Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

राष्ट्रियता बचाउने सिमावासी नेपाली नागरिक हुनः मन्त्री खाँड

\"\"भैरहवा, १७ पुस । रक्षा मन्त्री वालकृष्ण खाँडले सिमाभूमीको रक्षा सिमावासी नेपाली नागरिकले नै गरेको दावी गरेका छन् । नेपाली काँग्रेस रुपन्देही जिल्ला कार्यसमितिद्धारा भैरहवामा आयोजित राष्ट्रिय एकता एवं मेलमिलाप दिवसको अवसरमा ४०औं विपि चिन्तन सभामा रक्षा मन्त्री खाँडले उक्त कुरा बताएका हुन । नेपालको राष्ट्रियताको सम्वद्र्धन कुनै दल विशेषले मात्रै गर्न नसक्ने बताउदैं रक्षा मन्त्री खाँडले सिमा र भूगोलको रक्षा गर्नु हामी सवै नेपालीको परम धर्म भएको उनले औल्याए । ‘तराईवासीले दसगजामा वसेर तराईको, हिमालवासीले हिमालको रक्षा गरेका छन् । स्थानीयले नै लडेर सीमा एवं आफनो भूमिको रक्षा गरेका छन् । नेपाल भित्र रहेका हामी सवै राष्ट्रवादी हो ।’ उनले भने । राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने काम पनि हाम्रै हातमा रहेको उनले वताए । रुपन्देही क्षेत्र नं. ३ का सांसद एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य समेत रहेका नेता खाँडले लोकतन्त्रको पक्षधर नेपाली काँग्रेस शक्तिको स्रोत नेपाली जनता ठानेको वताउदैं कम्युनिष्टहरु पार्टी हेडक्वाटरलाई शक्ति केन्द्रका रुपमा लिएर चल्दा मुलुकमा अप्राकृतिक द्वन्द्व सिर्जना भएको आरोप लगाए । मधेसवादी दलहरुले गरेको आन्दोलनलाई नेपाली काँग्रेसले गहिरो रुपमा बुझेको वताउदैं उनले हिमाल, पहाड, तराई जहा जुनसुकै भूगोल वसेका सवै वर्ग समुदायका जनताको भावनाको उच्च समान गर्दै पार्टीले अधिकतम सहमति जुटाएर अगाडी बढ्दै गरेको बताए । ‘अधिकतम सहमतिमा संविधान जारी गरेको र अब पनि संविधान संशोधन अधिकतम सहमतिमा नैं गरिनेछ ।’ उनले भने । नेपाली काँग्रेस केन्द्रमा रही सवै राजनैतिक दलहरुलाई मिलाएर लैजादा पार्टीलाई घाटा भएरपनि हरेक कालखण्डमा धेरै चुनौतीहरुको समाना गर्नु परिरहेको उनको कथन थियो । राष्ट्रिय एकता एवं मेलमिलाप दिवसको अवसरमा आयोजित उक्त चिन्तन सभामा नेपाली काँग्रेस जिल्ला सभापति एवं सांसद अव्दुल रज्जाकले पार्टीले संविधान संशोधन प्रस्ताव पास गरी मधेशवादी दलहरुलाई लिएर पुरानै संरचनामा स्थानिय गाविस नगरपालिकाको चुनाव गर्नुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending