टोपी पनि थरीथरीका छन्, नेपालमै पनि भादगाउँले टोपी, ढाका टोपी, बिर्खे टोपी र छत्रे टोपी आदि...। हाम्रो मिथिला संस्कृतिमा पनि टोपी लगाउने चलन छ । मिथिला टोपीलाई “ पाग “ भनिन्छ । अब भन्नुहोस्, कुन चाही टोपी दिवस मनाउने ?टोपी संसारमा धेरै देशका मानिसले लगाउँछन् । टोपी पनि थरीथरीका छन्, नेपालमै पनि भादगाऊले टोपी, ढाका टोपी, बिर्खे टोपी र छत्रे टोपी आदि...। हाम्रो मिथिला संस्कृतिमा पनि टोपी लगाउने चलन छ । मिथिला टोपीलाई “ पाग “ भनिन्छ । अब भन्नुहोस्, कुन चाही टोपी दिवस मनाउने ? कसैको टोपी लगाउने बानी होला,कसैको संस्कार होला, कसैको राष्ट्रियता झल्केला आफ्नो ठाउँमा छ । खै मैले त बुझ्नै सकिन किन यो बेमौसम अचानक टोपी र धोतीको जुहारी हुदैछ ? [caption id=\"attachment_110422\" align=\"alignleft\" width=\"410\"] अनिता यादव[/caption] नेपालको इतिहासमा सवैभन्दा ठुला पदमा वस्ने भ्रष्टाचारीहरू र राष्ट्रविरोधी सन्धि सम्झौता गर्नेहरू पनि सवै टोपी लगाउने बर्गकै छन् । एक दिन टोपी लगाएर राष्ट्रबादी हुने भए ३६५ दिन नै लगाउनु पर्यो । एक दिनको राष्ट्रबादले देशलाई कहीँ लादैन । समानताको कुरा गर्न र ब्यबहारमा उतार्न सजिलो छैन । आज राज्यले टोपी दिवस मनाउला भोलि अरु जात जातीले हाकुपटासी, पटुका, सामायानफुंग, छुबा , टककटूंग लुंगी , धोती, गुन्यू चोली, बख्खु दिवस मनाउलान, खै कसरी भयो समानता ? समानता हुन टाउकोमा टोपी कम्मरमा कक्छड तराइ पहाड हिमाल समेट्ने पोशाक हुनुपर्छ । टोपीले मात्रा समबेशिता देखाउँदैन । प्रतिकवादी, अस्तित्ववादी भन्दा पनी यथार्थबादी बन्न सिकौं । सबभन्दा पहिले टोपी, हाकुपटासी, पटुका, सामायानफुंग, छुबा , टककटूंग लुंगी , धोती, गुन्यू चोली, बख्खुको लाज बचाउ, देशलाई आत्मनिर्भर बनाउन, स्वदेशी रोजगारको लागि बाटो बनाउ र स्वदेशी उत्पादित बस्तु विदेशमा बेच्ने वातावरण बनाउ, ज्ञान, विज्ञान, शिक्षा, सीप तालिम, आधुनिक प्रविधि, उद्योग र कृषि विकासको लागि उल्लेखनीय काम गरेर देखाउ । यो झुठो, खोक्रो, अन्धविश्वास र मतभेद हुने धोती, टोपी हाक्कू पोटासी, पटुका, सामायानफुंग, छुबा, टककटूंग, लुंगी बख्खु दिवस मनाएर राष्ट्रियताको खिल्ली नउड़ाउँ ।
टोपी लगाउदैमा रास्ट्रबादी र नलगाउँदैमा राष्ट्र बिरोधी हुदैन । चर्को राष्ट्रवाद ! खोक्राे राष्ट्रवाद! थोत्रो राष्ट्रबाद भन्दा सानो सक्ने कामले पहिचान बनाऊ ।न्यू इयर इभ को पार्टीमा कोट, पाइन्ट, टाइ लगाएर, बिदेशी रक्सी पिऐर मनाउने अनि त्यसको भोलिपल्ट टोपी लगाएर राष्ट्रियता देखाउनेदेखि साबधान रहने बेला आएको छ । कतै यो डलर कमाउनेहरुको खेल त होइन ? हिमाल, पहाड र तराईका नेपाली आपसमा भेद ल्याउने समूहका पछाडि नालाग्नु होला । जे भए पनि टोपी दिवसको शुभकामना । मेरो शरीरमा एकसरो बस्त्र भए पनि नभए पनि म नेपाली थिएँ, नेपाली छू र नेपाली रहन्छु । सही बिचार र कर्मले नेपाली बनौं । टोपी लगाउँदैमा राष्ट्रबादी र नलगाउँदैमा राष्ट्र बिरोधी हुँदैन । चर्को राष्ट्रवाद ! खोक्राे राष्ट्रवाद! थोत्रो राष्ट्रबाद भन्दा सानो सक्ने कामले पहिचान बनाऊ । आवश्यक परे यो मेरो देश नेपालको राष्ट्रियता, अखण्डताको लागि टाउकोमा टोपी होइन म बन्दुक बोक्न तयार छु । (यादव पूर्व राष्ट्रपति डा.रामवरण यादवकी छोरी हुन् । )
प्रतिकृया लेख्नुहोस्: