षा कार्यालय स्रोतले खबरडबलीसंग भन्यो ‘अगाडिदेखि नै सबै कुराको तयारी गरेकै कारणले त्यस्तो काम भएको हो ।’ सो विद्यालयको काज सरुवा गरेको र शिक्षक आवश्यत्ताको विज्ञापनको शिक्षा कार्यालयबाट पुस १ गते मात्रै चलानी भएको देखिन्छ । सोही मितिमा भएको चलानीमा भुजेललाई काज सरुवा गरेको विषयमा जुगेश्वर आधारभूत विद्यालय भिमखोरी–३, जेगेपानी र सरस्वती प्रावि भिमखोरी–३, रामरिङलाई बोधार्थ पत्र दिएको उल्लेख छ । त्यसैगरी जुगेश्वर विद्यालयलाई सोही मितिमा करार शिक्षक विज्ञापनको अनुमति दिएको उल्लेख छ । तर विद्यालयले भने मंसिर २६ गते नै शिक्षा कार्यालयको आधिकारीक पत्र प्राप्त विना नै विज्ञापन आह्वान गरेको थियो । सो विद्यालयका प्रधानाध्यापक रायमाझीले भने आफुलाई विद्यालय निरीक्षक तुल बहादुर महतले दिएको निर्देशको आधारमा विज्ञापन आह्वान गरेको बताए । ‘मलाई महत सरले फोन मार्फत विज्ञापन गर्न भने, त्यही अनुसार मैले नि विज्ञापन गरेको हुँ’ प्राधनाध्यापक रायमाझिले खबरडबलीसंग भने । ‘नियम अनुसार हेर्ने हो भने मैले गल्ती गरेकै हुँ, अब त्यसलाई सच्याउँछु ।’ रायमाझिले थपे । यता विद्यालय निरीक्षक महतले भने ‘विद्यालयका प्रधानाध्यापक रायमाझीले विज्ञापन गर्ने भनेपछि गर भनेको हुँ ।’ नियम अनुसार भए नभएको विषयमा भने आफुले ख्याल नगरेको बताए । जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले भने त्यस विषयमा आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘त्यस विषयमा मलाई थाहा छैन, महत सरले नै गरेको होला ।’ गुरुङले भने । \"\" सो विषयमा सबैपक्षबाट कुरा उठेपछि पहिलाको विज्ञापन मितिलाई रद्धा गरी पुस १ गतेबाट अर्को सूचना जारी गरेको थियो । यसअघि प्रकाशन गरेको विज्ञापन अनुसार आज सम्पर्क मिति भएपनि सोही दिनमा विद्यालयका प्रधानाध्यापक रायमाझि र विद्यालय निरीक्षक महतले परीक्षा लिएको हो । विद्यालय निरीक्षक महतले आफुलाई परीक्षा लिने विषयमा कुनै जानकारी नगरिको र आज विहान मात्रै प्रधानाध्यापक रायमाझीले भनेपछि थाहा भएको बताए । मलाई पनि आज विहान मात्रै थाहा भएको हो, आज नै परीक्षा लिएर आजै कापी जाँचेर नतिजा निकालेर आजै अन्तर्वार्ता लिने तयारीमा छ ।’ महतले भने ‘मेरो काम जिल्लामा यो अन्तिम पटक हो, आजै सकाएर जान्छु ।’ परीक्षामा सहभागि नवराज बजगाईले भने आफुलाई शुक्रवार फोन गरी शनिवार नै परीक्षा लिने जानकारी दिएको बताए । परीक्षार्थीहरुले भने ‘पहिला हामीलाई परीक्षा दिने मिति अलि अगाडि नै जानकार िहुन्छ भनेको थियो, एक्कासी हिजो बुलेकातिर फाने गरेर भालि परीक्षा हुँदैछ भनेपनि आज सहभागिता जनाए । तयारी गर्ने समय नै त्यती दिएन ।’ महतले जुगेश्वर आधारभूत विद्यालयका प्रावि शिक्षक रामहरी भुजेललाई मंसिर २६ गते काजमा सरस्वती प्रावि भिमखोरी–१, रामरिङमा पठाएर उक्त दिन नै जुगेश्वर आधारभूत विद्यालयमा सो पदको लागि करार शिक्षक पदमा विज्ञापन आह्वान गरी परीक्षा लिने योजना बनाएका थिए । उनले मंसिरको २६ गते जुगेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक दिल कुमार रायमाझिलाई फोन गरी विज्ञापन आह्वान गर्न निर्देशन दिएका थिए । उनको निर्देशन अनुसार सोही दिन विज्ञापन आह्वान गरेको रायमाझिको विद्यालयले शिक्षा कार्यालयको औपचारिक पत्र प्राप्त विना नै आवश्यक्ता आह्वान गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending